वैदेशिक रोजगारीका धेरै समस्याहरु


वैदेशिक रोजगारीका धेरै समस्याहरु मेनपावर कम्पनीसंग जोडिएका छन्

जिबा लामिछाने

८ जुन २०११ 
पिता खेमलाल तथा आमा हरिकला लामिछानेका चौथो सन्तानको रुपमा चिवनमा पदमपुर भन्ने गाउँमा सन् १९६७ मा जन्मनु भएका जीवा लामिछाने गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं रुसमा प्रतिष्ठत नेपाली व्यवसायी हुनुहुन्छ । पुल्चोक स्थित इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट सिभिल इन्जिनियरिङ्ग विषयको प्रविणता प्रमाण पत्र प्रथम श्रेणीमा प्रथम भई सन् १९८६ मा तत्कालिन सोभियत संघको छात्रवृत्तिमा मस्को पुगेका श्री लामिछाने त्यहाँको सिभिल इन्जिनियरिङ्ग विश्वविद्यालयबाट सन् १९९२ मा स्नातकोत्तरको डिगि्र प्राप्त गर्नु भएको छ । त्यस पछि निरन्तर मस्को मै बसोबासरत जीवा लामिछानेका दुई छोरा छन् ।
सोभियत संघका तत्कालिन राष्ट्रपति मिखाइल गोर्वाचोभले सन् १९८५मा ग्लासनोस्त र पेरेस्त्राइका सुरु गरेपछि रुस विस्तारै राज्य नियत्त्रीत अर्थतन्त्रबाट खुला बजार अर्थतन्त्रमा प्रवेश गर्यो । सोही अवसरको उपयोग गर्दै लामिछानेले रुसमा कन्ज्यूमर इलेक्ट्रोनीक्स सामानहरुको आयात तथा विक्री वितरण शुरु गरे । आज पनि उनी संलग्न कम्पनी रुसमा सोनी पानासोनीक जेभीसी क्यानोन निकोन आदि विश्व प्रसिद्ध ब्राण्डहरुको आधिकारीक विक्रेता रहेको छ ।
यात्रा साहित्य अध्ययन र सामाजिक सेवालाई आफ्नो रुचिको विषय बताउनु हुने लामिछानेले जन्मभूमि चितवनमा पुस्तकालय निमार्ण र विद्यालयहरुलाई आर्थिक सहयोग आदि थुप्रै सामाजिक कार्यहरु गर्नु भएको छ । नेपाली साहित्यका विभिन्न विधालाई अंग्रेजी र रुसी भाषामा अनुवाद गराई विदेशमा नेपाली साहित्यको प्रचारप्रसार गर्ने उद्धेश्यले उहाँले केही पुस्तकहरु प्रकाशित गर्नुका साथै नेपाली साहित्यका प्रर्वधनका लागि आफ्नै गाउँको नाममा ुपद्यश्री साहित्य सम्मानु को स्थापना पनि गर्नु भएको छ ।
गैरआवासीय नेपाली अभियानलाई आजको अवस्थासम्म ल्याउन ठूलो योगदान दिने जीवा लामिछानेसँग गैरआवासीय नेपाली संघका गतिविधि लगायत अन्य समसामयिक विषयमा नेपाल कुवेतडटकमका प्रतिनिधिले लामिछानेको खाडि भ्रमणको सिलसिलामा गरेको कुराकानीको केही अंशहरु …… 
• खाडी राष्ट्रमा भई रहेको यहाँको चुनावी यात्रामा कस्तो अनुभव सँगाल्नु भयो । कत्तीको उत्साहित छन त खाडीका नेपालीहरु ?
म कुवेत तथा साउदी अरबका राष्ट्रिय समन्वय परिषदको साधारण सभामा उपस्थितको लागि आग्रह भएकोले यहाँ आएको हुं । गैरआवासीय अभियान प्रति यहाँका सबै नेपालीहरुमा तिव्र रुची तथा सकारात्मक भावना रहेको मैले अनुभव गरेको छु । यस क्षेत्रमा वसोवास तथा कार्यरत धेरै साथीहरुसंग चिनजान र अन्तरकि्रया गर्ने अवसर मिल्यो । मैले यो भ्रमण सफल रहेको अनुभव गरेको छु ।
• खाडीमा नेपालीहरुको अवस्था अहिले कस्तो छ । युरोप र अमेरिकामा रहेका एनआरएन र खाडीका एनआरएनमा केही फरक देख्नु भयो ?
 
