• Home
  • New Page
  • Subscribe to my RSS
  • FaceBook
  • Gmail
  • Twitter
  • Utube
  • Yahoo
वैदेशिक रोजगारीको पीडा मलेसियामा रोजगारीका ११ क्षेत्र खुला दुई महिनापछि कोरिया जान पाउने इजरायलको लागत परिवर्तन नहुने इजरायल पठाउन सुचिकृत भएका मेनपावरहरु जापान पठाउन सुचिकृत मेजपावरहरु विदेश जानु अघि जान्नै पर्ने कुराहरु जापान नपठाई करोडौं रुपैयाँ 'होल्ड'
  • गृहपृष्ठ
  • मेनपावरहरु
  • स्वास्थ्य व्यवशायी
  • खाडीमुलुक
    • Category
      • Category
      • Category
      • Category
      • Category
    • Category
    • Category
    • Category
  • समाचार
  • विचार
  • राजनीति
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • हाम्रो बारेमा
    • ग्राफिक्स डिजाइन
    • वेभपेज डिजाइन
    • प्रेस प्रिन्टीङ
    • विविध
You are here : Home »
Showing posts with label धर्म संस्कृति. Show all posts
धर्म शब्दको व्याख्या विविध अर्थमा भएको पाइन्छ। सबैको सार हेर्दा धर्म भनेको कर्तव्य-कर्म हो। प्राणीले आफ्नो स्वभावअनुसार प्रकट गर्ने व्यवहारलाई नै धर्म मान्न सकिन्छ। हुन त कतिपय मानिसले निर्जीव वस्तुले पनि आफ्नो कर्तव्य पालन गरेर धर्म देखाएका छन्। सूर्य सदैव प्रकाशित हुन्छ। नदीले आफैं जल पिउँदैन। वृक्षले आफैं फल खाँदैन। वर्षा अरूकै हितका निम्ति वर्षन्छ तसर्थ महान् बन्न परोपकारी बन्नुपर्छ, यो नै सच्चा धर्म हो। मानिसले यस्ता विविध उदाहरणमार्फत आफूमा धार्मिक प्रवृत्ति बढाउन पहल गर्नुपर्छ। 

धर्मको मार्ग ज्यादै कठिन छ। धर्म यदि कर्तव्य पालन हो भने यो सबै अवस्थामा पालनयोग्य हुन्छ। महाभारत वनपर्वमा एउटा कथा छ। एक दिन द्रौपदीले युधिष्ठिरसँग भनिन्- 'तपाईं धर्मको मार्गबाट कहिल्यै विचलित हुनुभएको छैन तर पनि जंगलमा दुःखपूर्वक विचरण गरिरहनुभएको छ। जब कि दुर्योधनले धर्मको अलिकति पनि ख्याल राखेको पाइँदैन। ऊ भने महलमा आरामपूर्वक सुखभोग गर्दैछ। यस्तै हुने हो भने धर्मपालन गर्नुको के अर्थ ?' द्रौपदीबाट यस्तो शंका प्रकट भएपछि  युधिष्ठिरले भनेका थिए- 'द्रौपदी' जो सुख पाइने इच्छाले धर्मको पालना गर्छन् त्यस्ताले कहिल्यै धर्मको रहस्य बुझ्दैनन्। धर्मको तत्त्व अगाध छ। सुखको कामनाले धर्म गर्नेहरू पशु हुन्, जो सधैं भोगका लोभी तथा दुःखदेखि डराउने हुन्छन्। त्यस्ताले धर्मको गूढ रहस्य के जानून् ? यसकारण मनुष्यता भएको मानिसले अनुकूल एवं प्रतिकूल परिस्थितिको कुनै परवाह नगरी केवल कर्तव्य धर्म वा मानव धर्मको पालना गर्नुपर्छ।' 

