प्रधानमन्त्री जियाबाओको नेपाल भ्रमण र

'प्रधानमन्त्री जियाबाओको नेपाल भ्रमण रद्द भएको होइन, स्थगित मात्र भएको हो,' बेइजिङस्थित एक उच्च चिनियाँ स्रोतले भन्यो, 'डिसेम्बरमा भ्रमण हुने सम्भावना कम छ, सम्भवतः जनवरी पहिलो साता हुन्छ।'
स्रोतका अनुसार प्रधानमन्त्री जियाबाओ दक्षिणपूर्वी एसियाली राष्ट्र बर्माको भ्रमण सकेर पुस ५ गते नेपाल आउने कार्यक्रम थियो। नेपालसँगै बर्मा भ्रमणको कार्यक्रम पनि स्थगित भएको बताइएको छ। बेइजिङस्थित कार्यबाहक नेपाली राजदूत नारायणदेव पन्तका अनुसार नेपाल भ्रमणको नयाँ मितिबारे दूताबासमा कुनै जानकारी आएको छैन।
बेइजिङको परराष्ट्र मन्त्रालयले सोमबार साँझ नै भ्रमण स्थगित भएको जानकारी नेपाली पक्षलाई दिन काठमाडौँस्थित आफ्नो दुताबासलाई निर्देशन दिएको थियो। 'प्रधानमन्त्रीको भ्रमण मिति तत्काल औपचारिक रूपमा घोषणा गर्ने अवस्था रहेन, तयारी जारी राख्नुपर्छ,' चिनियाँ पक्षको भनाइ उद्धृत गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकसँग टेलिफोनमा भने, 'चिनियाँ' प्रधानमन्त्रीको व्यस्तताको कारण भ्रमण स्थगित भएको हो, अन्य कुनै कारण होइन।'
बेइजिङमा सामान्यतः उच्च चिनियाँ नेताहरूको भ्रमण केही दिनअघि मात्र सार्वजनिक गर्ने कुटनीतिक परम्परा छ। प्रधानमन्त्री बाबुराम भट्टराईले करिब एक महिनाअघि नै जियाबाओको नेपाल भ्रमणको मिति एकतर्फी रूपमा सार्वजनिक गरेकोमा चिनियाँ पक्षले असन्तुष्टि जनाएको थियो। स्रोतका अनुसार नेपाली पक्षले घोषणा गरेको कार्यक्रम चिनियाँ पक्षले एकतर्फी रूपमा स्थगित गर्नुको कारण सुरक्षा अवस्थाप्रति उनीहरू आश्वस्त हुन नसक्नु हो।

आर्थिक सहयोग र लगानी विस्तारको प्याकेजसहित नेपाल आउन लागेका प्रधानमन्त्री जियाबाओले उत्तरी सीमाबाट नेपाल छिर्ने तिब्बती र नेपालमा तिब्बती शरणार्थीको गतिविधि नियन्त्रणका लागि नेपाल सरकारलाई आग्रह गर्ने तयारी थियो। तर, जियाबाओको भ्रमणकै क्रममा तिब्बती शरणार्थीहरूले काठमाडौँमा प्रदर्शनको तयारी गरेका थिए। त्यस्तो प्रदर्शन नियन्त्रण हुनेमा आश्वस्त हुने अवस्था नदेखिएपछि काठमाडौँमा रहेका चिनियाँ सुरक्षा अधिकारीहरूको रिपोर्टको आधारमा बेइजिङले यस्तो निर्णय लिएको बताइएको छ। 
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले दुई महिनादेखि चिनियाँ राजदूत होउलानलाई भेट्न समय नदिएकाले चिनियाँ पक्ष सुरक्षाप्रति आश्वस्त हुन सकेको थिएन। अघिल्लो सातामात्र राजदूतलाई भेट दिएका मन्त्री गच्छदारले सुरक्षा निकायका लागि पनि चिनियाँ पक्षसँग आर्थिक सहयोगको माग गरेको स्रोतको दावी छ।

एक दशकपछि चिनियाँ प्रधानमन्त्रीलाई स्वागत गर्न काठमाडौँमा एक महिनादेखि तयारी गरिएको छ। भ्रमणको तयारीकै क्रममा मन्त्री श्रेष्ठले तीन साता पहिले चीन भ्रमण गरेका थिए।

Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..