• Home
  • New Page
  • Subscribe to my RSS
  • FaceBook
  • Gmail
  • Twitter
  • Utube
  • Yahoo
वैदेशिक रोजगारीको पीडा मलेसियामा रोजगारीका ११ क्षेत्र खुला दुई महिनापछि कोरिया जान पाउने इजरायलको लागत परिवर्तन नहुने इजरायल पठाउन सुचिकृत भएका मेनपावरहरु जापान पठाउन सुचिकृत मेजपावरहरु विदेश जानु अघि जान्नै पर्ने कुराहरु जापान नपठाई करोडौं रुपैयाँ 'होल्ड'
  • गृहपृष्ठ
  • मेनपावरहरु
  • स्वास्थ्य व्यवशायी
  • खाडीमुलुक
    • Category
      • Category
      • Category
      • Category
      • Category
    • Category
    • Category
    • Category
  • समाचार
  • विचार
  • राजनीति
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • हाम्रो बारेमा
    • ग्राफिक्स डिजाइन
    • वेभपेज डिजाइन
    • प्रेस प्रिन्टीङ
    • विविध
You are here : Home »
Showing posts with label सुचना प्रविधि. Show all posts
रामचन्द्र भट्ट, काठमाडौं, माघ २० - कम्प्युटरमा काम गर्दागर्दै अंग्रेजी शब्दको अर्थ नेपालीमा नजानेर हैरान हुनुपरेको छ? या कुनै नेपाली शब्दलाई अंग्रेजीमा अनुवाद गर्न कठिन भएको छ? अंग्रेजी जान्दै नजान्ने वा सामान्यमात्र जान्नेलाई समेत सहयोगी 'गुगल ट्रान्सलेटर' अब नेपालीमा पनि तयार हुँदैछ। संसारका धेरै देशमा सबैभन्दा बढी बोलिने भाषालाई कम्प्युटरमै अनुवाद गर्ने प्रविधि बनाइसकेको गुगल ट्रान्सलेटरले अहिले नेपाली भाषामा अनुवाद सुरु गरेको छ। केही दिनअघि नेपाल आएका गुगलका प्रतिनिधि डिभोन ल्यानले अनुवादमा सहयोग गर्न आग्रह गरेका थिए।
उदीयमान देश हेर्दै आएका बिजनेस मेनेजर डिभोनले नेपालमा गुगलको अनुवादक सेवा सुरु गर्न इन्टरनेट सोसाइटी, नेपाल टेलिकम, नेपाली विकिपिडिया, खुला तथा स्वतन्त्र सफ्टवेयर समाज, मदन पुरस्कार पुस्तकालय लगायतसँग छलफल गरेका थिए। उनले भाषा र प्रविधिसँग सम्बन्धित संस्थाका पदाधिकारीहरुसँग पनि भेटेर अनुवादनका लागि छलफल गरेका थिए।
'गुगलको अनुवादमा कुनै प्रकारको भाँजो कहिँबाट हालिएन भने एक वर्षभित्रमा त्यसको प्रारम्भिक भर्सन आउन सक्छ,' नेपाली विकिपिडियाका प्रशासक गणेश पौडेलले भने। अहिले गुगलले अंग्रेजीबाट ६ दर्जनको हाराहारीका भाषामा अनुवाद गर्ने प्रविधि सुरु गरिसकेको छ।
'अंग्रेजीबाट अरु भाषामा मात्र नभई गुगल अनुवादक भएका सबै भाषाबाट सबैमा यो सुविधा प्रयोग गर्न सकिन्छ,' पौडेलले भने। जस्तै कसैले चिनियाँ भाषामा लेखेकोलाई स्पेनिस, कोरियन भाषामा लेखेकोलाई हिन्दी जस्ता भाषामा समेत अनुवाद गर्न सकिन्छ। 
गुगल ट्रान्सलेटरले नेपालीमा लेखिएको लेखलाई जुनसुकै भाषामा अनुवाद गर्न सक्नेछ। गुगलले अनुवाद गर्दा लेखिएको वाक्यलाई ठ्याक्कै भन्न खोजिएको कुरा नआउन सक्छ। त्यसो हुँदा काम गर्दै, परीक्षण गर्दै जाँदा लामो समय लाग्न सक्ने यसमा संलग्न प्राविधिकहरुले बताएका छन्।

