• Home
  • New Page
  • Subscribe to my RSS
  • FaceBook
  • Gmail
  • Twitter
  • Utube
  • Yahoo
वैदेशिक रोजगारीको पीडा मलेसियामा रोजगारीका ११ क्षेत्र खुला दुई महिनापछि कोरिया जान पाउने इजरायलको लागत परिवर्तन नहुने इजरायल पठाउन सुचिकृत भएका मेनपावरहरु जापान पठाउन सुचिकृत मेजपावरहरु विदेश जानु अघि जान्नै पर्ने कुराहरु जापान नपठाई करोडौं रुपैयाँ 'होल्ड'
  • गृहपृष्ठ
  • मेनपावरहरु
  • स्वास्थ्य व्यवशायी
  • खाडीमुलुक
    • Category
      • Category
      • Category
      • Category
      • Category
    • Category
    • Category
    • Category
  • समाचार
  • विचार
  • राजनीति
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • हाम्रो बारेमा
    • ग्राफिक्स डिजाइन
    • वेभपेज डिजाइन
    • प्रेस प्रिन्टीङ
    • विविध
You are here : Home »
Showing posts with label खेलकुद. Show all posts
पोखरा, माघ १७ - 
फुटबलमा जित हात पार्न राम्रो खेलेर मात्र हुँदैन । भाग्य पनि चाहिन्छ । कहिलेकाहीं राम्रो खेल्नेले पनि हारको सामना गर्नुपर्छ । धरानको हकमा मंगलबार ठीक त्यस्तै भयो । आहा गोल्डकपमा सधैं अभागी हुँदै आएको धरान फुटबल क्लबका लागि यसपल्टको उद्घाटन खेल पृथक रहेन ।

दसौं संस्करणको उद्घाटनमा घरेलु टिम सहाराविरुद्व राम्रो खेलेर पनि दुभाग्र्यपूर्ण पराजय बेहोर्दै धरान अघिल्ला संस्करणमा जस्तै पहिलो खेलबाट बिदा लिन बाध्य भयो । गत वर्षजस्तै विदेशी खेलाडी धरानको यात्रामा तगारो बन्यो । त्यसबेला अपि|mकी खेलाडी इजीको निणर्ायक गोलमा धरानको पोखरा 

यात्रा टुंगिएको थियो । यसपल्ट नाइजेरियाली खेलाडी इदरिस अबुक बाधक बने ।

सहारामार्फत पहिलोपटक नेपाली मैदानमा उत्रिएका इदरिसले ५४ औं मिनेटमा गरेको गोलले धरानको चुनौती समाप्त पार्‍यो । पेनाल्टी क्षेत्र बाहिरबाट विपक्षी दुई डिफेन्डरलाई बिट गर्दै एकल प्रयासमा उनले सशक्त रूपमा प्रहार गरेको बल आकर्षक गोलमा परिणत भएको थियो । उनको प्रहारमा एनआरटीसँग आबद्ध धरानका गोलरक्षक विनय श्रेष्ठ अघि बढे पनि बल रोक्न सकेनन् ।

धरानले आहा गोल्डकपमा बेहोरेको यो नवौं हार हो । धरान आठौं संस्करणमा सहभागी थिएन । बाँकी नौपल्टै धरानको यात्रा पहिलो खेलमै टुंगियो । टिम बलियो बनाउँदै हार यात्रा टुंग्याउने प्रयासमा धरानले निकै मेहेनत गरेको थियो । राजधानीका 'ए' डिभिजनका क्लब प|mेन्ड्सका चार, एनआरटी र एपिएफका दुईदुई खेलाडी समावेश गरेको धरानको प्रदर्शन समग्रमा राम्रो थियो ।

