प्रधान मन्त्री एक्कासी बिरामी

४७ औं पटक गृह जिल्ला भ्रमणमा गोरखाको घ्यालचोक जाँदै गरेका प्रधान मन्त्री बाबुराम भट्टराई अस्वस्थ भएका छन्। मुस्ताङ म्याक्स चढेर धादिङको चरौदी पुग्दा बारम्बार बान्ता गर्न थालेपछि उनको भ्रमण स्थगित गरिएको छ। उनलाई तत्काल काठमाडौं ल्याउन सिम्रिक एयरको हेलिकप्टर मगाइएको  छ 

उनले तीन पटक बान्ता गरेपछि चरौदीको एक निजी होटलमा आराम गरेका थिए।

एक साताअघि मात्रै आरुघाटस्थित भिमोदय उच्च माविको कार्यक्रममा सहभागी हुने उनको कार्यक्रम अस्वस्थताकै कारण रोकिएको थियो।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..