विदेशमा रहेका करिब तीस लाख गैरआवासीय नेपालीहरुमध्ये झण्डै आधा जति मध्यपूर्वमै छन् । ठूलो संख्यामा नेपाली दाजुभाई दिदी बहीनीहरु रहेका देशहरु साउदी अरब कुवेत यूएई कतार मलेसियामा खास गरी विदेशी रोजगारीमा संलग्न नेपालीहरु रहेका छन् र उनीहरुको समस्या युरोप वा अमेरिकामा बसोवास गरिरहेका नेपालीहरुको समस्याभन्दा फरक छन् । वैदेशिक रोजगारीका धेरै समस्याहरु मेनपावर कम्पनीसंग जोडिएका छन् । वैदेशिक रोजगारीमा काम गर्ने नेपालीहरु ठूलो संख्यामा रहेकोले देशको अर्थतन्त्रलाई स्थिर बनाइ राख्न यसै वर्गले पठाइरहेको रेमीटेन्सको मुख्य भूमिका रहेको छ ।
 
• १७ लाख नेपाली रहेका मिडलिस्टका श्रमजीबी नेपाली कामदारहरुको हितको लागि बिशेष योजना बनाउनु पर्छ जस्तो तपाईंलाई लाग्दैन ?
 
गैरआवासीय नेपाली संघ वैदेशीक रोजगारी काम गर्ने नेपालीहरुको मुद्दाहरु प्रति निकै सचेत छ । यसै वर्ष गतः १४-१६ जनवरीमा दुबाईमा सम्पन्न भएको पाँचौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको मूल नारा पनि यसै उद्देश्यअनुरुप सामूहिक लगानी तथा सुरक्षित आप्रवासनु भन्ने राखिएको थियो । विशेषतः खाडी मुलुकका श्रमजीवी नेपाली कामदारहरुको हितार्थ नै विदेशी रोजगारीसम्बन्धी विषयमा समस्या पहिल्याएर सुझावहरु तैयार पारिएका छन् । मध्यपूर्वमा २ वटा क्षेत्रीय सम्मेलनहरु सम्पन्न गरिएका थिए । हामीले वैदेशिक रोजगारीका समस्याहरु अनिवार्य जीवन विमा, श्रम सम्झौता, दुतावासमा श्रम सहचारी आदि राखिनु पर्ने आदि कुराहरुलाई शुरुका दिनहरु देखि नै शसक्तरुपले उठाउदै आयौं । हामीले उठाएका कतिपय मुद्दाहरु व्यवाहारिक रुपमा कार्यन्वयन पनि भएका छन् ।
. एनआरएन ठुल- ठुला र लगानी कर्ताहरुको लागि मात्रै भयो, खाडीमा श्रम–पसिना बगाउने श्रमिकका लागि भएन भनेर आलोचना भई रहेको छ ?गैरआवासीय नेपाली संघ विदेशमा बसोवास गरिरहेका उद्यमी बुद्धिजीवी विद्यार्थी वैदेशिक रोजगारीमा जाने व्यक्ति र गोर्खा सेनामा काम गरेका व्यक्ति लगायत सबैको साझा संस्था हो । सबैका आ-आफ्ना फरक-फरक समस्याहरु छन् । वैदेशिक रोजगारीमा मध्यपूर्व र मलेसिया लगायत राष्ट्रमा काम गर्ने गैरआवासीय नेपालीहरुका मुद्दाहरुलाई हामीले सधै प्राथमिकतामा राखेका छौं । मैले माथि भने झै सन् २००५ मा कतारमा र सन् २०११ मा दुबाईमा गरी दुईपल्ट क्षेत्रीय सम्मेलनहरु सम्पन्न गरिएका थिए । यसैबाट पनि यस क्षेत्रका समस्याहरुप्रति यस संस्थाको चासोको पुष्टि हुन्छ । त्यहाँ उत्पन्न समस्याप्रति नेपाल सरकार विदेशी रोजगारी एजेन्सीहरु र स्थानीय संस्थाहरुसंग उत्पन्न समस्या समाधानका लागि नियमित रुपमा छलफल चलाइराखेका छौं । वैदेशिक रोजगारीका समस्याहरुको निवारणका लागि नेपाल सरकारलाई हामीले निरन्तर घच-घच्याउने गरि रहेका छौं ।
• तपाईहरुको अभियान शुरु भएको आठ बर्ष भयो तर तपाईंहरुले खाडी मुलुकमा घरायसी कामदार महिलाहरुको बिकराल समस्यालाई कहिल्यै गहन रुपमा नलिएको भन्ने आरोप छ नि ?
यो निकै सम्वेदनशिल विषय हो । गैरआवासीय नेपाली संघले यस विषयमा नेपाली दूतावास तथा नेपाल सरकारसँग समय समयमा समस्या निवारणका लागि छलफल तथा प्रयासहरु जारी राखेको छ ।
 