गोल गर्ने अवसर खेर जँादा हारको शृंंखला तोड्न नसकेको धरानका टिम म्यानेजर गोपाल कार्कीले बताए । 'सहाराभन्दा हाम्रो प्रदर्शन धेरै राम्रो थियो,' कार्कीले टिमको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे । उनले थपे, 'सबै मौका उपयोग गर्न सकेको भए कम्तीमा तीन गोलले जित्थ्यौं ।'

धरानले सुरुदेखि नै सहारालाई दबाबमा राख्यो । धरानका प्रकाश बुढाथोकीले २२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट हानेको पि|mकिकमा पोस्ट नजिकैबाट बल बाहिरियो । म्यान अफ दि म्याच घोषित निरकुमार राईले ६३ औं मिनेटमा नजिकैबाट हानेको बल गोलकिपर सुमन लिगलले पन्च गर्दै सहाराको संकट टारे ।

निरकुमारले ८६ औं मिनेटमा पेनाल्टी क्षेत्रबाट सशक्त रूपमा प्रहार गरेको बल क्रसबारमा ठोक्किएर बाहिरिनु धरानको दुर्भाग्य रह्यो । 'निरन्तर आक्रमण गर्‍यौं । तर भाग्यमानी हुन सकेनौं,' धरानका प्रशिक्षक/कप्तान सागर घिमिरेले भने । उनी क्याराभान गोल्डकप-२०५८ देखि नै धरानका लागि पोखरामा निरन्तर खेल्दै आएका छन् । तर धरानसँगै उनी प्रत्येकपल्ट चुक्दै आएका छन् ।

गत मंसिरमा गाईघाटमा भएको उदयपुर गोल्डकपमा धरानले सहारालाई ५-१ ले हराएको थियो । त्यो जितलाई धरानले पोखरामा दोहोर्‍याउन सकेन । 'इतिहास उल्टाउने लक्ष्यसाथ धेरै मेहेनत गरेका थियौ,ं' घिमिरेले भने, 'राम्रो खेल्यौं । तर हार्‍यौं । पोखरा हामीलाई फेरि फापेन ।' खेलाडीका रूपमा पोखरामा आफ्नो अन्तिम खेल भएको उनले बताए ।

आहामा उद्घाटनका एक खेलबाहेक सबैमा सहाराले सफलता हात पार्दै आएको छ । त्यो क्रमले दसौं संस्करणमा पनि निरन्तरता पायो । ६ वर्षअघि एन्फा यु-१७ सँग टाइब्रेकरमा हारेको सहाराले बाँकी सबै संस्करणको पहिलो खेल जितेको छ । गत वर्ष उसले धरानलाई २-१ ले हराएको थियो ।

धरानविरुद्ध सफलता दोहोर्‍याए पनि सहाराका प्रशिक्षक किरण श्रेष्ठ प्रदर्शनमा सन्तुष्ट थिएनन् । 'आसलाग्दो खेल रहेन,' उनले भने । 'फरवार्ड जम्न सकेनन, गम्भीर देखिएनन्, मिस पास धेरै खेले,' उनले भने 'डिफेन्स र मिडफिल्डमा राम्रो खेलेकाले मात्र जित सम्भव भयो । अर्को खेलमा सुधारिएको प्रदर्शन गर्ने प्रयासमा हुनेछौं ।'

तीनपल्ट सेमिफाइनल पुगे पनि हालसम्म फाइनल यात्रा गर्न असफल सहाराले एनआटरीका ३, बौद्वका ६ र नाइजेरियन २ खेलाडी मैदानमा उतारेको थियो । सहारा अन्तिम आठमा शनिबार भारतको 'ए' डिभिजनको क्लब पुनेसँग खेल्नेछ ।



सहारा १-० धरान



आजको खेल

रुपन्देही-११ विरुद्ध अपि|mकन युनाइटेड
 केही समयअघिसम्म सुनसानझं देखिने जिल्ला खेलकुद विकास समिति परिसरमा पछिल्लो एक साता चहलपहल ह्वात्तै बढेको छ । छैटौं राष्ट्रिय खेलकुद आयोजना स्थलमध्येको एक महेन्द्रनगरमा भौतिक पूर्वाधार निर्माणसँगै खेलाडीहरू प्रशिक्षणमा व्यस्त हुँदा चहलपहल बढेको हो ।

