• Home
  • New Page
  • Subscribe to my RSS
  • FaceBook
  • Gmail
  • Twitter
  • Utube
  • Yahoo
वैदेशिक रोजगारीको पीडा मलेसियामा रोजगारीका ११ क्षेत्र खुला दुई महिनापछि कोरिया जान पाउने इजरायलको लागत परिवर्तन नहुने इजरायल पठाउन सुचिकृत भएका मेनपावरहरु जापान पठाउन सुचिकृत मेजपावरहरु विदेश जानु अघि जान्नै पर्ने कुराहरु जापान नपठाई करोडौं रुपैयाँ 'होल्ड'
  • गृहपृष्ठ
  • मेनपावरहरु
  • स्वास्थ्य व्यवशायी
  • खाडीमुलुक
    • Category
      • Category
      • Category
      • Category
      • Category
    • Category
    • Category
    • Category
  • समाचार
  • विचार
  • राजनीति
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • हाम्रो बारेमा
    • ग्राफिक्स डिजाइन
    • वेभपेज डिजाइन
    • प्रेस प्रिन्टीङ
    • विविध
You are here : Home »
Showing posts with label समाचार बैदेशिक रोजगारको. Show all posts
तुलसीराम सुवेदी, (काठमाडौं), चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा पठाउने नाममा म्यानपावर कम्पनीले १ सय ९२ जनाको ६० करोड रुपियाँभन्दा बढी ठगी भएको छ।

ठूलोमात्रामा ठगी गर्ने म्यानपावरमध्ये बेल इन्टरनेसनल र अपरचुनिटी म्यानपावर हुन्। बेल इन्टरनेसनल प्रालीले पोल्यान्ड पठाउने भन्दै १३ करोड रुपियाँ रकम र अपरचुनिटी म्यानपावरले मकाउ पठाउने भन्दै ३ करोड रुपियाँभन्दा बढी रकम ठगी गरेका थिए। वैदेशिक रोजगार विभागका अनुसार अन्य दर्जनौं म्यानपावरले पनि कामदारको लाखौं रकम ठगी गरेका छन्।
विभागका अनुसार अरेबियन इम्पोइमेन्टलगायतका म्यानपावरले पनि कामदारको करोडौं रुपियाँ रकम ठगी गरेको उजुरी परेको छ। निवेदन दिएका करिब ८ सय पीडितमध्ये अरेबियन इम्पोइमेन्ट प्रालीले १ करोड ३७ लाख ९० हजार रकम ठगी गरेको विभागको तथ्यांकमा उल्लेख छ।

विभागका अनुसार ओस्कर इन्टरनेसनल प्रालीले ६६ लाख १७ हजार ६ सय रुपियाँ आरपी इन्टरनेसनल प्रालीले ४६ लाख ६६ हजार सान इन्टरनेसनले २९ लाख १६ हजार इन्टरनेसनल लिंक प्रालीले २८ लाख रकम ठगी गरेको विभागका कानुन अधिकृत पुरुषोतम खतिवडाले बताउनुभयो। उहाँका अनुसार डिएन इन्टरनेसनल प्रालीले २१ लाख एपेक्स ओभरसिज प्रालीले १९ लाख ९० हजार नेपाल गल्फ म्यानपावरले १७ लाख भेरी एन्ड कर्णाणी इन्टरनेसनलले १५ लाख रकम ठगी गरेका छन्।

त्यस्तै जबा लिंकले ११ लाख सुनकोशी ह्युमन रिसोस्र प्रालीले १० लाख ५० हजार राप्ती म्यानपावरले ८ लाख २० हजार लाइफ ओभरसिज प्राली र कर्णाली म्यानपावरले ८ लाख रुपियाँ ठगी गरेको विभागले जानकारी दिएको छ।

त्यसै गरी समेन्ट प्रालीले ६ लाख ७५ हजार कनेक्सन इन्टरनेसन प्रालीले ६ लाख एनपी इन्टरनेसनलले ५ लाख ९० हजार ससियालिङ ओभरसिज प्रालीले ५ लाख ८० हजार प्रेसियस इन्टरनेसनले ५ लाख २८ हजार थिवि नेसनल प्राली रेशुगां इन्टरनेसनल प्राली र नथेपोल ओभरसिज प्रालीले पाँचपाँच लाख रकम ठगी गरेको कानुन अधिकृत खतिवडाले बताउनुभयो। मुगल इन्टरनेसनल सर्भिसले ४ लाख ५२ हजार एसिया लिंक सर्भिसले ४ लाख ४३ हजार लाइफ इन्टरनेसनल प्रालि र सुनेरा इन्टरनेसनलले चारचार लाख मान इन्टरनेसनलले ३ लाख ठगी गरेको विभागको तथ्यांकमा उल्लेख छ।
काठमाडौं, (नेस), एसीई कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर प्रालिका संचालक शतिशमान न्याछ्यौं तथा सहयोगीले ५० जनाभन्दा बढी व्यक्तिहरुबाट १ करोड ६२ लाख ठगी गरेको पीडितहरुले गुनासो गरेका छन्।
पीडितहरुले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एसीई कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर प्रालिका साचालक ललितपुर मंगलबजार गाबहलका शतिशमान न्याछ्यौं र निजका सहयोगी ट्यांलाफाँटकी सम्झना श्रेष्ठले वैदेशिक रोजगारीमा जापान मरिसस दक्षिण अफ्रिका बेलायतलगायतका मुलुकमा रोजगारीमा पठाउने बहानामा ५० जनाभन्दा बढी व्यक्तिहरुबाट १ करोड ६२ लाख रुपियाँ ठगी गरेको बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै पीडित अरुणकुमार मेहताले रकम फिर्ता नगरी उल्टै रकम दिने मुख्य व्यक्ति शतिशमान न्याछ्यौंले मोबाइल अफ गरेर बस्न थालेकोमा दुःख व्यक्त गरे।
उनले वैदेशिक रोजगार विभाग र जावलाखेलस्थित प्रहरी कार्यालयमा समेत निज ठगलाई कारबाही गर्न जाहेरी दरखास्त दिइसक्दा पनि राज्यका सम्पूर्ण जिम्मेवारी लिएर बसेका दुवै निकायबाट न्याय दिलाउनेतर्फ सक्रियतापूर्वक कुनै कार्य नभएको भन्दै राज्य पक्षबाट पीडित बनेको गुनासो गरेका छन्।
पत्रकार सम्मेलनमा फरार मुख्य व्यक्ति न्याछ्यौंको बारेमा सूचना दिई निजलाई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई पीडितहरुको तर्फबाट २ लाख रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
दमक, माघ २१ गते" वैदेशिक रोजगारका लागि भनेर गएकी झापाकी एक महिला चार वर्षअघिदेखि सम्पर्क विहीन भएपछि उहााको परिवारले ती महिलाको खोजीका लागि आग्रह गरेको छ