• खाडी सम्मेलनपछि तुरुन्तै मस्को सम्मेलन गर्न लाग्नु भएको छ । तपाईं यस्को संयोजक पनि हुनु हुन्छ । के कस्ता एजेण्डा छन ?
गैरआवासीय नेपाली संघको छैठौं क्षेत्रीय सम्मेलन आगामी २३-२५ जुलाईमा रुसको राजधानी मास्कोमा हुदैछ । यो सम्मेलनमा गैरआवासीय नेपाली प्रतिनिधिहरुको ठूलो संख्यामा सहभागिता हुने हामीले आशा गरेका छौं । अहिले छैठौं क्षेत्रीय सम्मेलनको तैयारी कार्य तदारुखताका साथ भइरहेको छ । हामीले अहिलेसम्म प्राप्त गरेको सूचनाअनुसार विश्वका ४० राष्ट्रहरुबाट करीब ४०० जति प्रतिनिधिहरुको सहभागिता रहने अनुमान गरिएको छ । त्यसै गरी नेपालबाट नेपाल सरकारका प्रतिनिधि तथा उद्यमी व्यवसायी लगायत मिडियाका प्रतिनिधिहरुको पनि उपस्थिति रहने छ । छैठों गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको मूलनारा ‘गैरआवासीय नेपाली साजालको सम्बर्धन नेपालको प्रवर्द्धन’ भन्ने रहेको छ । यसै विषयवस्तुमा नै सम्मेलनका सबै कार्यक्रमहरु केन्द्रित रहने छन् । गैरआवासीय नेपाली साजालको व्यापकता र सृदृढीकरणका सम्भावनाहरुमाथि विचार गर्ने र नेपालको प्रबर्धनका लागि हाम्रा स्रोत एवं सम्भावनाहरुलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयवस्तुमाथि सम्मेलनमा छलफल वहस तथा निर्णयहरु गरिने छन् ।
 
• एनआरएनए खाडी राष्ट्रमा हुने क्षेत्रिय सम्मेलन र अन्य देशमा हुने क्षेत्रिय सम्मेलनहरुमा के भिन्नता पाउनु हुन्छ?