यो कथाबाट मानव धर्म पालना गर्नुपर्ने सन्देश पाइन्छ। मानव धर्म कस्तो हुन्छ ? यो विचारणीय कुरा हो। सुख-दुःख आदिमा समभाव राखेर निष्काम कर्ममा लाग्नु मानवीय धर्म हो। धर्म पालना गर्ने विषयमा कुरा गर्न जति सजिलो छ त्यति नै गार्‍हो छ काम गरेर देखाउन। त्यसैले सबै साधारण मानिसले धर्मको पालना गर्न सक्दैनन्। प्रयोजनबिना काम गर्ने कुरा अहिलेको शिक्षाप्रणालीविरुद्ध छ। अहिले विद्यालय, महाविद्यालय एवं विश्वविद्यालयहरूमा असल बन्न होइन सफल बन्न सिकाइन्छ। बाल्यावस्थादेखि नै मानिसलाई तिम्रो लक्ष्य के हो ? डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी आदि के बन्ने भनेर सोधिन्छ। तिमी ठूलो भएपछि यस्तो बन्नुपर्छ, पैसा धेरै कमाउनुपर्छ भनेर सिकाइन्छ तर असल बन्नुपर्छ भन्ने कुरा निकै कम शिक्षालयमा मात्र सिकाइन्छ। धर्मले मानिसलाई सफल नबनाउन सक्छ तर असल भने पक्कै  बनाउँछ। 

धर्मले मानिसलाई प्रकृतिको नजिक लान्छ। प्राकृतिक कुरा विकाररहित हुन्छन्। मानिसको प्रकृति पनि विकाररहित नै हुन्छ। हुर्कदै जाने क्रममा मानिसलाई कृत्रिम बनाउँदै लगिन्छ। परिणामस्वरूप उसमा विभिन्न विकार उत्पन्न हुन थाल्छन्। कृत्रिम वस्तुमा कयौं विकार हुन्छन्। यसको छायाले जीवनलाई छोएपछि मानिस पनि कृत्रिम बन्छ। उसमा धर्म पालना गर्नसक्ने शक्ति रहँदैन। 

सामान्य रूपमा हेर्दा धर्म पनि दुई प्रकारका देखिन्छन्। मानवीय धर्म वा प्राकृतिक धर्म तथा साम्प्रदायिक धर्म वा कृत्रिम धर्म। मानवीय वा कृत्रिम धर्म सार्वजनीन हुन्छ, सर्वग्राह्य हुन्छ, सर्वथा विकाररहित हुन्छ। यसले विश्वका सबै मानिस एवं प्राणीलाई समान रूपले बाँच्न सिकाउँछ। एक-अर्कासँग मिलेर बाँच्न सिकाउँछ। परस्पपरमा सम्मान एवं भाइचाराको भावना वृद्धि गराई सहज ढंगले जीवनयापन गर्ने बाटो देखाउँछ। त्यसको ठीक विपरीत साम्प्रदायिक धर्म हुन्छ। त्यसले मानिसलाई फुटाएर समूहमा विभाजन गर्छ। आफूले मानेको मत नै सर्वश्रेष्ठ छ भन्ने अहंकार बढाउँछ। साम्प्रदायिक मत सधैं अरूको विरोध वा खण्डन गरेर आफ्नो श्रेष्ठता कायम गर्न प्रयासरत रहन्छ। यसका कारण विश्वमा धेरैपटक युद्ध भएका छन्। धेरै मानिसले जीवन गुमाएका छन्। 

धर्मको मार्ग सरल हुन्छ। कुनै कर्मकाण्ड, प्रार्थना एवं अन्धविश्वासबिना सहज ढंगले बाँच्ने कला नै यथार्थमा धर्म हो। धर्म आडम्बररहित हुन्छ। धर्ममा परोपकारको भावना छ। अरूलाई एवं आफ्नै शरीरलाई दुःख दिनु अधर्म मानिन्छ। सच्चा धर्मले कहिल्यै कसैलाई दुःख दिँदैन। धर्म सत्यमा अडेको हुन्छ। सत्य कहिल्यै दोस्रो नभएझैं धर्म पनि दोस्रो हुँदैन। धर्म एउटै हुन्छ, सनातन हुन्छ। कसैलाई हानि पुर्‍याउने विचार बोकेको मत कदापि धर्म हुन सक्दैन। धर्मको खोल ओढ्दैमा असत्य सत्य हुन सक्दैन।
देवदह क्षेत्रमा ठूलो मात्रामा बुद्धकालीन अवशेष भेटिएका छन् । लुम्बिनी विकास कोष र पुरातत्त्व विभागद्वारा गरिएको उत्खननमा प्राचीन इनार, दरबार, शिलालेख, बुद्धताराको मूर्ति, मातृकाको मूर्ति, मखुण्डो, महिलाको अर्धकट्टी मूर्तिलगायत भेटिएका हुन् । 

