कोइरालाले सर्वोच्च अदालतबारे टिप्पणी गरेनन

उपेन्द्र लामिछाने, वीरगञ्ज,  पुस १४-  संविधान सभाको म्याद थपबारे फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको बारे कुनै पनि टिप्पणी गर्न नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले अस्वीकार गरेका छन्। 'कङ्ग्रेस विधिको शासन मान्ने पार्टी हो, त्यसैले म यस विषयमा कुनै टिकाटिप्पणी गर्न चाहन्नँ', उनले भने।  वर्कर्स युनियनको दोस्रो केन्द्रीय परिषद्को उद्‍घाटन गर्न वीरगञ्ज आउने क्रममा सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति कोइरालाले माओवादीले बाधा फुकाउँदै गए तोकिएको समयभित्रै संविधान बन्ने स्पष्ट पारे। 

शान्ति प्रक्रिया टुङ्गो लागे लगत्तै नेपाली कङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने उनले दोहोर्‍याए। कसको नेतृत्वमा सरकार बन्छ भनी सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा कोइरालाले भने, 'कसको नेतृत्वमा भन्ने विषय गौण हो, नेपाली कङ्ग्रेसको नेतृत्वमा सरकार बन्छ। कङ्ग्रेसमा संसदीय दलका नेता तथा उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रधानमन्त्री बन्न प्रतिस्पर्धा छ। पछिल्लो समयमा केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि आफूले प्रधानमन्त्रीको दावी गर्ने बताउँदै आएकी छिन्। 
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..