घरबाट हिाडेको चार वर्ष पुग्दासमेत परिवारसाग कुनै सम्पर्क नभएपछि शान्तिनगर-१ की रोमा घिमिरे बेपत्ता हुनु भएको हो" घिमिरेका आफ्न्तले एजेन्टविरुद्ध कारबाहीको माग गर्दै स्थानीय प्रशासनमा मुद्दासमेत दर्ता गराएका छन्"

स्थानीय केवल घिमिरेले सोही ठाउाकी वीना क्षेत्रीविरुद्ध इलाका प्रहरी कार्यालय कााकरभिट्टामा मुद्दा दर्ता गराएको बुझिएको छ" क्षेत्रीले घिमिरेलाइ राहादानी बनाएर कुबेत लगेको पीडित परिवारको भनाइ छ" घर सल्लाहबिना नै क्षेत्रीले घिमिरेलाई घरेलु कामदारका रूपमा २०६४ सालमा साउदी लैजाने भन्दै लिएर गएको बताएको छ"
 

काठमाडौँ, माघ १८ - बुटवल ट्राफिक चोककी २० वर्षीय युवती मुना मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। राहदानीमा फोटो फेरेर भारत हुँदै कुवेत पुगेकी मल्ललाई कुवेतस्थित नेपाली दूतावासले फिर्ता पठाएको थियो. त्यही सूचनाका आधारमा प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको हो। हाउसमेडका रुपमा काम गर्न कुवेत पुगेकी मल्ललाई महानगरीय प्रहरी परिसर हनुमान ढोकामा बुझाइएको प्रहरीले जनाएको छ।

मुना मल्लले मोरङ अमरदाह -८ की सुरजमनी राजवङसीको नाममा जारी भएको राहदानी नम्वर ४५३६३९५ प्रयोग गरी तीन वर्षअघि भारत हुँदै कुवेतमा काम गर्दै आएकी थिइन्। त्यहाँस्थित नेपाली राजदुतावासले पत्ता लगाई फोटो परिर्वतन गरिएको राहदानीको सक्कल सहित माघ १५ नेपाल फिर्ता पठाएको हो। 
काठमाडौं, माघ १८ (नागरिक)- साउदी अरबले नेपाली महिलालाई भारतबाट भिसा नदिने भएको छ। भारतको बाटो हुँदै अवैधानिक रुपमा प्रवेश गरेका नेपाली महिला कामदारको अवस्था दयनीय भेटिएपछि साउदीले भारतबाट भिसा नदिने निर्णय गरेको हो।
'साउदीले भारतको नयाँदिल्लीस्थित आफ्नो दूतावास र मुम्बईस्थित कन्सुलेट कार्यालयबाट अब नेपाली महिला कामदारलाई भिसा नदिने निर्णय गरेको हामीलाई मौखिक जानकारी दिएको छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग फोनमा भने, 'हामीले लिखित रुपमा निर्णय गरी पठाउन भनेका छौं।'
नेपालको बारम्बारको अनुरोधपछि साउदी भारतबाट नेपाली महिला कामदारलाई भिसा नदिने निर्णयमा पुगेको हो। रियादस्थित नेपाली दूतावासले भारतमा भिसा लगाउने तथा भारतको बाटो हुँदै आउने नेपाली महिला कामदार सबै अवैधानिक भएको र उनीहरुले साउदीमा दुःख पाएको प्रमाण पेस गरेपछि साउदी परराष्ट्र मन्त्रालयले नेपालको अनुरोधलाई स्विकारेको हो
 साउदी अरब जाने कामदारको स्वास्थ्य परीक्षण जिम्मा पाएको गाम्का नेपालले स्वास्थ्य परीक्षण शुल्क एक साताभित्र घटाउने छ। गाम्काले दुई साताअघि स्वास्थ्य परीक्षण शुल्क ४ हजार रुपैयाँ पुर्‍याएको थियो। यसअघि साउदी जाने कामदारले ३ हजार २ सय रुपैयाँमात्र तिर्नुपर्थ्यो। 

