विज्ञान अधिकारी, काठमाडौं, मङ्सिर ११-
नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौता (डीटीए)मा हस्ताक्षर भएको छ। अर्थ मन्त्री वर्षमान पुन र भारतीय अर्थ मन्त्री प्रणव मुखर्जीबीच यो सम्झौतामा हस्ताक्षर भएको हो।
अर्थमन्त्री मुखर्जीले दोहोरो कर सम्झौता र द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बीपा) ले नेपालमा लगानी तथा आर्थिक क्षेत्रमा सहयोग पुर्याउने बताए।
सिंहरदवारस्थित अर्थ मन्त्रालयमा हस्तारपछि बोल्दै अर्थ मन्त्री पुनले शान्ति र संविधान नै अहिलेको मुख्य चुनौती भएको बताए। उनले बीपा र डीटीएले नेपालमा लगानी भित्र्याउन थप सहयोग पुर्याउने स्पष्ट पारे।
अर्थमन्त्री पुनले दोहोर कर सम्झौता भारतलगायत् अन्य १० मुलुकसित भइसकेको जानकारीसमेत दिए।
भारतीय अर्थमन्त्री मुखर्जीले भारतको पनि मुख्या चाहना शान्ति र संविधान नै भएको बताए। उनले सात बुँदेलाई स्वागत गर्दै शान्ति र संविधान टुङ्गोमा पुर्याएर नयाँ निर्वाचनमा जानुपर्ने औल्याए
Latest News
- Feb/15 ठग म्यानपावरको नालिबेली
- Feb/05 वैदेशिक रोजगारीमा ठगी / सूचना दिनेलाई दुई लाख पुरस्कार
- Feb/05 कुवेत गएकी रोमा चार वर्षदेखि बेपत्ता
- Feb/01 कुवेत गएकी युवती पक्राउ
- Feb/01 नेपाली महिलालाई दिल्लीबाट भिसा नदिने
- Jan/15 गाम्काले शुल्क घटाउने
- Jan/10 म्यानपावरको धरौटी रकम बढाउने
- Dec/29 मलेसियामा रोजगारीका ११ क्षेत्र खुला
- Dec/29 दुई महिनापछि कोरिया जान पाउने
- Dec/29 वैदेशिक रोजगारीको पीडा / डेढ वर्षमा पनि शव आएन