विदेश जानु अघि जान्नै पर्ने कुराहरु

१ वैदेशिक रोजगार विभागबाट स्वीकृति 
विभागको स्वीकृतिविना तपाईं विदेशमा काम गर्न सक्नु हुन्न । त्यसैले विभागको स्वीकृति लिन आवश्यक छ । 

२ विमा 
विदेश जानु भन्दा पहिले आफ्नो जीवन विमा गर्नुहोस । जसले तपाई यदि कुनै दुर्घटनामा पर्नु भयो भने सजिलो हुन्छ । 

३ आफू जाने देशबारे जानकारी 
आफू जान लागेको देशको धर्म सँस्कृति हावापानी तापक्रम कानुन अनि विषेशगरि भाषाको बारे राम्रो जानकारी लिएर मात्र जानुहोस 

४ यात्रा आफ्नै मुलुक बाट गर्ने 
यदि विदेश जादै हुनुहुन्छ भने आफ्नै मुलुकको विमानस्थल प्रयोग गर्नुहोस् । ट्रेन वा विदेशी मुलुकको विमानस्थल प्रयोग नगर्नुहोस् । नत्र तपाईं बेचिन पनि सक्नुहुन्छ । वा तपाईलाई गैर कानुनी रुपमा विदेश लगिँदैछ । 

५ स्वास्थ्य परीक्षण 
विदेश जानु भन्दा पहिले मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनै पर्छ । 

६ राम्रो मेनपावरको छनोट गर्नुहोस 
विदेश जाँदा तपाईँ एक व्यक्तिको सम्पर्क बाट भन्दा पनि मेनपावरको माध्यमबाट जानुहोस । एक व्यक्तिमा भर पर्दा तपाईं ठगिन सक्ने सम्भावना हुन्छ ।

राम्रो मेनपावर कसरी छनोट गर्ने ?
  • पहिले मेनपावरको बारेमा जानकारी लिनुहोस् । कुन देशमा कसरी कस्ता मान्छे पाठाउने कम्पनी हो त्यो बारेमा जानकारी हेर्नुहोस ।
  • त्यो कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएको छ कि छैन हेर्नुहोस ।
  • पैसाको मामिलामा सचेत हुनुहोस । तपाई कुन पेशाको लागि जाँदै हुनुहुन्छ र त्यो पेशाको लागि कति पैसा तिर्नु पर्छ त्यो बारेमा पुर्ण जानकारी राख्नुहोस नत्र तपाईलाई मेनपावर कम्पनीले ठग्न सक्छन् ।
  • मेनपावरले तपाईलाई कुन बाटो भएर विदेश पठाउँदै छन् त्यो बारे ध्यान दिनुहोस् । कतै तपाईंलाई गैरकानुनी माध्यमबाट त लगिँदै छैन? यसबारे ध्यान दिनुहोस् । 

७ यदि तपाईं थोरै पनि पढे लेखेको हुनुहुन्न भने र तपाईसँग कुनै कामको राम्रो जानकारी छैन भने विदेश नजानुहोस् अथवा अभिमुखीकरण अर्थात शीपमुलक तालिम लिएर मात्र जानुहोस् ।  तालिम के बारे लिने कसरी लिने कहाँ लिने भन्ने बारे तपाईले आफुले सम्पर्क गरेको मेनपावर कम्पनी बाट जानकारी लिनुहोस । 

८ विदेश जाँदा आफु सँग राख्नु पर्ने कागजातहरु

  • विमा गरेको प्रमाण
  • मेनपावर कम्पनी सँग सम्झौता गरेको प्रमाण
  • ड्डमेनपावर कम्पनीलाई पैसा तिरेको प्रमाण
  • काम गर्न पाउने सम्झौता पत्र
  • पासपोर्ट (पासपोर्टलाई गोप्य रुपमा पनि राख्नुस्)
  • वैदेशिक रोजगार विभागबाट अनुमतिपत्र
र यी सबै कागजातहरुको प्रतिलिपि आफ्नो परिवारलाई दिन नभुल्नुहोस् 

९ नम्बरहरु लिएर जानुहोस् 
श्रम तथा यातायात व्यवस्था मन्त्रालय, वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय लगायत अन्य संघ सस्था र आफ्नो परिवार आफन्तको नम्बर सुरक्षित राख्नुहोस् । जसले तपाईलाई विदेशमा केही अप्ठेरो परेको खण्डमा सहयोग माग्न सजिलो हुन्छ । 

१० जागिर छोडेर नहिड्नुहोस 
तपाईं नेपालबाट जुन जागिरको लागि भनेर जानु भएको छ त्यो जागिर छाडेर भागेर नहिँड्नुहोस् । तपाईंको भिसा कुनै एक कम्पनिको कामको लागि मात्र तय भएको हुन्छ । यदि तपाईंले जागिर छाडेर बस्नु भयो भने तपाईं गैर कानुनि सावित हुनुहुनेछ र तपाईंलाई कार्वाही पनि हुनसक्छ । 

११ विदेशमा हुँदा असुरक्षित यौन सम्पर्क नराख्नुहोस् 
यदि तपाईंले ध्यान नपुर्याई यौन सम्पर्क राख्नु भएमा तपाईलाई एचआइभि सर्न सक्छ । 

१२ विदेश बाट पैसा पठाउदा ध्यान दिनुहोस् 
तपाईंको साथी वा अलि अलि चिनेको मान्छेले तपाईंले पठाएको पैसा घरसम्म नल्याइ दिन सक्छन । त्यसैले पैसा पठाउदा भर पर्दो माध्यम प्रयोग गर्नुहोस् ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..