संसारको पुरानो धर्म बारेमा केही कुराहरु

संसारको पुरानो धर्म हिन्दु धर्म हो भन्ने कुरा सर्वमान्य छ । त्यस पछि जन्मेका धर्महरु मध्ये नेपालका बुद्धसँग सम्बन्धित बुद्ध धर्म र त्यस यति जन्मिएका धर्महरुले हिन्दु धर्मबाट धेरै कुराहरु जस्ताको तस्तै ग्रहण गरेको पाइन्छ तल केही त्यस्ता कुराहरुको टिपोट गरिएको छ
हिन्दु तथा बौद्ध धर्मको अध्ययन पश्चात येशुले आफ्ना भनाई (जो पछि बाइबल बन्यो) मा हिन्दु तथा बौध धर्ममा उल्लेखित कुराहरु गरेका थिए । त्यो बाइबलमा जस्ताको तस्तै छ ः
१.  येशु तपस्या गर्न गएका बेला शैतानले उहाँलाई प्रलोभन देखाएर तपस्या छोड भन्यो, बुद्धधर्ममा बुद्धको तपस्या कालमा मार भन्ने शैतानले नाना किसिमका सुन्दरीहरुको प्रलोभन देखार तपस्याबाट बन्चित गर्न खोज्यो, हिन्दु धर्ममा विश्वामित आदी धेरै ऋषिहरुको तपस्याकालमा शैतान तथा इन्द्र स्वयंले अप्सराहरु प्ठाएर तपस्या भंग गर्न खोजीको कुरा उल्लेख तर त्यसबाट विचलिन नभई तपस्या गरेको ।
२.  बुद्धले जानकका कथामा पानीमाथि हिडेर डुम्ब लागेका भक्तलाई हात समाएर बचाए, यिशुले पनि पानी माथि हिँडे र एकजना डुब्न लागेका भक्तलाई बताए, यो कुरात हिन्दु धर्ममा साधारण मान्छे बालागुरु षढानन्दले पनि कोशीमा रुमाल राखेर तर्ने गरेको उदाहरण छ ।
३.  हिन्दु धर्ममा कृष्ण जन्मने बेलामा देवकीलाई दिव्य ज्योतिले घेरेको कुरा पूराणमा छ भने येशु जन्मने बेलामा मेरीलाई पनि अपुर्व ज्योतिले घेरेको थियो ।
४.  कृष्णले आफुले १ गेढो चामल खाएर हजारौ भक्तहरुलाई भोजन गराएका थिए, बौद्ध धर्ममा बुद्धले आफ्नो भिक्षा पात्रमा हालेका रोटीबाट थुप्रै मानिसलाई भोजन गराएका थिए बौद्ध पुराणमा, भने येशुले पनि त्यसै गरे पाँच वटा रोटीले पाँच हजार मानिसलाई ख्वाएका थिए ।
५.  कृष्ण मथुरामा जन्मिएतापनि कंशका डरले बसुदेवले उनलाई तुरुन्तै गोकुलमा ल्याएर गोठालाहरुसँग राखे त्यस्तै येशुलाई पनि वेथलेहेममा जन्मे तापनि राजा हेरदका डरले इजिप्टमा ल्याएर गधा, घोडा र बाख्राको गोठमा लुकाएर राखे ।
६.  देवकीको सन्तानले कंशलाई मार्छ भन्ने कुरा सपनामा कसैले भनेकाले देवकीका सबैलाई मारे, भने येशु जन्मिएपछि राजा हुन्छ भन्ने देववाणी भएकाले हेरदले सबै नवजात शिशुलाई मार्न लगाए ।
७.  कृष्णको राधासँग प्रेम प्रसंग भएको कुरा  उल्लेख छ त्यसैगरी येशुको पनि एउटी सुन्दरीसँग प्रेमको प्रसंग बाइबलमा छ ।
८.  बुद्धको चेला नातामा भाइ पर्ने देवदत्तले बुद्धको ज्यान लियो, कृष्णको सबै दाजृहरुलाई कंशले मार्यो भने येशुलाई आफ्नै चेला जुदासले शत्रुकहाँ सुम्पियो ।
९.  बुद्ध धर्ममा बुद्धलाई धर्मको विउ छर्ने किसानका रुपमा तुलना गरिएको छ भने येशुले पनि आफुलाई विउ छर्ने किसानमात्र भएको भनेको छ।  
१०.  जसरी हिन्दु धर्ममा सोहं अर्थात ईश्वरसित एकत्वको भाव भन्छौ येशुले म र मेरा पिता एकै हुन भन्छ । 
११.  हिन्दुले बेदान्त ब्रम्हलोकको कुरा घरि घरि गर्छ भने येशुले इश्वरको राज्य भनी घरि घरि उल्लेख गर्छ
१२.  हिन्दुधर्मले इश्वर सबैथोकमा छ भन्छ तर त्यसको लागि योग, साधना र सिद्धि चाहिन्छ भन्ने येशुले इश्वर तिमी भित्रै छ खोज पाउँछौ भन्छ ।
१३.  कृष्णले भन्छनः आत्मनो मोक्षार्थ जगत् हिताय च, ब्रम्हविद् आत्मवत् सर्वभुतेष, आत्मनं प्रतिकुलानि परेषां न समाचरेत् अर्थात जो मेरो खोजीमा अरु सबै छोडेर एकचित्त भएर लागेको छ, तसलाई चाहिएको आवश्यक तत्व म आफै जुटाउँछ, येशुले पनि ठ्याक्कै यही कुरा दोहो¥याउँदै भनेका छन् सम्पूर्ण दिल लगाएर माया गर सबैकुरा म पु¥याउँछु अथवा आफै पुग्नेछ 
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..