नेपाल ओमानसँग पराजित

काठमाडौं, मंसिर २४ (नागरिक)- एसीसी ट्वान्टी-२० कपमा नेपाल ओमानसँग पनि पराजित भएको छ। तेस्रो स्थानको लागि कीर्तिपुरमा भएको खेलमा ओमानसँग २ रनले पराजित भएको हो। हुस्सुका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित १५ ओभरको खेलमा ८ विकेट गुमाइ १०१ र बनाएको थियो। प्रतिउत्तरमा १०२ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९९ रनमात्र जोड्यो।
नेपालका लागि महेबुब आलमले सर्वाधिक ४ विकेट लिए। हिजो अफगानिस्तानसँग भएको सेमिफाइनल खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..