कुवेतमा मेनपावर व्यवसायी र दूतावासको विवाद समाधानतिर; उन्मुख जनशक्तीको अभाबको समस्या बुझ्न दूतावासको आग्रह

नेपाली दूताबास कुवेत बिभिन्न कारणबस बेला बेलामा बिबादको केन्द्र बन्दै आएको छ । कहिले पत्रकारले लेखेका बिषयको बिबाद, कहिले दूताबास भित्र घटेका घटना, कहिले मेनपावर ब्यबसायीले राखेका मागहरु लगायत अन्य समस्याका कारण दूताबास चर्चामा आउने गर्दछ । कतिपय बिबाद केवल सस्तो लोकप्रियताको लागि भए भने कतिपय वास्तबिक बिषयबस्तुसँग जोडीएका छन ।
यस्तै हिजोको बिषय मेनपावर व्यवसायीको समस्यासँग जोडीएको बिषय थियो । मेनपावर ब्यवासायीहरुले दूताबासबाट हुनेगरेका काम ढिला हुने गरेको, अनावश्यक झमेला झेल्नु पर्ने, इन्सुरेन्स चर्को भएको, दूतावासमा दित्तिय सचिब पुष्पराज भट्टराईले मेनपावर एसोसियसनका सदस्य अर्जुन तामाङ सँग असोभनिय व्यबहार गरे भन्ने लगायतका ६ सुत्रिय माग सहित कुवेतमा कृयाशित बिभिन्न सँघ-संस्था र अनलाईन मिडियाका पत्रकारहरुको बिचमा दूताबासमा बुझाउँदै आफ्ना समस्याको सुनुवाई हुनुपर्ने माग पत्र राजदुत मधुबन पौडेललाई बुझाएका छन ।
लामो छलफल पस्चात दुताबासले सके र पुगेसम्म समयमानै काम गरेको तर जनशक्तीको अभावले व्यवसायीहरुले भनेजस्तै तोकेको समयमा काम गर्न कठिनाई भएको तर जनशक्ती थप भएपछी कार्य तिब्ररुपमा समयमै गरिदिने सहमती भयो । इन्सुरेन्सलाई ५२ के.डी बाट ५ दिनार घटाएर ४७ दिनार गर्ने सहमती समेत भयो । छलफलको क्रममा दूतावासले जनशक्तीको अभावनै काम ढिलाईको प्रमुख कारण बताएको थियो । घरमा काम गर्ने कामदारको सम्बन्धमा कुवेत सरकारले १०० दिनसम्म सम्बन्धित अफिसको जिम्मेवारी र त्यसपछी कुवेतिको जिम्मेबारी भनेकोले कामदारहरुलाई धेरै मर्का पर्ने हुनाले यो बारेमा पनि दूताबासले गरेको पहलको बारेमा समेत जानकारी मागिएको थियो । दुताबासले सबैका कुरा सुन्नुपर्ने र कुवेत सरकारका कतिपय नियम र कानुनलाई समेत सदैब ख्याल गर्दै काम गर्नु पर्ने भएकोले दुताबासले नेपालीहरुको हितको लागि पहल गर्ने जानकारी दिएको थियो ।
मेनपावर ब्यबसायीहरु सँगै बिभिन्न संस्थाका प्रतिनिधीहरुमा NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, प्रगतिसिल मन्चका अध्यक्ष कुमार झापाली, मजदुर सँघका अध्यक्ष टेन्टुप शेर्पा, पत्रकार एवं NRNA कुवेतका महासचिव सुजन के.सी, माउन्ट एभरेष्ट क्लबका सचिब एवं कुवेतनेपाल डट्कमका प्रतिनिधी ईन्द्र भुसाल, पत्रकार आर.बि बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । आगामी दिनहरुमा भएगरेका समस्याहरुलाई दूताबासमानै बसेर छलफल गर्दै समाधान गर्नुपर्ने तर छलफल अगाडिनै सानातिना कुराहरुलाई पत्रीकाबाजी नगर्न राजदुत पौडेलले व्यवसायीहरुलाई सुझाव दिनु भयो 
ईन्द्र भूषाल, कुवेत

Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..