गल्फ सहयोग परिषद (जिसिसी) बाट मान्यताप्राप्त मेडिकल सेन्टर एसोसिएसन (गाम्का) मा १२ मेडिकल सेन्टर छन्। 'गाम्काले एक साताभित्रै शुल्कवृद्धि फिर्ता गर्ने प्रतिबद्धता गरेको छ,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष हंशराज वाग्लेले शनिबार नागरिकसँग भने।
संघले कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएको विरोधमा साउदी कामदार नपठाउने निर्णय गरेको थियो। वाग्लेका अनुसार एक साताभित्रै गाम्काको कार्यसमिति बैठक बसेर यसको निर्णय जिसिसीलाई जानकारी गराएपछि शुल्कवृद्धि फिर्ता हुने सहमति भएको छ। 
गाम्काले नेपाली कानुन उल्लंघन गर्दै आफूखुसी स्वास्थ्य शुल्क तोकिरहे पनि सरकारी निकायले कुनै कारबाही गर्न सकेको छैन।

वैदेशिक रोजगार ऐन २०६४ मा विदेश जाने कामदारको स्वास्थ्य शुल्क २ हजारमात्र लिन पाइने प्रावधान छ। साउदी, ओमान र बहराइन जाने नेपाली कामदारले १२ मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गर्नुपर्छ। गाम्काबाट मान्यता नपाएका मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गरेकाको भिसा लाग्दैन।
विज्ञान अधिकारी, काठमाडौं, पुस २६- वैदेशिक रोजगारीमा पठाउने कार्यमा म्यानपावर कम्पनीहरुले ठगी गर्ने क्रम बढेपछि श्रम तथा यातायात व्यवस्था मन्त्रालयले धरौटी रकम बढाउने र सबै कम्पनीहरुलाई वर्गीकरण गर्ने भएको छ।
पछिल्ला दिनमा वैदेशिक रोजगारीमा पठाउने भन्दै कामदार युवाबाट करोडौँ रकम उठाएर भाग्ने क्रम बढेको छ। केही दिनअघि मात्र युरोपेली मुलुक पठाउने भन्दै करोडौं रकम उठाएर व्यवसायी भागेका थिए।
'वैदेशिक रोजगारीमा ठूला ठगीको घट्ना हुन थालेका छन्। यसले कामदारको करोडौं रकम गुमेको अवस्था छ,' श्रममन्त्री सरिता गिरीले सोमबार नागरिकसँग भनिन्, 'अब कम्पनी वर्गीकरण गरेर धरौटी रकमसमेत बढाउनुपर्छ।' उनले यसका लागि मन्त्रालयले गृहकार्य सुरु गरिसकेको बताइन्।
अहिले राम्रा काम गरेका र नगरेका सबै म्यानपावर कम्पनी एउटै कित्तामा परेका छन्। राम्रा काम गर्ने व्यवसायीलाई पनि नराम्रोमा मुछिने गरेका छन्। विदेश जाने कामदारहरुलाई पनि विश्वाससिला कम्पनी छनोट गर्न समस्या छ। कम्पनी वर्गीकरणपछि यी सबै समस्या समाधान हुने धारणा मन्त्री गिरीको छ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार अहिले म्यानपावर कम्पनीले नगद र सम्पत्ति गरी ३० लाख धरौटी राख्नुपर्ने प्रावधान छ।
बेल इन्टरनेसनल म्यानपावरले पोल्यान्ड पठाउने भन्दै १३ करोड ठगी यसका सञ्चालक फरार छन् भने मकाउ पठाउने भन्दै अपरच्युनिटी म्यानपावरले चार करोड रुपैयाँ ठगी गरेको थियो।
मन्त्री गिरीले ठगीका घट्ना बढ्दै गएकाले तत्कालै वैदेशिक रोजगार ऐनलाई संशोधन गरेर भए पनि धरौटी रकम बढाउनुपर्ने बताइन्। खाडी मुलुक र युरोपेली मुलुक पठाउने म्यानपावर कम्पनीको धरौटी एउटै हुँदा पनि समस्या भएको हो, उनले भनिन्।
'खाडी र युरोपेली मुलुक पठाउने कम्पनीलाई एउटै धरौटी राख्ने हो भने कामदार ठगिँदासमेत करोडौं ठगेर उन्मुक्ति पाउने अवस्था रहन्छ,' उनले भनिन्, 'यही धरौटीलाई राखिरहने हो भने सरकारले अपराधलाई प्रोत्साहन गरेको मात्र ठहरिने छ।' उनले धेरै कामदार पठाउने र राम्रो व्यवस्थापन गर्ने कम्पनीलाई एउटै मापदण्ड भित्र राख्न नहुने बताइन्।
व्यवसायीहरु भने म्यानपावरको वर्गीकरण गर्न सम्भव नभएको र यसले एकाधिकार मात्र कायम गर्ने धारणा राख्छन्।
'म्यानपावर कम्पनी वर्गीकरण गर्न सकिँदैन। यो असम्भव विषयलाई बहसमा ल्याउनु व्यर्थ छ,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष हंशराज वाग्लेले नागरिकसँग भने, 'कम्पनी वर्गीकरण गर्नु भनेको कुनै कम्पनीको एकाधिकार कायम गर्नुमात्र हो।' उनले विकसित मुलुकबाट कामदारको माग ल्याउने कम्पनीलाई भने थप धरौटी लिन सकिने सुझाव दिए।
'वैदेशिक रोजगार ऐनमा समेत कुनै कम्पनीले विकसित मुलुकबाट माग ल्याए थप रकम पहिल्यै लिन सकिने प्रावधान छ,' उनले भने, 'यही प्रावधान अनुसार थप रकम लिन सकिन्छ।'
उनले धरौटी बढाएर ठगीको घट्ना नरोकिने बताउँदै राम्रा मुलुकबाट माग ल्याउने कम्पनीको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने धारणा राखे।
'धरौटी रकम बढाउनेबित्तिकै नेपालीको नागरिकता राखेर विदेशीको लगानीमा म्यानपावर खुल्यो,' वाग्लेले भने, 'अब पनि धरौटी रकम बढ्यो भने थप अरु विदेशी लगानी थुप्रिन्छ र स्वदेशी लगानीका साना म्यानपावर बन्द हुन्छन्।' उनका अनुसार भदौ १६ को घट्नापछि सरकारले एक वर्ष धरौटी फिर्ता गर्दा ठगीको घटना भएनन्।
'धरौटी बढ्दा ठगीको घट्ना बढ्छ भन्नु गलत हो। १३ करोडको ठगीको घट्ना भइसकेको छ,' उनले भने, ' अब कति धरौटी रकम राख्ने?'
तलब बढाउन पहिले अध्ययन
वैदेशिक रोजगारमा जाने कामदारको न्यूनतम तलब वृद्धिका लागि सम्वन्धित मुलुकको श्रम ऐन हेरेरमात्र निर्णय गर्न सकिने श्रममन्त्री सरिता गिरीले बताइन्।

