बहिर्गमित माओवादी सेनाद्वारा आन्दोलन घोषणा

काठमाडौं, काठमाडौं, पुस ३- बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारसमक्ष राखेको चार बुँदे माग सम्वोधन नभएको भन्दै आन्दोलन घोषणा गरेको छ। उनीहरुको आन्दोलन कार्यक्रमअनुसार अञ्चल सदरमुकाममा प्रदर्शन गर्नेदेखि देशव्यापी मसाल जुलुस हुँदै नेपाल बन्द गर्नेसम्म छ। राजधानीको जनसञ्चार अभियानमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला फिर्ता लिनुपर्ने र सम्मानजनक व्यवहार गर्नुपर्नेलगायत् मागपत्र सरकारसमक्ष पेश गरेका छन्।
बहिर्गमित जनमुक्ति सेना नेपाल सङ्घर्ष समितिका अध्यक्ष सागर लिम्बूले आफूहरुको मागलाई सरकारले सम्वोधन नगरे जनमुक्ति सेनाको शिविरमा राखिएको हतियार कन्टेनर नियन्त्रणमा लिन पनि पछि नपर्ने चेतावनी दिए।


बहिर्गमित जनमुक्ति सेना नेपालले सेना समायोजनका नाममा सरकारले योग्य भनिएको जनसेनालाई समेत अपमान गरेपछि आफूहरुलाई झनै विघटनको स्थितिमा पुर्‍याउने षडयन्त्र गरेकाले आन्दोलनमा उत्रनुपरेको बताएको छ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..