क्यानले २०१३ लाई सुचना प्रविधि वर्षको रुपमा मनाउने

कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)ले सन् २०१३ लाई सुचना प्रविधि वर्षका रुपमा मनाउन प्रचार गर्ने भएको छ। क्यानको १८ ‍‌औँ वार्षिकोत्सवका अवसरमा आयोजित साधारण सभा कार्यक्रममा क्यानले सो जानकारी गराएको हो।कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष सुरेश कुमार कर्णले सुचना तथा सञ्चार प्रविधिलाई माध्यम बनाएर व्यापक विकासको वातावरण सृजना गर्न क्यान प्रतिबद्ध रहेको जनाउनुभयो।उहाँले ५४ जिल्लामा संघहरु स्थापना गरिसकेको बताउदै स्थानिय स्तरमा सदस्यहरुले यस कार्यमा सहयोग पुर्‍याउने बताउनुभयो।क्यानले यो वर्ष राष्ट्रिय आईसिटि ट्रेनिङ सेन्टर, आईसिटि एक्सलेन्स अवार्ड, आईसिटिमा महिला २०१३ लाई सुचना प्रविधि वर्ष मनाउने तयारी गरेको छ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..