देउवाबिनै कङ्ग्रेस बैठक

 राज्य पुनःसंरचना, माओवादी लडाकु, शासकीय स्वरुप आदिबारे पार्टीको स्पष्ट धारणा ल्याउन नेपाली कङ्ग्रेस संसदीय दलको बैठक सुरु भएको छ। नगरकोटको होटल हिल साइटमा सुरु भएको बैठकमा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेललगायतका नेता सहभागी छन्।
वरिष्ठ नेता शेरबहादुर देउवा भने उपस्थित छैनन्। यद्यपि उनी निकट नेता भने सहभागी छन्।
पछिल्लो समयमा पार्टीका नेताबीच मिडियामा फरक फरक धारणा आएपछि बैठक बसेको उपसभापति पौडेलले जानकारी दिए। उनले राज्य पुनःसंरचना, माओवादी लडाकु, शासकीय स्वरुपलगायतका विषयमा छलफल हुने बताए।
अर्का नेता प्रकाशमान सिंहले भने सहमीय सरकारबारे पनि छलफल हुने बताएका छन्।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..