• Home
  • New Page
  • Subscribe to my RSS
  • FaceBook
  • Gmail
  • Twitter
  • Utube
  • Yahoo
वैदेशिक रोजगारीको पीडा मलेसियामा रोजगारीका ११ क्षेत्र खुला दुई महिनापछि कोरिया जान पाउने इजरायलको लागत परिवर्तन नहुने इजरायल पठाउन सुचिकृत भएका मेनपावरहरु जापान पठाउन सुचिकृत मेजपावरहरु विदेश जानु अघि जान्नै पर्ने कुराहरु जापान नपठाई करोडौं रुपैयाँ 'होल्ड'
  • गृहपृष्ठ
  • मेनपावरहरु
  • स्वास्थ्य व्यवशायी
  • खाडीमुलुक
    • Category
      • Category
      • Category
      • Category
      • Category
    • Category
    • Category
    • Category
  • समाचार
  • विचार
  • राजनीति
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • हाम्रो बारेमा
    • ग्राफिक्स डिजाइन
    • वेभपेज डिजाइन
    • प्रेस प्रिन्टीङ
    • विविध
You are here : Home »
Showing posts with label खाडीमुलुक. Show all posts
झापाको दमकमा इजाजत नलिई सञ्चालन गरिएका दर्जनौँ मेनपावर कम्पनीका शाखा कार्यालय बन्द गरेर सम्बन्धित व्यक्तिहरू फरार भएपछि यी शाखामार्फत वैदेशिक रोजगारमा गएका हजारौँ सर्वसाधारण बिचल्लीमा परेका छन् ।
दमक गगरपालिका १० मा शाखा खोलेर बसेका बज्र ह्युमेन रिसोर्सका सञ्चालक गत असोजदेखि कार्यालय बन्द गरेर फरार भएका छन् । त्यस्तै दुई वर्षदेखि शाखा सञ्चालन हुँदै आएको सिग्मा ओभरसिज मेनपावर कम्पनी गत पुसदेखि नै बन्द भएको छ ।
डेढ वर्षदेखि शाखा खोलेको युनाइटेड मेनपावर कम्पनी कार्यालयमा ताला लगाएर गत चैतदेखि यसका सञ्चालक फरार भएका छन् । डेढ वर्षदेखि दमक १२ मा सञ्चालन गरिँदै आएको ओभरसिज इम्प्लोइमेन्ट सर्भिस गत पुसदेखि सम्पर्क बाहिर रहेकामा डेढ महिना अघिदेखि कार्यालयको समेत अत्तोपत्तो छैन ।
दमक ११ मा खोलिएका दियालो मेन पावर र कावेली हृयुमेन रिसोर्ससमेत अहिले अस्तित्वमा छैनन् । सोही क्षेत्रमा रहेको ब्रोड्वे ओभरसिज र त्रिकोण मेनपावरसमेत बन्द भइसकेका छन् । यहाँका अन्य नाम नखुलेका केही मेनपावरका शाखा सञ्चालन भई हाल फरार छन् । दमक क्षेत्रमा मात्र एक दर्जनभन्दा बढी यस्ता शाखा खोलेर सर्वसाधारणमाथि ठगी गरिएको गुनासो छ । यी शाखाहरूको कुनै पनि इजाजतपत्र कार्यालयमा नआएको जिल्ला श्रम कार्यालय झापाका निमित्त शाखा प्रमुख हरिशरण भट्टराईले जानकरी दिनुभयो । शाखा खोल्नका लागि सम्बन्धित मेनपावर कार्यालयको अनुमति लिएर सरकाको वैदेशिक रोजगार कार्यालयबाट अनिवार्य स्वीकृत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।


कानुनमा यस्तो व्यवस्था भए पनि यहाँ खोलिएका उल्लेखित शाखाले कानुनी प्रक्रिया पुरा नगरेको श्रम कार्यालय झापाको भनाइ छ । यस्ता शाखाले तोकिएको भन्दा धेरै पैसा असुलेर काठमाडौँका विभिन्न मेनपावर कम्पनीलाई वैदेशिक रोजगारीमा जान चाहने जनशक्ति आपूर्ति गर्ने गरेका छन् ।
दुईदेखि तीन वर्षको करार अवधिमा वैदेशिक रोजगारमा गएर सम्झौता अनुसारको तलब सेवा सुविधा नपाएका सर्वसाधारणलाई सबैभन्दा पीडा भएको छ । दुई वर्षदेखि सञ्चालन भएका यस्ता मेनपावरका शाखा गत असोजसम्ममा धेरैजसो बन्द भइसकेका छन् । यति धेरै मेनपावरका शाखा बन्द गरेर सम्बन्धित व्यक्ति फरार हुनुले यस व्यवसायप्रति नकारात्मक सन्देश गइरहेको मेनपावर कम्पनी व्यवसायी सङ्घ झापाका अध्यक्ष भानु शिवाकोटी बताउनुहुन्छ । उहाँका अनुसार यस्ता शाखाको वैधानिकताका लागि जिल्लामा नियमित अनुगमन नहुँदा यस्तो गलत प्रवृत्तिको विकास हुँदै गएको छ ।
Older Posts Home

Latest News

Advertisement

Daily Video

Category

  • खाडीमुलुक
  • खेलकुद
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • नेपालको बारेमा
  • मनोरञ्जन
  • मेनपावरहरु
  • राजनीति
  • विचार
  • समाचार
  • समाचार बैदेशिक रोजगारको
  • सुचना प्रविधि
  • स्वास्थ्य व्यवशायी

Blogroll

  • na

Page

  • Home
  • New Page

Tweet IT

Tweet

मन परेमा

Counter

hotel Hudson

FM

 
             
Xml Blogger Templates

Slide

g

Photos on Flickr

  • Recent Posts
  • Comments

Blog Visit Country

free counters

Link on side

  • Samachar patra
  • Gorkha Patra
  • DofFE
  • Nagarik News
  • Kantipur
  • NRN

Labels

  • खाडीमुलुक (1)
  • खेलकुद (7)
  • ग्राफिक्स डिजाइन (1)
  • धर्म (4)
  • धर्म संस्कृति (3)
  • नेपालको बारेमा (2)
  • प्रेस प्रिन्टीङ (1)
  • मनोरञ्जन (3)
  • मेनपावरहरु (1)
  • राजनीति (7)
  • विचार (8)
  • वेभपेज डिजाइन (2)
  • समाचार (25)
  • समाचार बैदेशिक रोजगारको (24)
  • सुचना प्रविधि (6)
  • स्क्रिन प्रिन्ट (1)
  • स्वास्थ्य व्यवशायी (4)
  • हाम्रो बारेमा (1)
  • http://www.manpowernews.blogspot.com
2010 Simplex Enews. All rights reserved.
Designed by SimplexDesign