प्राय सबै सम्मेलनहरुका आफ्नै विशेषताहरु छन् । खाडी क्षेत्रमा भएका सम्मेलनहरु हामीले वैदेशिक रोजगारीका ईश्यूहरुमा केन्द्रित गरेका थियौ भने अमेरिकामा सम्पन्न सम्मेलनमा गैरआवासीय नेपालीहरुको शिप र क्षमतालाई कसरी नेपालको विकाससंग समाहित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । यसपटक हामी हाम्रो आफ्नै विश्वव्यापी संाजाललाई सम्वर्धन गर्दै नेपालको प्रवर्धन गर्ने विषयमा केन्द्रित रहने छौ ।
 • एनआरएनए को छैठौं क्षेत्रीय सम्मेलनमा रुसमा तपाईंहरुले ‘नेपाली घर’को पनि उद्‌घाटन गर्ने तयारी गरी राख्नु भएको छ रे त्यो कस्तो घर हो ?
गैरआवासीय नेपालीहरुको एक सामूहिक परियोजनाका रुपमा मास्कोबाट ९० किलोमिटर टाढा कालुगा जिल्लामा ुएत्नोमिरु भनिने ुवल्र्ड भिलेजु निर्माण भइरहेको छ । त्यसभित्र विश्वका ५२ राष्ट्रको संस्कृति झल्किने घरहरु निर्माण हुँदैछन् । रुसमा उद्योग-व्यवसायमा संलग्न नेपालीहरु र रुसी नागरिकको संयुक्त लगानीमा हामीले त्यहाँ काष्ठ तथा धातुका विभिन्न सामानहरु समेत नेपालबाटै ल्याएर एउटा ुनेपाली घरु निर्माण गरिरहेका छौं । त्यसको उद्घाटन यस छैठौं सम्मेलनको एक विशेषता हुनेछ भन्नुपर्दछ । यो नेपाली शैलीको दुई तल्ले घर १२ सय वर्गमिटर क्षेत्रफलमा बनिरहेको छ । यसमा ४७ वटा नेपाली शैलीका आँखीभुयाल र ढोकाहरुका अतिरिक्त आठै दिशामा अष्टमङ्गल-चिन्ह समेत रहने छन् भने मोहडातिर चोकको बीचमा चैत्यका साथै बौद्धमन्त्रअङ्कित घर्राहरु र ठूलो घण्ट पनि रहने छ । आँगनको एक ठाउँमा सगरमाथा-विजेताद्वय तेन्जिङ्ग नोर्गे शेर्पा तथा एडमुण्ड हेलारीको र नेपालमा पर्यटन-उद्योगको जग बसाल्ने रुसी नागरिक बोरिस लिसानेभिचको प्रतिमा पनि स्थापित गरिने छ । नेपाली घरमा पस्ने मूल प्रवेशद्वार पनि तोरणका साथै दुईतिर िसंहको मूर्ति रहेको नेपाली शैलीको नै हुनेछ । त्यस घरभित्र सभाकक्ष नेपाली कलात्मक सामानहरुको संग्रहालय नेपाली रेष्टुराँ नेपालको तराई पहाड र हिमाल झल्कने गरी बनेका २२ कोठाहरु भएको पाहुनाघर आदि रहने छन् । यो विदेशमा गैरआवासीय नेपालीहरुको लगानीमा सायद पहिलो संयुक्त परियोजना हो र यसले रुसमा मात्र नभई संसारका विभिन्न मुलुकहरुमा समेत नेपालको प्राकृतिक सौन्दर्य जनजीवन साहित्य कला संस्कृति र शिल्पको परिचय दिने नेपाली सांस्कृतिक केन्द्रको रुपमा काम गर्ने छ ।
 
• एनआरएनले सम्मेलन गर्छ, घोषणापत्र पनि जारी गर्छ, तर कार्यान्वयन त्यती भएको देखिदैन नि ?
सम्मेलनमा लिइएका निर्णयहरुको कार्यान्वयन नभएको भन्ने कुराको सन्दर्भमा वर्तमान टिमको विगत डेढ वर्षको कार्यकालमा भएका केही रचनात्मक कार्यहरुको उल्लेख गर्नु आवश्यक ठान्दछु । उदाहरणको रुपमा खुला विश्वविद्यालय (Open University) को अवधारणालाई लिन सकिन्छ । यसको कार्यान्वयनमा साथीहरुले सकि्रयतापूर्वक काम गरिरहनु भएको छ । यसै गरी पहिले गरिएका प्रतिबद्धताअन्तर्गतका परियोजनाहरुको कार्यान्वयन पनि जारी राखिएको छ । सामाजिक क्षेत्रमा पनि केही कामहरु भएका छन् । सामूहिक लगानीका प्रयासहरुको थालनी भएको छ । घोषणापत्रमा उल्लेख भएका कुराहरु कार्यान्वयन गराउने पक्षमा हामी निक्कै सचेत छौं ।
 
