इजरायलको लागत परिवर्तन नहुने

काठमाडौं, श्रम तथा यातायात मन्त्री सरिता गिरीले इजरायलमा लाग्ने लागतमा सरकारकले तोकेको रकम परिवर्तन नहुने बताउनुभएको छ। 

फरेन इम्प्लोइमेन्ट एसोसिएसन नेपालको आयोजनामा शुक्रबार राजधानीमा भएको सुरक्षित आप्रवासन र वैदेशिक रोजगारः सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले टिकट खर्चबाहेक व्यवसयीले लिने ७५ हजार रकम कुनै पनि हालतमा परिवर्तन नगर्ने बताउनुभयो। ँयो रकमभन्दा बढी बनाउन सकिँदैन, थप रकम तिरेर युवाहरू विदेश जान सक्दैनन्’ उहाँले भन्नुभयो। र्
वर्तमान अवस्थामा वैदेशिक रोजगार ऐन परिवर्तन गर्न आवश्यक रहेको भन्दै उहाँले कतिपय कुराहरू ऐनका कारण पनि समस्यामा परेको बताउनुभयो। वैदेशिक रोजगारलाई सहज बनाउन वैदेशिक रोजगार विभागको संरचना परिवर्तन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। ँतिनकुनेको विभागबाट रोजगारमा जानेहरूलाई सेवा दिन सकिएकेा छैन्’ उहाँले भन्नुभयो। 

वैदेशिक रोजगार कार्यदलका संयोजक डा. गणेश गुरुङले वैदेशिक रोजगारका लागि सरकारले बजेटमा प्राथमिकता नपारेकाले धेरै समस्या पर्ने गरेको बताउनुभयो। ँसंरचनागत सुधारमा अनलाइनबाट कामकारबाही चलाउनुको विकल्प छैन’ उहाँले भन्नुभयो। फरेन इम्प्लोइमेन्ट एसोसिएसनका सचिव प्रकाश कार्कीले यहाँबाट गएका केही कामदार र रोजगारदाता कम्पनीका कारण इजरायल पठाउन बढी लागत लाग्ने गरेको बताउनुभयो।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..