घर आँगनमै भइरहेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै जाँदा पुसको जाडोमा पनि खेलाडी तातेका छन् । सबै खेलका जिल्लास्तरीय प्रतियोगिता सम्पन्न भइसकेका छन् । २१ खेलमा ३ सय ८ खेलाडी छनोट भएका हुन् । उनीहरू क्षेत्रीय तथा छैटौं राष्ट्रिय खेलकुदका लागि प्रशिक्षणमा व्यस्त छन् । 

महिला र पुरुष गरी भलिबलका ३२ जना खेलाडी बिहान र साँझ कडा प्रशिक्षणमा व्यस्त देखिन्छन् । सातादेखि बिहान अढाई घन्टा र साँझ ३ घन्टा प्रशिक्षण दिने गरिएको प्रशिक्षक जगदिश भट्टले बताए । कपर्दी, सुटिङ, फुटबललगायतका खेलाडी पनि प्रशिक्षणमै छन् । सुटिङका प्रशिक्षक लक्ष्मण थापा, पारिवारिक तथा विविध कारणले बीचमै खेल छोडेका महिला खेलाडीहरू पनि आफ्नै गाउँठाउँमा बृहत् खेलकुद हुने भएपछि प्रशिक्षणमा आउन थालेको बताउँछन् । 

२१ खेलका नियमित प्रशिक्षण पनि जारी छन् । छैटौंकै लागि राखेपले थप प्रशिक्षक पठाएको छ । आईटीएफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराँते, ब्याडमिन्टन, तेक्वान्दो, सुटिङ, जुडो, उसु र एथलेटिक्सका प्रशिक्षक आएका हुन् । जिल्लामा दरबन्दी नभएका प्रशिक्षकहरू सरुवा तथा काजमा आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले बताए । 

छैटौंको चहलपहलले गर्दा खेलकुद विकास समिति परिसरको माहोल नै फेरिएको हो । प्रशिक्षणसँगै भौतिक पूर्वाधार निर्माणका काम पनि जारी छन् । कभर्डहल रंगरोगनको काम सकिनै लागेको छ । कभर्डहलको पश्चिम दक्षिणमा क्रिकेट मैदान निर्माण भइरहेको छ । त्यसका लागि २८ लाख रुपैयाँ विनियोजन गरिएको छ । भलिबल प्रशिक्षण केन्द्रलाई पनि फराकिलो पारिँदैछ । समापनसहितको प्रतियोगिताका लागि खुला मञ्चमा पनि काम भइरहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले बताए । हकी खेलका लागि सिद्धनाथ बहुमुखी क्याम्पस हातामा मैदान निर्माणका लागि प्राविधिकहरू खटिएको पनि उनले जनाए ।  

राष्ट्रिय खेलकुद परिषद्ले तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न महेन्द्रनगर र धनगढीमा भौतिक पूर्वाधार निर्माण तथा मर्मत व्यवस्थापनका काम भइरहेको जनाएको छ । केहीअघि राखेपका सदस्य सचिव युवराज लामा महेन्द्रनगर आएका बेला यहाँका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीले खेलकुद मैदान निर्माणका लागि बजेट कम भएको गुनासो गरेपछि क्रिकेट मैदान निर्माणलगायतमा करिब २८ लाख रुपैयाँ विनियोजन गरिएको हो । उक्त रकम आएपछि खेलकुद विकास समितिको आन्तरिक निर्माण समितिले मैदान निर्माण सुरु गरेको हो ।  

