निषेधित क्षेत्र घोषणा

काठमाडौ, मंसिर ६ - 
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी जिल्लाका विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै बुधबारदेखि लागू हुने गरी निषेधित क्षेत्र ताकेको जनाएको छ । 

संविधानसभाको म्याद थप्ने मिति नजिकिँदै जाँदा विभिन्न दल र संघ-संस्थाले धर्ना र विरोधका कार्यक्रम घोषणा गरिरहेका बेला प्रशासनले यस्तो सूचना निकालेको हो । राष्ट्रपति कार्यालयको 'कम्पाउन्ड' वरपर ५० मिटर, उपराष्ट्रपतिको 'कम्पाउन्ड,' प्रधानमन्त्री निवास बालुवाटार निषेधित क्षेत्रमा परेका छन् । माइतीघर मण्डलादेखि पद्मोदय मोड, हनुमानस्थान, सिंहदरबार अगाडिको सडकदेखि भद्रकाली मन्दिर छेवैको सेनाको पेट्रोलपम्पसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । संविधानसभा भवन वरपर, बानेश्वर चोकबाट शंखमूल, बिजुलीबजारतर्फ जाने बाटो र हनुमानस्थान जाने सडकमा समेत सभा, प्रदर्शन र धर्नामा प्रशासनले रोक लगाएको छ ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..