'हामीले तलब बढाएरमात्र हुँदैन, यहाँ तलब बढाउँला तर कार्यान्वयन भएन भने झनै अप्ठ्यारो हुन्छ,' उनले भनिन्, 'पहिला सबै मुलुकको श्रम कानुन अध्ययन गरेर तलब बढाउनेतर्फ लाग्ने छु।'
सरकारले अहिले वैदेशिक रोजगारीमा जाने नेपालीलाई १ सय २५ डलर न्यूनतम दिनुपर्ने प्रावधान राखेको छ। सरकारले यो न्यूनतम तलब २०६० सालमा गरेको हो। योबीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मूल्यवृद्धि अकासिएको छ। सरकारले अहिले तोकेको न्यूनतम तलबले करिब ९ हजार ७ सय ५० रुपैयाँ मात्र हुन्छ। विदेशका कुनै पनि मुलुकमा जाँदा कामदारले ७० हजारभन्दा माथि तिर्नुपर्छ।
मलेसियाले हाल जारी आममाफी कार्यक्रमअन्तर्गत वैधता प्रक्रियामा सामेल आप्रवासी कामदारलाई सुरक्षा क्षेत्रसहित ११ क्षेत्रमा रोजगारी खुला गरेको छ ।   नेपालीका लागि सुरक्षा गार्ड निकै आकर्षक मानिन्छ । मलेसियाले विदेशी कामदारमध्ये नेपालीलाई मात्रै सुरक्षागार्डमा लिँदै आएको छ ।  मलेसियाली गृह मन्त्रालयले बढीमा प्रतिकम्पनीलाई ७० जनासम्म सुरक्षागार्ड राख्न पाउने गरी अनुमति दिएको आफ््नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।  

यहाँस्थित नेपाली राजदूत ऋषिराज अधिकारीले निर्णय सकारात्मक भएको बताए । 'तर हामी यसबारे औपचारिक पत्रको पर्खाइमा छौं,' उनले भने । उनले केही दिनभित्रै यसैबारे गृहमन्त्रीसँग थप छलफल हुनेसमेत बताए । मलेसियाले गरेको यो निर्णय यहाँ वैधता कार्यक्रममा सहभागी भएकालाई मात्रै लागू हुने पनि राजदूत अधिकारीले स्पष्ट पारे । मलेसियाले नेपालबाट नयाँ कामदार लिने विषयमा भने कुनै निर्णय गरेको छैन । वैधता कार्यक्रम सकिएपछि मात्रै त्यसबारे निर्णय हुने सकारात्मक संकेत भने यसअघि नै मलेसियाले दिइसकेको छ । करिब १० हजार नेपालीलाई सुरक्षा गार्डमा राखिने निर्णय भइसकेको स्थानीय एजेन्सी तथा रोजगार व्यवसायीको दाबी छ । मलेसिया सरकारले 'विशेष एप्रुभल' अन्तर्गत उक्त संख्यामा मान्यता दिएका ती एजेन्सीहरूको तर्क छ । सख्याबारे खासै औपचारिक जानकारी सार्वजनिक भएको छैन ।
काठमाडौं, पुस १४ (नागरिक)- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत यो वर्ष भाषा परीक्षा उर्त्तीण भएका नेपाली दुई महिनापछि कोरिया जान पाउने भएका छन्। इपिएस नेपाल कार्यालयका संयोजक महेश आचार्यले उर्त्तीण भएका सबैको रोस्टर तयार पारिसकेको जानकारी दिए।
उनका अनुसार १५ हजार ७९ जना रोस्टरमा छानिएका छन्। 'स्वास्थ्य परीक्षण गरिसकेको कामदारको नामावली कोरियाको मानव संशाधन कार्यालयमा पठाइसकेका छांै,' आचार्यले बुधबार नागरिकसँग् भने, 'जनवरी १५ पछि श्रम सम्झौता आउने छ।' योग्यता परीक्षण (स्किल टेस्ट)मा सहभागी भएकाहरु पहिला कोरिया जान पाउने छन्। भाषा परीक्षामा शतप्रतिशत अंक ल्याउने कामदारले स्किल टेस्टमा सहभागी हुन पाउने प्रावधान कोरियाले पहिलोपटक राखेको थियो। भाषा परीक्षामा शतप्रतिशत अंक ल्याउने परीक्षार्थी २ हजार ६ सय थिए। 