फागुन १४ देखि २१ गतेसम्म छैटौं कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुन गइरहेको छ । धनगढीमा उद्घाटन समारोहसहित १४ खेल र महेन्द्रनगरमा समापन समारोहसहित १२ खेल हुने राखेपले जनाएको छ । धनगढीमा एथलेटिक्स, फुटबल, महिला भलिबल, लनटेनिस, सफ्टटेनिस, ह्यान्डबल, जुडो, पुरुष कपर्दी, बक्सिङ, कराँते, ब्याडमिन्टन, महिला/पुरुष बास्केटबल, जिम्न्यास्टिक र साइक्लिङ 

हुनेछन् । महेन्द्रनगरमा महिला/पुरुष क्रिकेट, हकी, चेस, आर्चरी, भारोत्तोलन, शारीरिक सुगठन, कुस्ती, महिला कपर्दी, उसु, तेक्वान्दो, पुरुष/महिला टेबलटेनिस, फुटबल र पुरुष भलिबल राखिएको छ । 
काठमाडौं, मङ्सिर २६ (नागरिक)- अफगानिस्तानले एसिसी ट्वान्टी-२० कप क्रिकेटमा ह्याट्रिक गरेको छ। आइतबार तेस्रो संस्करणको फाइनलमा अफगानिस्तानले हङकङलाई ८ रनले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो।
  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान १९.५ ओभरमा १ सय २५ रनमा सीमित भयो। हङकङ १९.२ ओभरमा १ सय १७ रनमै समेटिएको थियो।
सन् २००७ कुवेतमा भएको पहिलो संस्करणमा 'टाइ' भएपछि ओमानसँगै संयुक्त विजेता बनेको अफगानिस्तानले २००९ मा युएईमा घरेलु टोलीलाई फाइनलमा पराजित गरेको थियो। अफगानिस्तानका प्रशिक्षक दवलत अहमादजीले हङकङले फाइनलमा निकै राम्रो चुनौती दिएको बताए। 'हामीले उपाधि रक्षा गरेका छौं, त्यसैले आज हाम्रा लागि ठूलो दिन हो।'
१ सय २६ रन लक्ष्य पाएको हङकङलाई अन्तिम दुई ओभरमा विजयनिम्ति १४ रन आवश्यक थियो। हमिद हसनले १९औं ओभरको पहिलो बलमै बाबर हायतलाई ७ रनमा बोल्ड गरे। अर्को बलमा निजाकात खान ७ रनमा रनआउट भए। तेस्रो बलमा हसनले किन्चेन शाहलाई खाता खोल्नु अगाडि बोल्ड गरे। सोही ओभरका कारण म्यान अफ द फाइनल बनेका हसनले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। उनले प्रतियोगितामा दुई चौका मात्र खर्चे। १५ ओभरमा ७ विकेट लिनेक्रममा २.१३ को इकोनोमी बलिङ गरेका हसनको बलमा पहिलो चौका सेमिफाइनलमा नेपालका प्रदीप ऐरीले प्रहार गरेका थिए। 
हसनका ओपनिङ जोडी दवलत जद्रानले २ विकेट लिए। हङकङबाट सर्वाधिक ३५ रन बनाएका कप्तान जेम्स एटकिन्सनलाई आउट गरी जद्रानले अफगानिस्तानलाई खेलमा फर्काए। ४६ बल खेल्दै ६ चौका प्रहार गरेका एटकिन्सनले वाकास बाराकात (२२) सँग दोस्रो विकेटमा ६ ओभरमा ४८ रन जोडे। अफगानिस्तानका उपकप्तान मोहम्मद नाबीले २ विकेट लिए। उनले प्रतियोगितामा सबैभन्दा बढी १३ विकेट लिए।

