प्रम भट्टराई र अध्यक्ष दाहाललाई लडाकुको एक हप्‍ते अल्टिमेटम

कमल थापा, रुकुम, मंसिर १४ - शिविरमा विभिन्न नौ वुँदे माग राखी आन्दोलनको घोषणा गरेका लडकुहरुलाई फकाउन बुधवार रोल्पा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतको टोलीलाई लडाकुहरुले थप एक हप्‍ताको अल्टिमेटम दिएका छ 

 रोल्पा दलहवन स्थित माओवादी पाँचौं डिभिजनका असन्तुष्ट लडकाहरुले प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष दाहाल लगायतको टोलीलाई आगामी मंसिर २१ गतेसम्मा भित्र आफूहरुका मागहरु पूरा गर्न अन्तिम अल्टिमेटम दिएको घाइते तथा अपांग योद्धा संघर्ष समितिका सदस्य राजेन्द्र रावतले जानकारी दिए। प्रधानमन्त्रीले घाइते तथा अपांग लडकाहरुको लागि विशेष प्याकेज ल्याउँने आश्वासन दिएका छन्। विशेष राहत प्याकेज ल्याउँने आश्वासन पाएपछि लडकाहरुले तत्कालको लागि अल्टिमेटम दिएर आन्दोलन रोकेका छन्।


दलहरुले गरेको ७ बुँदे सहमतिमा घाइते तथा आपांग लडकाहरुको भावना नसमेटिएको भन्दै रोल्पाका लडाकाहरु एकहप्तादेखि संघर्षरत छन्। प्रधानमन्त्री टोलीलाई आगामी मंसिर २१ गतेसम्म मागहरु पूरा नभएर शिविर भित्रैबाट आन्दोलन गरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री भट्टराईले लडकुहरुले उठाएका मागहरु पुरा गर्ने आश्वासन दिएका छन्। प्रधानमन्त्रीले जारी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउँनमा लडाकाहरुको महत्वपूर्ण भूमिका रहेका बताए। 



टोलीमा सहभागी माओवादी अध्यक्ष प्रचण्डले लडकाहरुले उठाएका मागहरु जायज भएकोले सवै दलहरुसँग मिलेर थप राहतको लागि पहल गरिने बताए। टोलीमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, सूचना तथा सञ्चार मन्त्री जयप्रकाश गुप्ता, माओवादी नेता कृष्णवहादुर महरा र लडाका कमाण्डर नन्दकिशोर पुन सहभागी थिए।



प्रधानमन्त्री टोलीलाई सेना समायोजन सम्वन्धित विषेश समिति अन्तर्गत सचिवालयका सदस्य शसस्त्र प्रहरीका डिआइजी सिंहबहादुर श्रेष्ठ र पाँचौं डिभजन सह कमान्डर राजवहादुर वुढा अविनाशले वर्गिकरणको बारे जानकारी गराएका थिए। रोल्पामा २४ सय ३८ लडाकामध्ये २२ सय २५ जना मात्र वर्गीकरणमा सहभागी भए। १२ जना लडाकाहरुको शिविर बसाईकै क्रममा मृत्यु भइसेको छ। आन्तरिक कार्वाहीमा परेर तथा आफूखुसी शिविर छोडेकोले वर्गीकरणमा सहभागी नभएको डिभिजन स्रोतले जानकारी दिएको छ। 
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..