'स्किल टेस्टमा सहभागी भएकालाई पहिलो प्राथमिकता दिइने छ,' उनले भने, 'त्यसपछि बिस्तारै कामदार कोरिया जानसक्ने छन्।' यो वर्ष छानिएका कामदार एक वर्षभित्रै जानसक्ने अवस्था भने छैन। एकै वर्षमा धेरै जना जान पाउने सम्भावना नभएको उनले जानकारी दिए। 
सुरुवातमा ७ हजार १ सय कामदार लिने घोषणा गरेको कोरियाले नेपाली कामदारको कामको प्रसंशा गर्दै दोब्बर लैजाने निर्णय गरेको थियो। 
सरकारले पठाउने र थोरै लगानी गरेर जान पाइने भएकाले कोरिया नेपाली युवाका लागि सबैभन्दा आर्कषक रोजगार गन्तव्य भएको हो। खाडी मुलुक र मलेसियामा ८ हजार रुपैयाँको तलब लिन ७० हजार रुपैयाँभन्दा बढी लगानी गर्नुपर्छ। कोरिया जान यही लगानीले महिनाको कम्तीमा ७० हजार रुपैयाँ तलब पाइन्छ। कोरिया जान यो वर्ष ५० हजार ४३ जना भाषा परीक्षामा सहभागी भएका थिए। 
नेपाल र कोरियाबीच सन् २००७ जुलाई २३ मा श्रम सम्झौता भएपछि रोजगार अनुमति प्रणालीअनुसार कामदार पठाउन सहमति भएको थियो । नेपालले २००८ अगस्ट ११ देखि कोरियामा कामदार पठाउन थालेको हो। अहिलेसम्म ८ हजार ८ सय ७ जना कोरिया गइसकेका छन्। 
निजी क्षेत्रका म्यानपावर कम्पनी लुम्बिनी ओभरसिज र मुनड्रप्सले बढी रकम लिएपछि कोरियाले इपिएसबाट कामदार लिन थालेको हो। त्यो बेलामा यी दुई म्यानपावर कम्पनीले पाँच लाखसम्म कामदारबाट उठाएका थिए। 
रोजगारीका लागि साउदी अरब पुगेका श्रीमानको सवारी दुर्घटनामा डेढ वर्षअघि मृत्यु भएको जानकारी आए पनि दैलेखकी महिलाले हालसम्म शव नपाएको गुनासो गरेकी छन्। 

दैलेखको पूर्वमा पर्ने जगनाथ गाविस वडा नं.७ मनघर गाउँकी २८ वर्षीया कलाकुमारी थापाले ०६७ असोज २१ गते साउदी अरबको साममा कम्पनीमा कार्यरत श्रीमान बखतबहादुर थापाको सवारी दुर्घटनामा मृत्यु भएकॊ जानकारी पाएको बताइन् ।गाउँकै बमबहादुर खड्काले टेलिफोन गरी जानकारी दिए’ उनले दुखेसो पोख्दै भनिन्- श्रीमानको मृत्युको खबर पाएलगत्तै शव उपलब्ध गराइदिन काठमाडौं गई परराष्ट्र मन्त्रालयमा निवेदन दिएँ डेढ वर्ष बितिसक्यो अहिलेसम्म शव नपाएकोले धार्मिक संस्कारअनुसार दाहसंस्कार र क्रियाकाज गर्न सकेको छैन। श्रीमानको शव लिनका लागि सबै कागजात बनाई तीन पटकसम्म काठमाडौं पुगे पनि राजदूतावास र परराष्ट्र मन्त्रालयले सुनुवाइ नगरेका कारण रित्तो हात घर फर्कन बाध्य भएको उनले बताइन्।

उनले गाविस कार्यालयले परराष्ट्र मन्त्रालयको कन्सुलर तथा कानुनी परामर्श शाखालाई गरिदिएको सिफारिस पत्र देखाउँदै भनिन्- अब एकचोटि फेरि काठमाडौं जान्छु श्रीमानको शव नआउन्जेलसम्म परराष्ट्र मन्त्रालयमै धर्ना दिइरहन्छु। कलाकुमारीका अनुसार उनको पतिको शव हालसम्म साउदी अरबको जिजनस्थित भेद अस्पतालमा रहेको बुझिएको छ।

परिवार पाल्न गाह्रो भएकोले घरसल्लाहमा रोजगारीको लागि साउदी अरब जान गाउँलेबाट चर्को ब्याज दिने शर्तमा १ लाख ३५ हजार रुपियाँ ऋण लिई ०६६ वैशाख १ गते उनी काठमाडौंबाट साउदी अरब उडेको कलाकुमारीका दाजु धनबहादुर बुढाले बताए।