हङकङका विशेष ब्याटिङ प्रशिक्षक लोउ भिन्सेन्टले प्रतियोगिताबाट आफ्नो टोलीले धेरै सिकेको बताए। न्युजिल्यान्डका पूर्वटेस्ट खेलाडी उनले भने, 'हामीले फाइनलमा राम्रो ब्याटिङ गरेनौं। नेपालमा ठूलो संख्यामा दर्शक आउने हुँदा यहाँ आएर खेल्दा रमाइलो लाग्यो। हङकङमा थोरै दर्शकअगाडि खेल्नुपर्छ।'
नाबीले गुलबोदिन नैबसँग मिलेर छैटौं विकेटमा ४२ रनको साझेदारी गरेपछि अफगानिस्तानलाई चुनौतीपूर्ण स्कोरमा उभ्याए। २४ रनमा ४ र ७३ रन बनाउँदा ५ विकेट गुमाइसकेको अवस्थामा अफगानिस्तानको इनिङ सम्हालेका नैबले ५ छक्का र २ चौकासहित ५० बलमा ५७ रन बनाए। नाबीले १६ बलमा १ चौका र २ छक्का हान्दै २४ रन बनाए।
हङकङका मुनिर दारले ५ विकेट लिए। इनिङको अन्तिम ओभरमा ३ विकेट लिएका उनले कुल ३.५ ओभरमा २३ रन खर्चे। त्यस्तै नदिम अहमदले २ तथा इरफान अहमद र एजाज खानले १-१ विकेट लिए। कुवेतसँग समूह चरणको अन्तिम खेल र ओमानसँगको सेमिफाइनलमा म्यान अफ द म्याच घोषित दार म्यान अफ द सिरिजमा चुनिए। उनले २ सय २ रन बनाउनुका साथै ११ विकेट लिए।
विजयी खेलाडीलाई एसियाली क्रिकेट परिषद् (एसिसी) का प्रमुख कार्यकारी असरफुल हक, एसिसी प्रतियोगिता निर्देशक सुल्तान राणा, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङ, क्यान उपाध्यक्ष एवम् प्रतियोगिताका निर्देशक तारिणीविक्रम शाहलगायतले पुरस्कृत गरे

