नेपाल र भारतबीच दोहोरो कर नलाग्ने

विज्ञान अधिकारी, काठमाडौं, मङ्सिर ११- 
नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौता (डीटीए)मा हस्ताक्षर भएको छ। अर्थ मन्त्री वर्षमान पुन र भारतीय अर्थ मन्त्री प्रणव मुखर्जीबीच यो सम्झौतामा हस्ताक्षर भएको हो।
अर्थमन्त्री मुखर्जीले दोहोरो कर सम्झौता र द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बीपा) ले नेपालमा लगानी तथा आर्थिक क्षेत्रमा सहयोग पुर्‍याउने बताए।

सिंहरदवारस्थित अर्थ मन्त्रालयमा हस्तारपछि बोल्दै अर्थ मन्त्री पुनले शान्ति र संविधान नै अहिलेको मुख्य चुनौती भएको बताए। उनले बीपा र डीटीएले नेपालमा लगानी भित्र्याउन थप सहयोग पुर्‍याउने स्पष्ट पारे।

अर्थमन्त्री पुनले दोहोर कर सम्झौता भारतलगायत् अन्य १० मुलुकसित भइसकेको जानकारीसमेत दिए।

भारतीय अर्थमन्त्री मुखर्जीले भारतको पनि मुख्या चाहना शान्ति र संविधान नै भएको बताए। उनले सात बुँदेलाई स्वागत गर्दै शान्ति र संविधान टुङ्गोमा पुर्‍याएर नयाँ निर्वाचनमा जानुपर्ने ‍औल्याए
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..