श्रीमानको शवका लागि स्थानीय प्रशासन राजनैतिक दलका नेतादेखि परराष्ट्र मन्त्रालयमा श्रीमानको तस्वीर बोकेर डेढ वर्षदेखि धाइरहेकी कलाकुमारीले ०६८ मंसिर ८ गते गाविस कार्यालयबाट मृत्युदर्ता गरिसकेकी छन्। उनको साथमा अहिले ५ वर्षीया छोरी कल्पना र २ वर्षीय छोरा नवराज रहेका छन्।
काठमाडौं, श्रम तथा यातायात मन्त्री सरिता गिरीले इजरायलमा लाग्ने लागतमा सरकारकले तोकेको रकम परिवर्तन नहुने बताउनुभएको छ। 

फरेन इम्प्लोइमेन्ट एसोसिएसन नेपालको आयोजनामा शुक्रबार राजधानीमा भएको सुरक्षित आप्रवासन र वैदेशिक रोजगारः सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले टिकट खर्चबाहेक व्यवसयीले लिने ७५ हजार रकम कुनै पनि हालतमा परिवर्तन नगर्ने बताउनुभयो। ँयो रकमभन्दा बढी बनाउन सकिँदैन, थप रकम तिरेर युवाहरू विदेश जान सक्दैनन्’ उहाँले भन्नुभयो। र्
वर्तमान अवस्थामा वैदेशिक रोजगार ऐन परिवर्तन गर्न आवश्यक रहेको भन्दै उहाँले कतिपय कुराहरू ऐनका कारण पनि समस्यामा परेको बताउनुभयो। वैदेशिक रोजगारलाई सहज बनाउन वैदेशिक रोजगार विभागको संरचना परिवर्तन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। ँतिनकुनेको विभागबाट रोजगारमा जानेहरूलाई सेवा दिन सकिएकेा छैन्’ उहाँले भन्नुभयो। 

वैदेशिक रोजगार कार्यदलका संयोजक डा. गणेश गुरुङले वैदेशिक रोजगारका लागि सरकारले बजेटमा प्राथमिकता नपारेकाले धेरै समस्या पर्ने गरेको बताउनुभयो। ँसंरचनागत सुधारमा अनलाइनबाट कामकारबाही चलाउनुको विकल्प छैन’ उहाँले भन्नुभयो। फरेन इम्प्लोइमेन्ट एसोसिएसनका सचिव प्रकाश कार्कीले यहाँबाट गएका केही कामदार र रोजगारदाता कम्पनीका कारण इजरायल पठाउन बढी लागत लाग्ने गरेको बताउनुभयो।
इजरायलमा केयरगिभरको रुपमा कामदार पठाउन मिति २०६८/०८/१२ सम्म सूचिकृत 
भई प्रमाणपत्र प्राप्त गरेको इजाजत पत्र प्राप्त मेनपावर कम्पनीको नावमालीको लागि यहाँ क्लिक गर्नुहोला
जापान कामदार पठाउन जिट्को अन्र्तगत सुचिकृत नेपालका मेजपावरहरु

1.    "Accredited Sending Organization" means sending organizations authorized by the Government contact point of each country which has signed "The Record of Discussions(R/D) "and "Supplementary Record of Discussions (Supplementary R/D)" with JITCO.
2.    JITCO has assigned numbers to each organization and abbreviated names of some organizations for convenience sake.
Ministry of Labour and Transport Management