काठमाडौ, मंसिर २४ - राम्रो खेल्ने, तर गोल गर्न नसक्ने । नेपाली फुटबलको परम्परागत र सबैभन्दा ठूलो कमजोरी हो । यस्तो विशेषता नयाँदिल्लीमा भइरहेको सातौं साफ च्याम्पियनसिपमा पनि दोहोरियो । त्यसैले पहिलोपल्ट साफको फाइनल खेल्ने नेपालको सपना सेमिफाइनलमै शुक्रबार तुहिएको छ ।
अग्रपंक्तिका खेलाडी लगातार सात खेलमा गोल गर्न चुकेपछि नेपाल अफगानिस्तानसँग अतिरिक्त समयमा १-० ले स्तब्ध भयो । काउन्टर एट्याकमा बेलाल एरेजोउले १ सय १ औं
मिनेटमा गोल गरेपछि नेपालको नयाँदिल्ली यात्रा अन्तिम चारमै टुंगियो । उनी भारतका सुनील  क्षेत्रीसँगै ६ गोलसहित गोल गर्नेको सूचीमा अघि छन् । निर्धारित ९० मिनेट गोलरहित रह्यो । त्यसपछि ३० मिनेट थपिएको थियो ।
नर्वेको 'बी' डिभिजनको क्लब अस्करबाट खेल्ने एरेजोउले अघि बढाउँदै पेनाल्टी बक्स पुगेपछि सेकेन्ड बार च्यापेर प्रहार गरेको बल निणर्ायक गोलमा परिणत भयो । नेपाली गोलकिपर किरण चेम्जोङले बल रोक्ने कुनै अवसर पाएनन् । साफको सेमिफाइनलमा नेपाललाई रोक्न त्यही गोल पर्याप्त रह्यो । गोवामा १२ वर्षअघि भएको साफको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले हारेको थियो ।
युद्धबाट तालिवानी सरकार ढलेपछि सन् २००३ बाट अन्तर्राष्ट्रिय खेलकुदमा फर्केको अफगानिस्तान पहिलोपल्ट नेपाललाई हराएर साफको फाइनलमा पुग्ने नयाँ टिम बन्यो । यसअघि भारत, माल्दिभ्स र बंगलादेश मात्र फाइनलमा भिड्दै आएका थिए । औपचारिक प्रतियोगितामा विगतको तीनै भेटमा नेपाल विजयी भएको थियो । ती हारको बदला अफगानिस्तानले जवाहरलाल नेहरू स्टेडियममा लियो ।
सुरुका २५ मिनेट नेपालले अफगानिस्तानमाथि एकतर्फी दबाब दिएको थियो । रोक्न अफगानिस्तानी डिफेन्सलाई हम्मेहम्मे नै परेको देखिन्थ्यो । अफगानिस्तानकै पेनाल्टी क्षेत्र वरिपरि नेपाली खेलाडी मुभ बुन्दै व्यस्त रहे । त्यो अवधिमा ६ कर्नर, २ पि|mकिक प्रहार गर्दै नेपाली खेलाडीले आधा दर्जन पोस्टमा आक्रमण गरे । तर गोल गर्न सकेनन् ।
कमजोरी फरवार्डमै
खेलमा नेपालले गोल गर्ने राम्रो अवसर ५ पल्ट पायो । कुनै पनि अवसरलाई नेपाली फरवार्डले गेालमा परिणत गर्न सकेनन् । अफगानिस्तानविरुद्ध गोल गर्ने वाचा गरेका सन्तोष साहुखल ३, जुमनु राई र अनिल गुरुङले १-१ मौका गुमाए । राष्ट्रिय टिमका लागि अनिल र जुमनुले गोल गर्न नसकेको निरन्तर ७ खेल भएको छ भने सन्तोषको ११ ।
जुमनुले पहिलो रोजाइमा पार्टनरका रूपमा तेस्रोपल्ट सन्तोष पाएका थिए । उनीहरूको जोडी नेपालका लागि लाभदायी भएन । नवौं मिनेटमै पाएको अवसरमा सन्तोष चुकेपछि नेपालको दुर्भाग्य सुरु भएको थियो । 'अनमार्क' उनले 'सिक्स यार्ड बक्स' बाट हेडद्वारा प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो ।
कप्तान सागर थापाले १७ औं मिनेटमा कठिन कोणबाट प्रहार गरेको बल अफगानिस्तानी डिफेन्डरले गोल लाइननजिकबाट फर्काए । त्यही रिबाउन्ड बल पेनाल्टी क्षेत्रमा 'अनमार्क' सन्तोषको खुट्टामा पर्‍यो । तर उनको प्रहार सटीक रहेन र बल गोलकिपर हमेदुल्लाह युसुफजानीले नियन्त्रणमा लिए ।