इन्टरनेट साइटहरुमा अहिले करोडौं सूचना छन्। तर सबैले अंग्रेजी भाषा नजान्ने भएकाले त्यहाँ भएका जानकारीहरु पढ्न सक्दैनन्। नेपालीमा अनुवाद गर्ने सुविधा भए कम्प्युटरमा भएका सबै जानकारीहरु अध्ययन गर्न सक्छन्।
नेपाली अनुवादक शब्दकोश बनाउने प्रयास केही वर्षअघि मदन पुरस्कार पुस्तकालयले सुरु गरेको थियो। त्यसका लागि आवश्यक पर्ने भाषाका शब्दभण्डार (कर्पस) बनाउने काम आधा सम्पन्न भइसकेको थियो। तर थप स्रोत साधन जुटाउन नसकेर त्यो काम बीचमै राकिएको छ। त्यसपछि अहिले गुगल जस्तो सबैभन्दा बढी हेरिने साइटले यो अभियान थाल्न लागेको हो।
काठमाडौं, माघ १६ - बैंकिङ क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएपछि राष्ट्र बैंकले यसलाई व्यवस्थित गर्न निर्देशिका ल्याउने तयारी गरेको छ।
मोबाइल, इन्टरनेट बैंकिङ कारोबारमा प्रयोग हुन थालेपछि सुरक्षित बनाउन ई-बैंकिङ निर्देशिका ल्याउन लागिएको गभर्नर युवराज खतिवडाले जानकारी दिएका छन्।
'अहिले प्रयोग भइरहेको मोबाइल बैंकिङको कुरा बुझ्दै जाँदा यसलाई नियमन गर्ने केही रहेनछ,' १२ औं सूचना प्रविधि सम्मेलनको आइतबार उद्घाटन गर्दै उनले भने। ग्राहकको विश्वास डगमगाउन नदिन राष्ट्र बैंकले यस्तो निर्देशिका प्रयोगमा ल्याउन लागेको उनले जानकारी दिए।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) र इन्टरनेट सोसाइटी नेपालको आयोजनामा भएको सूचना प्रविधि सम्मेलनमा खतिवडाले बैंकिङ सिस्टममा ब्याकअप राम्रो नभएको समेत उल्लेख गरे। उनले 'क्रयास' भएको अवस्थामा सुरक्षा नभएको बताए।
विभिन्न बैंकहरुले आफ्नो ब्याकअपलाई विदेशका डाटासेन्टरहरुमा राखिरहेको दाबी गरेका छन्। गभर्नरको भनाइअनुसार अबौं रुपैयाँ निक्षेप र कर्जा परिचालन गरिरहेका बैंकहरुको सफ्टवेयर क्र्यास भएको अवस्थामा त्यसलाई पुरानै अवस्थामा फर्काउन अप्ठेरो छ।

उनले सूचना प्रविधिको प्रयोगबाटै अहिले जहाँसुकैको कारोबार पनि गर्न सकिने भएको हुँदा सफ्टवेयर र डाटाको ब्याकअप सुरक्षित राख्नुपर्ने चुनौती रहेको बताए।

बैंकिङ क्षेत्रमा आकर्षण बढाउन सूचना प्रविधिको प्रयोग सहयोगी हुन सक्ने उल्लेख गरे। मोबाइल, इन्टरनेटको प्रयोगबाट बैंकका ग्राहकले आफ्नो फन्ड ट्रान्सफर, रकम 
निकाल्नेलगायत कामहरु गर्न सक्छन्। इन्टरनेट बैंकिङबाटै विभिन्न सेवाको भुक्तानी मोबाइलको किप्याड थिचेको भरमा गर्न सक्छन्।

