राजनको टिम पहिलो

पोखरा , मंसिर १० -
राजन थापामगरको समूहले शनिबार सूर्य नेपाल वेस्टर्न ओपन गल्फ टुरअन्तर्गत 'प्रो-एम' तर्फको उपाधि जितेको छ ।

हिमालयन गल्फ कोर्समा सञ्चालित प्रतियोगितामा थापामगरको समूहले ९० स्टेबल फोर्ड अंक बनाएर उपाधि चुमेको हो । थापामगरको समूहमा एमेच्योर बुद्धि भण्डारी, एमेच्योर राजु थकाली र महिला एमेच्योर गल्फर जुना राई थिए ।

८८ अंक जोड्दै 'प्रो' सञ्जय लामाको समूह दोस्रो भयो ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..