सन्तोषले तेस्रो अवसर ५८ औं मिनेटमा पाएका थिए । त्यसबेला पनि उनी सिक्स यार्ड बक्सनजिक अनमार्क थिए । पोस्टमा गोलकिपर मात्र भएको स्थितिमा उनले हेड गरेका बल आकासिंदै बाहिरियो । गोलकिपर युसुफजानीलाई छक्याएर पनि जुमनु ८८ औं मिनेटमा सिक्स यार्ड बक्सबाट बललाई पोस्टको दिशा दिन चुके । खाली पोस्टको उनको प्रहार चुस्त रहेन र बल डिफेन्डरले क्लियर गरे ।
सन्तोषको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका अनिलले १ सय १७ औं मिनेटमा पेनाल्टी क्षेत्रमा राम्रो अवसर पाएका थिए । पोस्टमा गोलकिपरमात्र रहँदा उनको वान-टच प्रहारमा बलले सही दिशा लिएन । बल पोस्टनजिकबाट बाहिरिंदा नेपालले चौथो मौका गुमायो ।
नेपालले अन्तिम अवसर अतिरिक्ति समयको इन्ज्युरी टायमको चौथो मिनेटमा पाएको थियो । बीस यार्डमा प्राप्त पि|mकिकमा सब्स्िटच्युट विजय गुरुङको प्रहारमा गोलकिपर युसुफजानी बाधक रहे । सेकेन्ड बारमा उनको प्रहार युसुफजानीले मुस्किलले समात्दै नेपालको यात्रामा पूर्णविराम लगाइदिए । खेलले आधा घन्टा पार गरेपछि अफगानिस्तानले सुधारिएको प्रदर्शन गर्‍यो । जर्मनी, नर्वे, साइप्रस र अमेरिकी लिग खेल्ने नौ खेलाडीलाई मैदानमा उतारेको अफगानिस्तानले ४ पल्ट पोस्टमा आक्रमण गर्‍यो ।
दुईपल्ट अवसर सिर्जना गर्‍यो । त्यसमा एक गोल भयो । दुईपल्ट नेपाली गोलकिपर किरणले उत्कृष्ट बचाव गरे । उनले एरेजोउले ३५ र सन्जर असमादीले ७७ औं मिनेटमा प्रहार गरेको बललाई लोभलाग्दो रूपमा विफल पारेका थिए ।
डि्रम फाइनल अधुरै
दक्षिण एसियाली फुटबलको सर्वाधिक बलियो भारतविरुद्ध 'डि्रम फाइनल' खेल्ने नेपाली टिमको सपना कम्तीमा २ वर्षका लागि अधुरै रह्यो । दुई-दुई वर्षमा आयोजना हुने प्रतियोगिता चारपल्ट जितेको भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-१ ले हराएर छैटौंंपल्ट फाइनल प्रवेश गर्‍यो । भारतको जितमा नेपाली मूलका फरवार्ड सुनिल क्षेत्रीले दुई गोल गरे । भारत र अफगानिस्तानबीच उपाधिको छिनोफानो आइतबार हुनेछ ।
विराजलाई रातो कार्ड
काउन्टर एट्याकमा अघि बढेका एरेजोउलाई पेनाल्टी क्षेत्रबाहिर 'फल' हानेपछि नेपाली डिफेन्डर विराज महर्जनलाई रातो कार्ड देखाउँदै सिरियाली रेप|mी मसुदले १ सय २० औं मिनेटमा मैदानबाहिर पठाए । त्यसबेला विराज नेपालका 'लास्टम्यान' थिए 
काठमाडौं, मंसिर २४ (नागरिक)- एसीसी ट्वान्टी-२० कपमा नेपाल ओमानसँग पनि पराजित भएको छ। तेस्रो स्थानको लागि कीर्तिपुरमा भएको खेलमा ओमानसँग २ रनले पराजित भएको हो। हुस्सुका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित १५ ओभरको खेलमा ८ विकेट गुमाइ १०१ र बनाएको थियो। प्रतिउत्तरमा १०२ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९९ रनमात्र जोड्यो।
नेपालका लागि महेबुब आलमले सर्वाधिक ४ विकेट लिए। हिजो अफगानिस्तानसँग भएको सेमिफाइनल खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो।
पोखरा , मंसिर १० -
राजन थापामगरको समूहले शनिबार सूर्य नेपाल वेस्टर्न ओपन गल्फ टुरअन्तर्गत 'प्रो-एम' तर्फको उपाधि जितेको छ ।