विदेशबाट रेमिट्यान्स पठाउँदा यहाँ केही मिनेटभित्रै निकाल्न सकिने प्रविधि केही वर्षअघिदेखि नै प्रयोगमा छ। यो पनि एक प्रकारको ई-बैकिङ हो।
यो प्रविधि नेपालमा विश्वासको भरमा टिकिरहेको उल्लेख गर्दै उनले त्यसलाई तलमाथि हुन नदिन निर्देशिका जारी गर्न लागिएको बताए। जुनसुकै शाखाबाट बैंकिङ कारोबारका लागि सूचना प्रविधिको प्रयोग बढाएर जानुपर्ने र किर्ते एवं वित्तीय अपराध रोक्नसमेत यसको प्रयोग बैंकहरुले बढाउनुपर्नेमा जोड दिए।
एउटा शाखा खोल्नको लागि १ करोड रुपैयाँसम्म खर्च हुने गरेको अवस्थामा ई-बैंकिङलाई गाउँगाउँसम्म पुर्‍याउन सकिएमा खर्चसमेत कम हुने उनको धारणा थियो। 'अहिले ३९ प्रतिशत नागरिकले औसतमा आधा घन्टा हिँडेपछि एउटा बैंकको साइनबोर्ड देख्न पाएका छन्,' उनले भने। बाँकी ६१ प्रतिशतले त बैंकको शाखा भेट्न घन्टौँ र कहिँ त २/३ हिँड्नुपर्ने अवस्था छ। सूचना प्रविधिको प्रयोग बढाउन सके बैंकिङ कारोबारलाई गाउँसम्म पुर्‍याउन सकिने गभर्नरले बताए।
कार्यक्रममा विज्ञान प्रविधि मन्त्रालयका सचिव सूचना प्रविधिमा लगानी गर्नेतर्फ सरकारमै द्विविधा रहेको बताए। 'सडक र भौतिक पूर्वाधारमा मात्र सरकारी लगानी केन्द्रित छ, आइटीको लगानीबाट दीर्घकालीन प्रतिफल आउने हुँदा त्यसलाई प्राथमिकता दिन सकिरहेका छैनौं,' उनले भने।
सरकारले मन्त्रालयमध्ये सबैभन्दा कम विज्ञान प्रविधि मन्त्रालयलाई बजेट विनियोजन गरेको छ। चालु आव २०६८/६९ मा विज्ञान प्रविधि मन्त्रालयको बजेट ३८ करोड ६० लाख रुपैयाँमात्र छ।
विज्ञान प्रविधि क्षेत्रमा काम गर्ने कतिपय निकायहरुलाई सञ्चार मन्त्रालय अन्तर्गत राखिएकोमा उनले गुनासो समेत गरे। सरकारको कार्य विभाजन नियमावलीमा सूचना प्रविधि क्षेत्रलाई सञ्चार मन्त्रालय अन्तर्गतमा राखिएको छ। यसप्रति विज्ञान प्रविधि मन्त्रालयले पहिलेदेखि नै गुनासो गर्दै आएको छ।
कार्यक्रमका प्रमुख वक्ता बेलायतस्थित लिड्स विश्वविद्यालयका निर्देशक सुभजित बसुले आर्थिक रुपमा विपन्नको पहुँचभित्र अहिलेपनि इन्टरनेट पर्न नसकेको बताए। उद्घाटन कार्यक्रममा क्यानका अध्यक्ष सुरेशकुमार कर्णले इन्टरनेटमा भएको क्रान्तिले अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको उल्लेख गरे। 'इन्टरनेटमा आएको क्रान्तिले अरु क्षेत्रमा पनि क्रान्ति ल्याएको छ,' उनले भने।
इन्टरनेट सोसाइटी अफ नेपालका अध्यक्ष बाबुराम अर्यालले इन्टरनेट विभेदरहित रुपमा आर्थिक विकास पुर्‍याएर सबैलाई जोड्न सक्ने प्रभावकारी माध्यम भएको उल्लेख गरे। 'योजना, पैसा र कार्यक्रम छ, तर पनि यसको सफल कार्यान्वयन हुन सकेको छैन,' उनले भने
रोशन साँवा, इलाम, मङ्सिर १३- इलाम नगरपालिकाको कार्यालयले बजारनजिकैको चिया वगानमा निशुल्क वायरलेस इन्टरनेट सुविधाको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको छ।
नगरपलिकाको कार्यालयले स्थानीय युवा र घुम्न आउने पर्यटकलाई लक्षित गरेर चिया बगानलाई 'नेट जोन' बनाउन लागेको जनाएको छ। उसले एक महिनाभित्रमा निःशुल्क इन्टरनेट सुविधा सुरु हुने पनि जनाएको छ। 'चियाबगानलाई दुर्व्यसनको अखडा नबनाऊन् भनेर युवाहरुलाई अमल्याउन तथा बाह्य क्षेत्रबाट ल्यापटप बोकेर आउनेले पनि चियाबगानको सुन्दरता रम्दै इन्टरनेट चलाउन पाऊन् भनेर नेट जोन बनाउन लागेका हौं,' नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले भने, 'यसले इलामको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्छ भन्ने हाम्रो विश्वास छ।'
नगरपालिकाले बगानभित्र पर्ने लभडाँडा र मालकुवानजिकैको डाँडामा इन्टरनेटको राउटर राख्ने जनाएको छ। 'भरसक बगानको सबै क्षेत्रमा इन्टरनेट सुविधा उपभोग गर्न पाइयोस् भनेर बढी क्षमताको राउटर राख्ने तयारी गरेका छौं,' नगरपालिकाका प्राविधिक मिलन मुखियाले भने। तर, उपभोक्ताले इन्टरनेटमा ब्राउज गर्नमात्र पाउनेछन्, डाउनलोडको सुविधा हुने छैन। नगरपालिकाले अश्लील खालका साइटहरु पनि बन्द गरिदिने जनाएको छ।
नगरपालिकाले बगान क्षेत्रमा घुम्न र टहलिन आउने मानिसहरुको संख्या बढेपछि इन्टरनेट सुविधाको पनि व्यवस्था गर्न लागेको हो। नगरपालिकाले टहरा, पोखरी, रेलिङसहितको सिंढी बनाइदिएपछि बगान क्षेत्रमा चहलपहल बढेको छ। नगरपालिकाले चिया बगानको माथिल्लो भेगमा भ्युटावर पनि निर्माण गरिरहेको छ।
नगरपालिकाले बसपार्कदेखि क्याम्पस रोडसम्म बगैचासहितको बाटो ३६ लाख रुपैयाँमा र जनभवनदेखि भ्युटावरसम्मको रेलिङसहितको तीन सय ४५ मिटर लामो बाटो ३७ लाख चार हजार आठ सय ५८ रुपैयाँको लागतमा भर्खरै निर्माण गरिदिएको छ। बगान क्षेत्रमै पर्ने रानीपोखरी नौ लाख र मालकुवा १५ लाख रुपैयाँको लागतमा निर्माण भएको छ।
८० लाख ७० हजार रुपैयाँको लागत अनुमान गरिएको भ्युटावरको निर्माण कार्य अन्तिम चरणमा छ। 'संरचना परिवर्तन गर्नुपर्ने भएकाले भ्यूटावरको निर्माणमा केही ढिलाई भएको हो,' नगरपालिकाका प्राविधिक मेघनाथ ढुङ्गानाले भने।
यही चिया बगानमा रहेको ऐतिहासिक चिया कारखाना पनि ११ वर्षपछि आउँदो चैतदेखि सञ्चालन हुने भएको छ। नेपाल चिया विकास निगम त्रिवेणी (सांघाई) समूहलाई भाडामा दिनासाथ २०५७ सालदेखि बन्द भएको थियो। वि.सं. १९३५ देखि प्रशोधन थालेको यो नेपालकै सबभन्दा पुरानो कारखाना हो।

