काठमाडौं, (नेस), एसीई कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर प्रालिका संचालक शतिशमान न्याछ्यौं तथा सहयोगीले ५० जनाभन्दा बढी व्यक्तिहरुबाट १ करोड ६२ लाख ठगी गरेको पीडितहरुले गुनासो गरेका छन्।
पीडितहरुले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एसीई कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर प्रालिका साचालक ललितपुर मंगलबजार गाबहलका शतिशमान न्याछ्यौं र निजका सहयोगी ट्यांलाफाँटकी सम्झना श्रेष्ठले वैदेशिक रोजगारीमा जापान मरिसस दक्षिण अफ्रिका बेलायतलगायतका मुलुकमा रोजगारीमा पठाउने बहानामा ५० जनाभन्दा बढी व्यक्तिहरुबाट १ करोड ६२ लाख रुपियाँ ठगी गरेको बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै पीडित अरुणकुमार मेहताले रकम फिर्ता नगरी उल्टै रकम दिने मुख्य व्यक्ति शतिशमान न्याछ्यौंले मोबाइल अफ गरेर बस्न थालेकोमा दुःख व्यक्त गरे।
उनले वैदेशिक रोजगार विभाग र जावलाखेलस्थित प्रहरी कार्यालयमा समेत निज ठगलाई कारबाही गर्न जाहेरी दरखास्त दिइसक्दा पनि राज्यका सम्पूर्ण जिम्मेवारी लिएर बसेका दुवै निकायबाट न्याय दिलाउनेतर्फ सक्रियतापूर्वक कुनै कार्य नभएको भन्दै राज्य पक्षबाट पीडित बनेको गुनासो गरेका छन्।
पत्रकार सम्मेलनमा फरार मुख्य व्यक्ति न्याछ्यौंको बारेमा सूचना दिई निजलाई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई पीडितहरुको तर्फबाट २ लाख रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
Latest News
- Feb/15 ठग म्यानपावरको नालिबेली
- Feb/05 वैदेशिक रोजगारीमा ठगी / सूचना दिनेलाई दुई लाख पुरस्कार
- Feb/05 कुवेत गएकी रोमा चार वर्षदेखि बेपत्ता
- Feb/01 कुवेत गएकी युवती पक्राउ
- Feb/01 नेपाली महिलालाई दिल्लीबाट भिसा नदिने
- Jan/15 गाम्काले शुल्क घटाउने
- Jan/10 म्यानपावरको धरौटी रकम बढाउने
- Dec/29 मलेसियामा रोजगारीका ११ क्षेत्र खुला
- Dec/29 दुई महिनापछि कोरिया जान पाउने
- Dec/29 वैदेशिक रोजगारीको पीडा / डेढ वर्षमा पनि शव आएन