हिमालयन गल्फ कोर्समा सञ्चालित प्रतियोगितामा थापामगरको समूहले ९० स्टेबल फोर्ड अंक बनाएर उपाधि चुमेको हो । थापामगरको समूहमा एमेच्योर बुद्धि भण्डारी, एमेच्योर राजु थकाली र महिला एमेच्योर गल्फर जुना राई थिए ।

८८ अंक जोड्दै 'प्रो' सञ्जय लामाको समूह दोस्रो भयो ।
पेरिस, कात्तिक २७ (एएफपी)- गणतन्त्र आयरल्यान्ड, क्रोएसिया र चेक गणतन्त्रले युरो २०१२ मा छनोट हुने सम्भावना बलियो बनाउँदा बोस्नियासँग गोलरहित बराबरी खेलेपछि पोर्चुगलले अन्तिम चरणमा पुग्न कडा मेहनत गर्नुपर्ने भएको छ।
२०१० को विश्वकप प्लेअफमा फ्रान्ससँग तीतो अनुभव बटुलेको आयरल्यान्डले तालिनमा प्लेअफको पहिलो लेगमा ९ खेलाडीमा सीमित इस्टोनियालाई ४-० ले पराजित गरी १९८८ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपमा खेल्ने लगभग पक्का गर्‍यो।
पहिलो हाफमा किथ एन्ड्रुज र जोनाथन वाल्टर्सले गरेको गोलमा कप्तान रोबी किनले दुई गोल थपेपछि इटालियन प्रशिक्षक जिओभानी ट्रापाटोनीको आयरल्यान्डले कमजोर इस्टोनियालाई सजिलै पन्छायो। एन्ड्रे स्टेपानोभले ३५औं मिनेटमा किनलाई फाउल प्रहार गरेपछि रातो कार्ड पाए भने कप्तान राइओ पिरोजाले पनि उनलाई पछ्याउँदै मैदान छाडे।
टर्कीलाई उनीहरूकै मैदानमा ३-० ले पराजित गरेपछि क्रोएसिया पनि युक्रेन र पोल्यान्डले संयुक्त आयोजना गर्ने प्रतियोगितामा छनोट हुने लगभग पक्का भएको छ। इस्तानबुलमा इभिआ ओलिज, मारिओ मान्दजुकिज र भेड्रान कोर्लुकाले क्रोएसियाको विजयमा गोल गरे।
प्रागमा चेकले मोन्टेनेग्रोलाई २-० ले पराजित गर्‍यो। भाक्लाभ पिलार र टोमास सिभोजले घरेलु टोलीबाट गोल गरे।
Older Posts Home

Latest News

Advertisement

Daily Video

Category

  • खाडीमुलुक
  • खेलकुद
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • मनोरञ्जन
  • मेनपावरहरु
  • राजनीति
  • विचार
  • समाचार
  • समाचार बैदेशिक रोजगारको
  • सुचना प्रविधि
  • स्वास्थ्य व्यवशायी

Blogroll

  • na

Page

  • Home
  • New Page

Tweet IT

Tweet

मन परेमा

Counter

hotel Hudson

FM

 
             
Xml Blogger Templates

Slide

g

Photos on Flickr

  • Recent Posts
  • Comments

Blog Visit Country

free counters

Link on side

  • Samachar patra
  • Gorkha Patra
  • DofFE
  • Nagarik News
  • Kantipur
  • NRN

Labels

  • खाडीमुलुक (1)
  • खेलकुद (7)
  • ग्राफिक्स डिजाइन (1)
  • धर्म (4)
  • धर्म संस्कृति (3)
  • नेपालको बारेमा (2)
  • प्रेस प्रिन्टीङ (1)
  • मनोरञ्जन (3)
  • मेनपावरहरु (1)
  • राजनीति (7)
  • विचार (8)
  • वेभपेज डिजाइन (2)
  • समाचार (25)
  • समाचार बैदेशिक रोजगारको (24)
  • सुचना प्रविधि (6)
  • स्क्रिन प्रिन्ट (1)
  • स्वास्थ्य व्यवशायी (4)
  • हाम्रो बारेमा (1)
  • http://www.manpowernews.blogspot.com
2010 Simplex Enews. All rights reserved.
Designed by SimplexDesign