काठमाडौं- सरकारले विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभाग स्थापना गर्ने भएको छ।  सूचना प्रविधिमा कार्यरत संस्थाहरुलाई मिलाएर लैजान विभाग गठनको लागि अध्ययन सुरु गरिएको छ। ‘ठूलो दलको भागमा यो मन्त्रालय कहिल्यै परेन, त्यसो हुँदा प्राथमिकतामा पनि परेको छैन,’ विज्ञान प्रविधि मन्त्रालयका सचिव रामहरि अर्यालले भने। २०५३ जेठमा यो मन्त्रालय स्थापना हुँदादेखि अहिलेसम्म सबैभन्दा हेपिएको गुनासो उनले गरे। २०५३ सालमा संयुक्त सरकारको कार्यकालमा सामान्य साक्षर रामकृष्ण आचार्य पहिलो विज्ञान मन्त्री बन्ने अवसर पाएका थिए। माधवकुमार नेपालको पालामा कम्प्युटर लाउन नजान्ने इन्द्रप्रसाद ढुंगेल विज्ञानमन्त्री भए।
संसदको विकास समितिमा शुक्रबार सचिव अर्यालले सूचना प्रविधि क्षेत्रको विकास सरकारको प्राथमिकता नै नपरेको, यसमा भएको खर्चलाई आर्थिक नोक्सानी ठान्ने प्रवृत्तिले बजेटसमेत कम पाइरहेको उनले बताए। सूचना प्रविधि क्षेत्रमा अहिले सञ्चार मन्त्रालय, उच्चस्तरीय सूचना प्रविधि आयोग, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायत निकाय भएपनि यिनीहरुमा समन्वय हुन नसक्दा समस्या थपिएको छ।
‘कार्यक्रम एकदमै छरिएको छ, प्रतिफल देखिने छैनन्,’ अर्यालले भने, ‘यस्तो समस्या समाधान गर्न सूचना प्रविधि क्षेत्रको विकासमा छुट्टै विभाग बनाउनुपर्ने जरुरी देखिएको छ। सूचना प्रविधिमै कार्यरत दूरसञ्चार प्राधिकरण, सासेक परियोजना जस्ता निकाय सञ्चार मन्त्रालय अन्तर्गत छन्। सूचना प्रविधि नीति २०६७ ले यस्ता कार्यक्रमहरु विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत रहेर सञ्चालन गर्ने उल्लेख गरेपनि व्यवहारमा लागु नभैसकेकोले एउटै प्रकृतिका कार्यक्रमहरुमा समेत दुवै निकायले खर्च गरिरहेका छन्।
सूचना प्रविधि विकासको लागि आगामी आर्थिक वर्षमा विशेष कार्यक्रमहरु सुरु गर्न ५० करोड रुपैयाँको बजेट प्रस्ताव विज्ञान मन्त्रालयले गरेको छ। अर्थ मन्त्रालयले ३८ करोड रुपैयाँको सिलिङ तोकेकोले नयाँ कार्यक्रम सञ्चालन गर्न समस्या परेको उनले बताए। नेपालका वैज्ञानिक पलायन रोक्न नास्ट अन्तर्गत अनुसन्धान परियोजना सुरु गर्न लागिएको छ।
सूचना प्रविधिमा कार्यरत दक्ष जनशक्ति उपयुक्त अवसर नपाएर पलायन हुने क्रम रोक्न छुट्टै ‘सूचना प्रविधि सेवा’ राख्ने प्रस्ताव पनि मन्त्रालयले गरेको छ। ‘सूचना प्रविधिमा कार्यरत अधिकृतहरुको भविष्यको लागि पनि प्रशासन, लेखा, संसद सेवा जस्तो छुट्टै सेवा गठन गर्नुपर्ने जरुरी छ,’ उनले भने।