बौद्ध ग्रन्थमा वुद्धकी आमाले नुहाउन प्रयोग गर्ने गरेको इनारसँग भेटिएको इनार मिल्न गएको उत्खननमा संलग्नले बताएका छन् । इनारको झन्डै एक मिटर चौडा गाह्रो र २ सय ८० सेन्टिमिटर डायमिटर छ । ठूला-ठूला रूखमुनि तीन मिटर गहिराइसम्म गरिएको उत्खननबाट दोस्रो तहमा दरबार, दरबारभित्र खोपी, पूजा कोठा, स्नानस्थानलगायत भेटिएका छन् । गत वर्षदेखि थालिएको उत्खननमा यसअघि बुद्धको अर्धकदको मूर्ति, माटाका भाँडा, ढुंगाका मूर्ति, तामाका औंठीलगायत फेला परेका थिए । 

देवदह क्षेत्रका एक दर्जन बढी स्थानमध्ये उत्खनन गरिएको पहिलो स्थानमै बुद्धकालीन अवशेषहरू फेला परेपछि यसलाई बुद्ध मावलीका रूपमा प्रमाणित गर्न र थप प्रमाण खोज्न बलियो आधार बनेको पुरातत्त्वविद् तथा पुरातत्त्व विभागका अधिकृत प्रकाश दर्नालले बताए । 'भेटिएका वस्तु कति वर्ष पुराना हुन् भन्ने अध्ययन गरी यसबाट पनि बुद्ध मावली पहिचानमा धेरै प्रमाण जुट्नेछन्,' उनले भने, 'नेवारीमा लेखिएको शिला लेखको लिपि अध्ययनपछि पनि केही खुल्ने छ ।' फेला परेका पुरातात्त्विक वस्तुको सामान्य अवलोकनबाट पनि गुप्तकाल अघिका संरचना रहेको पुष्टि गर्न सकिने पुरातत्त्व अधिकृत दर्नालले बताए । 

उत्खनन गर्न अझै बाँकी नै रहेको र अनुसन्धानसमेत बाँकी रहेकाले थप प्रमाणहरू भेटिनेमा उत्खननविद्हरू आशावादी छन् । उत्खननमा भेटिएका वस्तुहरू लामो समय लगाएर अध्ययन गरेपछि मात्र प्रमाणित गर्न सकिने भन्दै बलियो प्रमाण जुटाउन लुम्बिनी विकाष कोषले गत वर्ष भेट्टाएका पुरातात्त्विक वस्तुहरू अध्ययनका लागि लुम्बिनी लगेको छ । अहिले भेटिएका वस्तुहरू पनि लुम्बिनी लगेरै पुरातत्त्वविदहरूबाट अध्ययन गराउने कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । 'अध्ययन पूरा भएपछि भने संग्रहालय नै बनाई ती वस्तु भेटिएकै स्थान देवदहमा राखिनेछ र सर्वसाधारणका लागि खुला गरिनेछ ।' उनले भने । 

पुरातत्त्व विभागका अनुसार झन्डै सय वर्षअघि नै देवदह क्षेत्र पहिचान भए पनि उत्खनन् नहँुदा निश्चित क्षेत्र छुट्याउन सकिएको छैन । धेरै ऐतिहासिक मूर्त्र्िा र वस्तु चोरिएका छन् । बुद्ध परिक्रमा क्षेत्रको विकासका लागि धेरै योजना बनाए पनि सरकारको दूरदृष्टि नपुग्दा ओझेलमा परेको देवदह अर्थात् गौतम बुद्धको मावली गाउँको संरक्षणका लागि ढिलै भए पनि उत्खनन सुरु भएकोमा स्थानीय खुसी छन् ।