• सामुहिक लगानी, मेघा प्रोजेक्ट देखी खाडी मुलुकहरुका लागि तपाईहरुले कल्याणकारी कोष बनाउने कुरा जोडदार रुपमा उठाउनु भएको थियो, के अब त्यो त्यतिकै सेलाएको हो त ?
गैरआवासीय नेपाली संघ एक सामाजिक संस्था भएको हुँदा यसले सामाजिक परियोजनाबाहेक स्वयं कुनैं आर्थिक परियोजनाहरुमा लगानी गर्दैन । यसले विभिन्न सामूहिक लगानीका परियोजनाहरुको अवधारणा ल्याउँछ र लगानीकर्ताहरुका लागि एउटा पुलको रुपका काम गर्दछ । केही यस्ता परियोजनाहरु सुरु पनि भइसकेका छन् । गैरआवासीय नेपालीहरुको केही समूहले नेपालमा पर्यटन शिक्षा जलविद्युत स्वास्थ्य संचार वित्तिय आदि क्षेत्रमा लगानी गरि नै रहेको छ ।साथै खाडी मुलुकमा कल्याणकारी कोष खडा गर्ने काम पनि त्यत्तिकै सेलाएको छैन । तर के भन्नै पर्दछ भने यो कोष खडा गर्न निकै समस्याहरु रहेछन् । खाडी मुलुकमा त्यसरी पैंसा उठाउन कानुनी अडचनहरु रहेछन् । तैपनि राष्ट्रिय समन्वय परिषदअन्तर्गत केही फण्ड जम्मा गर्ने काम भइ नै रहेको छ । आउने दिनहरुमा यसको विस्तार हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
 
• तपाईंको भनाई छ बिहान टोकियोमा भएको मानिस साँझ न्युयोर्कमा डिनर खान पुग्छ तर खाडीमा कार्यरत अधिकाम्स नेपालीहरुका लागि यो त आकाशको फल भएन र ?
आजको संसारमा ‘राष्ट्रिय सीमा’ मेटिदै गई हरेक व्यक्तिले आपुूलाई विश्वनागरिक अनुभव गर्ने वेला ुनेपाली हुनु को अर्थ के हुन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । यस परिप्रेक्ष्यमा मलाई हाम्रा प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेले अब्स्ट्रुक्ट चिन्तन प्याजु मा व्यक्त गरेको विचारको स्मरण भएर आयो । उनले चार दशकअघि नै भूमण्डलीकरणलाई परिभाषित गर्दै लेखेका थिए कि ‘म त आजको मान्छे होइन म हजारवर्षपछि जन्मने मान्छे हुँ । मेरो जन्मकालमा राष्ट्रका परिधिहरु विश्वासका परिधिहरु राजनीतिका परिधिहरु केही पनि हुने छैनन्’ । हो आज वैज्ञानिक तथा प्राविधिक उन्नतिले गर्दा समय र स्थानको दूरी घटेको छ संसार एउटै गाउँजस्तो बन्दैछ नेपालीहरु पनि अमेरिका यूरोप अष्ट्रेलिया आदि संसारका विभिन्न देशहरुमा फैलिएर बसोवास गर्दै छन् । अवश्य पनि शङ्कर लामिछानेको चिन्तनअनुरुपको विश्व अस्तित्वमा आइसकेको छैन । कुनै दिन यस्तो पनि आउने छ जब खाडी मुलुकमा काम गर्ने लगायत प्रत्येक नेपालीका लागि आजको आकाशको फल वास्तविकतामा परिणत नहोला भन्न सिकंदैन । नयाँ नेपाल समृद्ध नेपाल होस भन्ने हाम्रो चाहना हो । हामी चाहन्छौ आज खाडी मूलुकमा वैदेशिक रोजगारीमा काम गर्ने हाम्रा दाजुभाई दिदि बहिनीहरु भोली पर्यटकको रुपमा ती देशहरु भ्रमण गर्न सकुन ।
 