नोकियाको नयाँ स्मार्टफोन नेपाली बजारमा आएको छ। कम्पनीको नोकिया-५०० मोडेलको स्मार्टफोन बजारमा आएको हो। सिम्बिएन सफ्टवेयरयुक्त यो सेटमा ५ मेगापिक्सेलको क्यामेरा छ। म्युजिक र अन्य मनोरञ्जनात्मक कार्यका लागि उपयुक्त यो स्मार्टफोनले नेपालीहरुको मन जित्ने बिक्रेताहरुको दाबी छ।
तीव्र गतिको वेब ब्राउजिङ सुविधायुक्त यो स्मार्टफोनको मूल्य नेपाली बजारमा १९ हजार ५ सय ५० तोकिएको छ।
कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)ले सन् २०१३ लाई सुचना प्रविधि वर्षका रुपमा मनाउन प्रचार गर्ने भएको छ। क्यानको १८ ‍‌औँ वार्षिकोत्सवका अवसरमा आयोजित साधारण सभा कार्यक्रममा क्यानले सो जानकारी गराएको हो।कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष सुरेश कुमार कर्णले सुचना तथा सञ्चार प्रविधिलाई माध्यम बनाएर व्यापक विकासको वातावरण सृजना गर्न क्यान प्रतिबद्ध रहेको जनाउनुभयो।उहाँले ५४ जिल्लामा संघहरु स्थापना गरिसकेको बताउदै स्थानिय स्तरमा सदस्यहरुले यस कार्यमा सहयोग पुर्‍याउने बताउनुभयो।क्यानले यो वर्ष राष्ट्रिय आईसिटि ट्रेनिङ सेन्टर, आईसिटि एक्सलेन्स अवार्ड, आईसिटिमा महिला २०१३ लाई सुचना प्रविधि वर्ष मनाउने तयारी गरेको छ।
Older Posts Home