'पुरातात्त्विक क्षेत्रलाई लोप हुनबाट बचाउन अतिक्रमणमा परेका र लोप हुन लागेका सबै क्षेत्रको उत्खनन होस् । भेटिएका वस्तु अवलोकनका लागि यही राखियोस्' कन्यामाई जनकल्याण क्लबका अध्यक्ष रामप्रसाद अधिकारीले भने 'विकास र संरक्षणका लागि स्थानीय लाग्छौं ।' 

बुद्धसम्बन्धी धेरै इतिहास पत्ता लगाउन भन्दै पछिल्लो समयमा श्रीलंका, कोरिया, चीनलगायतका देशका दाताहरू देवदहको विकासका लागि योजना लिएर आएका छन् । तर उत्खनन नगरी पूर्वाधार विकासका काम गर्न नपाएपछि उनीहरू त्यत्तिकै र्फकने गरेका छन् । 'ढिलै भए पनि लुम्बिनी विकास कोषले उत्खननमा चासो देखाएको छ । अब कोषसँगै सहकार्य गरेर विकास र संरक्षणमा लाग्छौं,' बैरीमाई कन्यामाई संरक्षण समितिकि अध्यक्ष मनकुमारी काफ्लेले भनिन् ।
संसारको पुरानो धर्म हिन्दु धर्म हो भन्ने कुरा सर्वमान्य छ । त्यस पछि जन्मेका धर्महरु मध्ये नेपालका बुद्धसँग सम्बन्धित बुद्ध धर्म र त्यस यति जन्मिएका धर्महरुले हिन्दु धर्मबाट धेरै कुराहरु जस्ताको तस्तै ग्रहण गरेको पाइन्छ तल केही त्यस्ता कुराहरुको टिपोट गरिएको छ
हिन्दु तथा बौद्ध धर्मको अध्ययन पश्चात येशुले आफ्ना भनाई (जो पछि बाइबल बन्यो) मा हिन्दु तथा बौध धर्ममा उल्लेखित कुराहरु गरेका थिए । त्यो बाइबलमा जस्ताको तस्तै छ ः
१.  येशु तपस्या गर्न गएका बेला शैतानले उहाँलाई प्रलोभन देखाएर तपस्या छोड भन्यो, बुद्धधर्ममा बुद्धको तपस्या कालमा मार भन्ने शैतानले नाना किसिमका सुन्दरीहरुको प्रलोभन देखार तपस्याबाट बन्चित गर्न खोज्यो, हिन्दु धर्ममा विश्वामित आदी धेरै ऋषिहरुको तपस्याकालमा शैतान तथा इन्द्र स्वयंले अप्सराहरु प्ठाएर तपस्या भंग गर्न खोजीको कुरा उल्लेख तर त्यसबाट विचलिन नभई तपस्या गरेको ।
२.  बुद्धले जानकका कथामा पानीमाथि हिडेर डुम्ब लागेका भक्तलाई हात समाएर बचाए, यिशुले पनि पानी माथि हिँडे र एकजना डुब्न लागेका भक्तलाई बताए, यो कुरात हिन्दु धर्ममा साधारण मान्छे बालागुरु षढानन्दले पनि कोशीमा रुमाल राखेर तर्ने गरेको उदाहरण छ ।
३.  हिन्दु धर्ममा कृष्ण जन्मने बेलामा देवकीलाई दिव्य ज्योतिले घेरेको कुरा पूराणमा छ भने येशु जन्मने बेलामा मेरीलाई पनि अपुर्व ज्योतिले घेरेको थियो ।
४.  कृष्णले आफुले १ गेढो चामल खाएर हजारौ भक्तहरुलाई भोजन गराएका थिए, बौद्ध धर्ममा बुद्धले आफ्नो भिक्षा पात्रमा हालेका रोटीबाट थुप्रै मानिसलाई भोजन गराएका थिए बौद्ध पुराणमा, भने येशुले पनि त्यसै गरे पाँच वटा रोटीले पाँच हजार मानिसलाई ख्वाएका थिए ।
५.  कृष्ण मथुरामा जन्मिएतापनि कंशका डरले बसुदेवले उनलाई तुरुन्तै गोकुलमा ल्याएर गोठालाहरुसँग राखे त्यस्तै येशुलाई पनि वेथलेहेममा जन्मे तापनि राजा हेरदका डरले इजिप्टमा ल्याएर गधा, घोडा र बाख्राको गोठमा लुकाएर राखे ।
६.  देवकीको सन्तानले कंशलाई मार्छ भन्ने कुरा सपनामा कसैले भनेकाले देवकीका सबैलाई मारे, भने येशु जन्मिएपछि राजा हुन्छ भन्ने देववाणी भएकाले हेरदले सबै नवजात शिशुलाई मार्न लगाए ।
७.  कृष्णको राधासँग प्रेम प्रसंग भएको कुरा  उल्लेख छ त्यसैगरी येशुको पनि एउटी सुन्दरीसँग प्रेमको प्रसंग बाइबलमा छ ।
८.  बुद्धको चेला नातामा भाइ पर्ने देवदत्तले बुद्धको ज्यान लियो, कृष्णको सबै दाजृहरुलाई कंशले मार्यो भने येशुलाई आफ्नै चेला जुदासले शत्रुकहाँ सुम्पियो ।
९.  बुद्ध धर्ममा बुद्धलाई धर्मको विउ छर्ने किसानका रुपमा तुलना गरिएको छ भने येशुले पनि आफुलाई विउ छर्ने किसानमात्र भएको भनेको छ।  
१०.  जसरी हिन्दु धर्ममा सोहं अर्थात ईश्वरसित एकत्वको भाव भन्छौ येशुले म र मेरा पिता एकै हुन भन्छ । 
११.  हिन्दुले बेदान्त ब्रम्हलोकको कुरा घरि घरि गर्छ भने येशुले इश्वरको राज्य भनी घरि घरि उल्लेख गर्छ
१२.  हिन्दुधर्मले इश्वर सबैथोकमा छ भन्छ तर त्यसको लागि योग, साधना र सिद्धि चाहिन्छ भन्ने येशुले इश्वर तिमी भित्रै छ खोज पाउँछौ भन्छ ।
१३.  कृष्णले भन्छनः आत्मनो मोक्षार्थ जगत् हिताय च, ब्रम्हविद् आत्मवत् सर्वभुतेष, आत्मनं प्रतिकुलानि परेषां न समाचरेत् अर्थात जो मेरो खोजीमा अरु सबै छोडेर एकचित्त भएर लागेको छ, तसलाई चाहिएको आवश्यक तत्व म आफै जुटाउँछ, येशुले पनि ठ्याक्कै यही कुरा दोहो¥याउँदै भनेका छन् सम्पूर्ण दिल लगाएर माया गर सबैकुरा म पु¥याउँछु अथवा आफै पुग्नेछ 
Older Posts Home

