संसार कै गन्हाएको सरकार नेपालमा

'अखण्ड मधेश मात्र स्वीकार्य'
अजित तिवारी, विराटनगर, मङ्सिर १५-  मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संसारकै गन्हाएको सरकार नेपालमा रहेकाले डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय सहमती नपाउने दाबी गरेका छन्। उनले वर्तमान सरकार प्रिपेड भ्रष्टाचारीहरुको रहेको दाबी गरे।
‘सरुवा-बढुवाको रेट नै तोकेका छन् सरकारले'-यादवले भने,‘गृहमा इन्सपेक्टरदेखि आइजीपीसम्म, सिचाईमा पियनदेखि डिईसम्मको सरुवा र बढुवाको रेट नै कायम गरिएको छ।'
उनले ‘यो सरकार नैतिकरुपमा पतन भइसकेको छ'-यादवले भने,‘राष्ट्रिय सहमतीको सरकार सानो अकारको बनाउनुपर्छ।'
उनले टुक्रा-टुक्रा पारिएको मधेश प्रदेश स्वीकार्य नहुने बताए। उनले सम्झौता अनुसार समग्र मधेश एक प्रदेश वाहेकको बिकल्प मधेशी जनताले स्वीकार नगर्ने दाबी गरे।
‘अखण्ड मधेश मात्र स्वीकार्य हुन्छ'-विराटनगर बिमानस्थलमा विहीवार संवाददाताहरुसित कुरा गर्दै नेता यादवले भने,‘मधेशलाई दुई वा तीनवटा प्रदेश बनाउनु विश्वासघात हुनेछ।' उनले मधेश स्वायत्त प्रदेशको सम्झौता भइसकेकाले मधेश प्रान्तलाई टुक्रा-टुक्रा पार्ने वा पहाड र हिमालसंग जोड्ने काम अस्वीकार्य हुने बताए।
मुख्य तीन दल(माओवादी, काँग्रेस र एमाले) अझै संघियता नचाहेको उनको आरोप छ। ‘तीन दल अझै संघियताप्रति इमान्दार छैन'-यादवले भने,‘उनीहरुका लागि संघीयता घाँडो भएको छ।' उनले संघीयता बिरोधी गतिबीधि गरे तीन दल समाप्त हुने बताए
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..