Latest News

Advertisement

Daily Video

Category

  • खाडीमुलुक
  • खेलकुद
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • मनोरञ्जन
  • मेनपावरहरु
  • राजनीति
  • विचार
  • समाचार
  • समाचार बैदेशिक रोजगारको
  • सुचना प्रविधि
  • स्वास्थ्य व्यवशायी

Blogroll

  • na

Page

  • Home
  • New Page

Tweet IT

Tweet

मन परेमा

Counter

hotel Hudson

FM

 
             
Xml Blogger Templates

Slide

g

Photos on Flickr

  • Recent Posts
  • Comments

Blog Visit Country

free counters

Link on side

  • Samachar patra
  • Gorkha Patra
  • DofFE
  • Nagarik News
  • Kantipur
  • NRN

Labels

  • खाडीमुलुक (1)
  • खेलकुद (7)
  • ग्राफिक्स डिजाइन (1)
  • धर्म (4)
  • धर्म संस्कृति (3)
  • नेपालको बारेमा (2)
  • प्रेस प्रिन्टीङ (1)
  • मनोरञ्जन (3)
  • मेनपावरहरु (1)
  • राजनीति (7)
  • विचार (8)
  • वेभपेज डिजाइन (2)
  • समाचार (25)
  • समाचार बैदेशिक रोजगारको (24)
  • सुचना प्रविधि (6)
  • स्क्रिन प्रिन्ट (1)
  • स्वास्थ्य व्यवशायी (4)
  • हाम्रो बारेमा (1)
  • http://www.manpowernews.blogspot.com
2010 Simplex Enews. All rights reserved.
Designed by SimplexDesign