The number of Accredited Sending Organizations: 180

Name of Accredited Sending Organizations
1
AAKARSHAN INTERNATIONAL PVT. LTD.
2
Abichal Overseas Pvt. Ltd.
3
AL HAYAT MANAGEMENT SYSTEM PVT. LTD.
4
AL SHOALAT NEPAL PVT. LTD.
5
Al-Hera Overseas Pvt. Ltd.
6
Al-Karim Overseas Pvt. Ltd.
7
Al-Summit Manpower Pvt. Ltd.
8
Alfa Sigma Overseas Pvt. Ltd.
9
Alpine Overseas Concern Pvt. Ltd.
10
AMCON OVERSEAS PVT. LTD.
11
Anamol Overseas Pvt. Ltd.
12
Ananda Overseas Services Pvt. Ltd.
13
ANS ASSOCIATES PVT. LTD.
14
Apollo Manpower Pvt. Ltd.
15
Around The World Services Pvt. Ltd.
16
ARUN OVERSEAS PVT. LTD.
17
Asha International Pvt. Ltd.
18
Ashutosh Manpower Consultancy Pvt. Ltd.
19
Asia Link Services Pvt. Ltd.
20
Atlas Overseas Pvt. Ltd.
21
AURORA HUMAN RESOURCE PVT. LTD.
22
B.S. OVERSEAS PVT. LTD.
23
BAJRA HUMAN RESOURCES PVT. LTD.
24
Bhairab International Services Pvt. Ltd.
25
BHANDARI OVERSEAS PVT. LTD.
26
Blue Sky International Pvt. Ltd.
27
BRIGHT FUTURE EMPLOYMENT CO PVT. LTD.
28
Capital International Manpower Pvt. Ltd.
29
CARAVAN EMPLOYMENT SERVICES PVT. LTD.
30
CAREER INTERNATIONAL SERVICES PVT.LTD.
31
Chandrama Overseas Pvt. Ltd.
32
Continental Manpower Pvt. Ltd.
33
CONTINENTAL HUMAN RESOURCES PVT. LTD.
34
Creative Placement Services Pvt. Ltd.
35
Crown Overseas Pvt. Ltd.
36
CROWN EMPLOYMENT CONSULTANT PVT. LTD.
37
CRYSTAL EMPLOYMENT AGENCY PVT. LTD.
38
D-Proton Suppliers Pvt. Ltd.
39
Deep Gate Way Overseas Pvt. Ltd.
40
DEEP JYOTI OVERSEAS PVT. LTD.
41
Dynamic Sales & Services Pvt. Ltd.
42
Ekta International Pvt. Ltd.
43
Emerald International Consultancy Pvt. Ltd.
44
Everest Associates Pvt. Ltd.
45
Facility Manpower Services Pvt. Ltd.
46
Falcon International Pvt. Ltd.
47
Fishtail Overseas Pvt. Ltd.
48
Federation of Nepalese Chambers of Commerce and Industry
49
Friendship International Services Pvt. Ltd.
50
FSI NEPAL PVT. LTD.
51
Fusion International Pvt. Ltd.
52
GALAXY UNIVERSAL SERVICES PVT. LTD.
53
GALLIVANT MANPOWER PVT. LTD.
54
Global Alliance Consultancy Services Ltd.
55
Global Placement Pvt. Ltd. (In process)
56
GLOBE LINK OVERSEAS SERVICE PVT. LTD.
57
Golden Eagle Manpower Pvt. Ltd.
58
Gulf Overseas Pvt. Ltd.
59
Gulf Spring Overseas Pvt. Ltd.
60
The Gurkha Reemployment Pvt. Ltd.
61
GURUNG MANAGEMENT OVERSEAS PVT. LTD.
62
HAMIDAH INTERNATIONAL PVT. LTD.
63
HEAVEN OVERSEAS PVT. LTD.
64
HERALD INTERNATIONAL PVT. LTD.
65
Highlander Employment Consultancy Pvt. Ltd.
66
Himal Manpower Employment Services Pvt. Ltd.
67
Himalayan Human Resources Pvt. Ltd.
68
Himalayan Job Explorer Pvt. Ltd.
69
HIMALAYAN MANPOWER SERVICE PVT. LTD.
70
HIMARAB OVERSEAS PVT. LTD.
71
Hit Overseas Employment Pvt. Ltd.
72
International Manpower Recruitment Pvt. Ltd.
73
INTERLINK OVERSEAS CONSULTANCY PVT. LTD.
74
International Placement Service Pvt. Ltd.
75
Irving Nepal Manpower Pvt. Ltd.
76
Ishan Overseas Pvt. Ltd.
77
JAPAN DEAN INTERNATIONAL PVT. LTD.
78
Jasmine International Pvt. Ltd.
79
Job Placement Services Pvt. Ltd.
80
Kailash International Pvt. Ltd.
81
Kalinchok Manpower Pvt. Ltd.
82
KANCHANJUNGHA OVERSEAS PVT. LTD.
83
KARMA INTERNATIONAL SERVICES PVT. LTD.
84
KHAGOL OVERSEAS PVT. LTD.
85
Life Line Overseas Pvt. Ltd. (In process)
86
Lions International Nepal Pvt. Ltd.
87
MAHAKALI OVERSEAS PVT. LTD.
88
Manakamana Power Networks Services Pvt. Ltd.
89
Manju Shree Overseas Services Pvt. Ltd.
90
MARCOPOLO EMPLOYMENT SERVICES PVT. LTD.
91
Marvelous Employment Nepal Pvt. Ltd.
92
MAV Overseas Pvt. Ltd.
93
MBK OVERSEAS PVT. LTD.
94
Mechi Mahakali Overseas Pvt. Ltd.
95
Meeta International Pvt. Ltd.
96
Middle East Manpower Pvt. Ltd.
97
MOBHIRA OVERSEAS SERVICE PVT. LTD.
98
Moon Drops Overseas Services Pvt. Ltd.
99
MOUGHAL INTERNATIONAL SERVICES PVT. LTD.
100
Mount Manaslu Overseas Pvt. Ltd.
101
Mustang Overseas Pvt. Ltd.
102
Namaste Manpower Pvt. Ltd.
103
NAP INTERNATIONAL PVT. LTD.
104
NAVAJEEVAN INTERNATIONAL PVT. LTD.
105
NCF Employment Services Pvt. Ltd.
106
Nealco International Pvt. Ltd.
107
NEPAL RECRUITNG SERVICES PVT. LTD.
108
NIWIDA CONCERN PVT. LTD.
109
Noor Opportunities Overseas Pvt. Ltd.
110
ORION OVERSEAS PVT.LTD.
111
Pacific Overseas Pvt. Ltd.
112
PACIFIC HUMAN RESOURCE PVT. LTD.
113
PALHI OVERSEAS PVT.LTD.
114
PANDORA INCORPORATION PVT. LTD.
115
Paradise International Pvt. Ltd.
116
Paramount Employment Consultancy Pvt. Ltd.
117
Pasa International Foreign Employment Consultant Pvt. Ltd.
118
Pathibhara Overseas Pvt. Ltd.
119
Pigeon International Overseas Pvt. Ltd.
120
Pioneer Overseas Services Pvt. Ltd.
121
Potala Overseas Pvt. Ltd.
122
PRISM OVERSEAS EMPLOYMENT PVT. LTD.
123
Professional Manpower Pvt. Ltd.
124
Nepal Proficient Manpower Supply Pvt. Ltd.
125
PYRAMID INTERNATIONAL EMPLOYMENT SERVICES PVT. LTD.
126
Rainbow Overseas Pvt. Ltd.
127
Rajdhani International Services Pvt. Ltd.
128
Rara Employment Consult Pvt. Ltd.
129
REGAL OVERSEAS MANPOWER AGENCY PVT. LTD.
130
Region Overseas Pvt. Ltd.
131
Richhood Overseas Pvt. Ltd.
132
The River Overseas Pvt. Ltd.
133
Rose Overseas Pvt. Ltd.
134
ROYAL OVERSEAS NEPAL PVT.LTD.
135
S.N. INTERNATIONAL MANPOWER SERVICE PVT. LTD.
136
Sagun Overseas Services Pvt. Ltd.
137
Sakura International Employment Pvt. Ltd.
138
Sakura Overseas Pvt. Ltd.
139
SAM INTERNATIONAL PVT.LTD.
140
SATYA SAI OVERSEAS PVT. LTD.
141
Satyawati Overseas Concern Pvt. Ltd.
142
S. C. C. Manpower Company Pvt. Ltd.
143
SHARON MANPOWER SERVICE PVT. LTD.
144
Sher International Pvt. Ltd.
145
Shikhar International Manpower Service Pvt. Ltd.
146
Siddartha Gautam Overseas Services Pvt. Ltd.
147
Siddha Baba Overseas Pvt. Ltd.
148
Siddhartha Buddha Overseas Pvt. Ltd.
149
Sigma Overseas Pvt. Ltd.
150
SIMRIK OVERSEAS PVT. LTD.
151
Sky Overseas Services Pvt. Ltd.
152
SOS Manpower Service Pvt. Ltd.
153
Space Overseas Services Pvt. Ltd.
154
SPEED EMPLOYMENT SERVICES PVT. LTD.
155
Subash Bijaya Associates Pvt. Ltd.
156
Sun & Company Pvt. Ltd.
157
SUNKOSHI HUMAN RESOURCE PVT. LTD.
158
Sunkoshi Manpower Services Pvt. Ltd.
159
Surya International Pvt. Ltd.
160
S. V. Associates Pvt. Ltd.
161
SWIFT GURKHA INTERNATIONAL PVT.LTD.
162
TENDULI INTERNATIONAL EMPLOYMENT SERVICES PVT.LTD.
163
Third Eye Overseas Pvt. Ltd.
164
TIGER OVERSEAS EMPLOYMENT SERVICES PVT. LTD.
165
Titanic Manpower Suppliers Pvt. Ltd.
166
Trans World Manpower Company Pvt. Ltd.
167
Trikon Management Services Pvt. Ltd.
168
Tripura Employment Pvt. Ltd.
169
Trust Nepal Pvt. Ltd.
170
United International Management Pvt. Ltd.
171
UNIVERSAL INTERNATIONAL PVT. LTD.
172
Upahar Human Resources Pvt. Ltd.
173
Veerkotkali Overseas Pvt. Ltd.
174
White Pearl Recruitment Pvt. Ltd.
175
World Favour Overseas Pvt. Ltd.
176
World Wide Employment Pvt. Ltd.
177
WORLDWIDE HUMAN RESOURCE NETWORKING PVT. LTD.
178
YACCA OVERSEAS EMPLOYMENT CONSULT PVT. LTD.
179
YUSHO GLOBAL SERVICE NEPAL PVT. LTD.
180
Zanith Overseas Consultant Pvt. Ltd.

