विमानस्थल परिसरमा आत्महत्या

मनोज अधिकारी, पोखरा, पुस १- पोखरा विमानस्थल परिसरमा एक सुरक्षाकर्मीले आफ्नै पेस्तोलले टाउकोमा गोली हानी आत्महत्या गरेका छन्। विमानस्थलकै सुरक्षामा खटिएका कास्की लामाचौर निवासी सई बलराम अधिकारीले आज बिहान करिब सवा नौ बजे दाहिने कञ्चटमा गोली हानेका थिए। घटनाको अनुसन्धान गर्न प्रहरी विमानस्थल पुगेको छ। उनले किन आत्महत्या गरेका हुन् भन्ने बारे थाहा हुन सकेको छैन। 
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..