• आठ बर्ष अबधीमा एनआरएनको सञ्जाल बिश्वभर बिस्तार भएको छ अबको महाधीबेशनले कार्यभार तपाईंको काधमा सुम्पेमा तिसौ लाख प्राबासी नेपालीहरुका लागि तपाईंको मुख्य एजेन्डा के हुने छ ?
गैरआवासीय नेपाली अभियानको सुरु देखि नै म यसमा लागेको छु । यसलाई कसरी अगाडी लैजाने भन्ने विषयमा मेरो आफ्नै योजनाहरु छन् । मैले आधिकारीक रुपमा उम्मेदवारी घोषणा गरे पछि यी कुराहरु तपाईहरु सामु अवस्य नै प्रस्तुत गर्ने छु । अहिले म साथीहरुसंग यीनै योजनाहरुमा छलफल तथा सल्लाह गरि रहेको छु ।
. तपाईं एक प्राबिधिक(इञ्जिनियर) मान्छे यसरी एन आर एन ए को अभियानमा लागेर संसार भर दौडधुप गरी राख्नु भएको छ आफ्नो समय कसरी मिलाउनु हुन्छ ? १५० डलर खल्तीमा बोकेर अध्यनका लागि निस्केको एउटा विद्यार्थी आज एन आरएनए जस्तो गरिमामय सस्थाको नेतृत्व सम्म पुग्नु भएको छ सफलताको साचो के होला ?
म एउटा व्यापारीक पृष्ठभूमीबाट आएको व्यक्ति होइन । म सामान्य किसान परिवारमा जन्मेर गाउँमा नै हुर्कि पढी रुसमा उच्च शिक्षा हासिल गर्ने अवसर पाएं । सोभियत संघमा त्यसवखत आएको राजनैतिक परिवर्तनले यही आफ्नो व्यवसाय अगाडी बढाउने अवसर मिल्यो । कुने पनि व्यक्ति सफल हुनका लागिे विशेष सांचो अथवा फर्मुला छ जस्तो मलाई लाग्दैन । मिहेनत लगनशिलता र ईमान्दारीता हुने हो भने जो सुकै व्यक्ति पनि आफ्नो क्षेत्रमा सफल बन्न सक्तछ भन्ने मलाई लाग्छ ।
प्रसंग बदलौ
. प्रवासबाट नेपालको अवस्थालाई कसरी गैर आवासीय नेपालीहरुले नियाली रहेका छन ? 
हाम्रो मातृभूमी निक्कै कठिन मोडमा पुगेको छ अहिले हामी विभिन्न कारणले विश्वका जुन कुनामा बसे पनि देशप्रतिको कर्तव्यबाट विमुख हुन सक्तैनौं । विदेशमा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरुले यस कुरालाई हृदयङ्गम र मनन गरि आ-आफ्नो क्षेत्रबाट कसरी योगदान गर्न सकिन्छ भनेर सोची रहेको मैले पाएको छु ।
. नयाँ बन्ने नेपालको संविधानमा एनआरएनहरुले कस्तो आशा राख्न सक्छन ?
यो संविधान सबै नेपालीहरुको चाहना बमोजिम साझा संविधान बनोस भन्ने हाम्रो चाहना छ । एक पटकको नेपाली सधैको नेपाली भन्ने हाम्रो मूल नारालाई हृदयङ्गम गरी गैर आवासीय नेपालीको ुनागरकता बचाऊ अभियानमा नेपाल सरकार र संविधान सभामा लबिङ्ग गर्ने काम भएको छ । नयाँ संविधानमा गैरआवासीय नेपालीको स्पष्ट परिभाषासहित नागरिकताको प्रावधान रहने हामीले आशा गरेका छौं ।
. अन्तमा हाम्रो मिडिया केहि भन्न चाहानु हुन्छ की ?
गैरआवासीय नेपाली संघ राजनैतिक दलबाट निरपेक्ष धर्म जाति वर्णको भावनाबाट फरक रहि सबै गैरआवासीय नेपालीहरुको साझा सामाजिक संस्था हो । गैरआवासीय अभियानको आरम्भ भएको यो ८ वर्षको अवधिमा संसारका ५६ राष्ट्रहरुमा गैरआवासीय नेपाली संघअन्तर्गत राष्ट्रिय समन्वय परिषद्हरुको स्थापना हुनु एउटा ठुलो उपलब्धि हो । अहिले गैरआवासीय नेपालीहरुको विश्वव्यापी संाजालको सिर्जना भइसकेको छ । यही संाजालको सदुपयोग गर्दै हाम्रो मात्तृभूमीका लागि हामी सबैले टाढैबाट आ-आफ्नो हैसित बमोजिम केही योगदान गर्न म सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दछु । तपाईको मिडियामार्पुत् आफ्ना केही विचार संसारभर फैलिएर रहेका नेपालीहरुबिच राख्ने अवसर दिनुभएकोमा कृतज्ञता ज्ञापन गर्दछु । धन्यवाद !

Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..