Older Posts Home

Latest News

Advertisement

Daily Video

Category

  • खाडीमुलुक
  • खेलकुद
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • मनोरञ्जन
  • मेनपावरहरु
  • राजनीति
  • विचार
  • समाचार
  • समाचार बैदेशिक रोजगारको
  • सुचना प्रविधि
  • स्वास्थ्य व्यवशायी

Blogroll

  • na

Page

  • Home
  • New Page

Tweet IT

Tweet

मन परेमा

Counter

hotel Hudson

FM

 
             
Xml Blogger Templates

Slide

g

Photos on Flickr

  • Recent Posts
  • Comments

Blog Visit Country

free counters

Link on side

  • Samachar patra
  • Gorkha Patra
  • DofFE
  • Nagarik News
  • Kantipur
  • NRN

Labels

  • खाडीमुलुक (1)
  • खेलकुद (7)
  • ग्राफिक्स डिजाइन (1)
  • धर्म (4)
  • धर्म संस्कृति (3)
  • नेपालको बारेमा (2)
  • प्रेस प्रिन्टीङ (1)
  • मनोरञ्जन (3)
  • मेनपावरहरु (1)
  • राजनीति (7)
  • विचार (8)
  • वेभपेज डिजाइन (2)
  • समाचार (25)
  • समाचार बैदेशिक रोजगारको (24)
  • सुचना प्रविधि (6)
  • स्क्रिन प्रिन्ट (1)
  • स्वास्थ्य व्यवशायी (4)
  • हाम्रो बारेमा (1)
  • http://www.manpowernews.blogspot.com
2010 Simplex Enews. All rights reserved.
Designed by SimplexDesign