Latest News

Advertisement

Daily Video

Category

  • खाडीमुलुक
  • खेलकुद
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • मनोरञ्जन
  • मेनपावरहरु
  • राजनीति
  • विचार
  • समाचार
  • समाचार बैदेशिक रोजगारको
  • सुचना प्रविधि
  • स्वास्थ्य व्यवशायी

Blogroll

  • na

Page

  • Home
  • New Page

Tweet IT

Tweet

मन परेमा

Counter

hotel Hudson

FM

 
             
Xml Blogger Templates

Slide

g

Photos on Flickr

  • Recent Posts
  • Comments

Blog Visit Country

free counters

Link on side

  • Samachar patra
  • Gorkha Patra
  • DofFE
  • Nagarik News
  • Kantipur
  • NRN

Labels

  • खाडीमुलुक (1)
  • खेलकुद (7)
  • ग्राफिक्स डिजाइन (1)
  • धर्म (4)
  • धर्म संस्कृति (3)
  • नेपालको बारेमा (2)
  • प्रेस प्रिन्टीङ (1)
  • मनोरञ्जन (3)
  • मेनपावरहरु (1)
  • राजनीति (7)
  • विचार (8)
  • वेभपेज डिजाइन (2)
  • समाचार (25)
  • समाचार बैदेशिक रोजगारको (24)
  • सुचना प्रविधि (6)
  • स्क्रिन प्रिन्ट (1)
  • स्वास्थ्य व्यवशायी (4)
  • हाम्रो बारेमा (1)
  • http://www.manpowernews.blogspot.com
2010 Simplex Enews. All rights reserved.
Designed by SimplexDesign