ठग म्यानपावरको नालिबेली

तुलसीराम सुवेदी, (काठमाडौं), चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा पठाउने नाममा म्यानपावर कम्पनीले १ सय ९२ जनाको ६० करोड रुपियाँभन्दा बढी ठगी भएको छ।

ठूलोमात्रामा ठगी गर्ने म्यानपावरमध्ये बेल इन्टरनेसनल र अपरचुनिटी म्यानपावर हुन्। बेल इन्टरनेसनल प्रालीले पोल्यान्ड पठाउने भन्दै १३ करोड रुपियाँ रकम र अपरचुनिटी म्यानपावरले मकाउ पठाउने भन्दै ३ करोड रुपियाँभन्दा बढी रकम ठगी गरेका थिए। वैदेशिक रोजगार विभागका अनुसार अन्य दर्जनौं म्यानपावरले पनि कामदारको लाखौं रकम ठगी गरेका छन्।
विभागका अनुसार अरेबियन इम्पोइमेन्टलगायतका म्यानपावरले पनि कामदारको करोडौं रुपियाँ रकम ठगी गरेको उजुरी परेको छ। निवेदन दिएका करिब ८ सय पीडितमध्ये अरेबियन इम्पोइमेन्ट प्रालीले १ करोड ३७ लाख ९० हजार रकम ठगी गरेको विभागको तथ्यांकमा उल्लेख छ।

विभागका अनुसार ओस्कर इन्टरनेसनल प्रालीले ६६ लाख १७ हजार ६ सय रुपियाँ आरपी इन्टरनेसनल प्रालीले ४६ लाख ६६ हजार सान इन्टरनेसनले २९ लाख १६ हजार इन्टरनेसनल लिंक प्रालीले २८ लाख रकम ठगी गरेको विभागका कानुन अधिकृत पुरुषोतम खतिवडाले बताउनुभयो। उहाँका अनुसार डिएन इन्टरनेसनल प्रालीले २१ लाख एपेक्स ओभरसिज प्रालीले १९ लाख ९० हजार नेपाल गल्फ म्यानपावरले १७ लाख भेरी एन्ड कर्णाणी इन्टरनेसनलले १५ लाख रकम ठगी गरेका छन्।

त्यस्तै जबा लिंकले ११ लाख सुनकोशी ह्युमन रिसोस्र प्रालीले १० लाख ५० हजार राप्ती म्यानपावरले ८ लाख २० हजार लाइफ ओभरसिज प्राली र कर्णाली म्यानपावरले ८ लाख रुपियाँ ठगी गरेको विभागले जानकारी दिएको छ।

त्यसै गरी समेन्ट प्रालीले ६ लाख ७५ हजार कनेक्सन इन्टरनेसन प्रालीले ६ लाख एनपी इन्टरनेसनलले ५ लाख ९० हजार ससियालिङ ओभरसिज प्रालीले ५ लाख ८० हजार प्रेसियस इन्टरनेसनले ५ लाख २८ हजार थिवि नेसनल प्राली रेशुगां इन्टरनेसनल प्राली र नथेपोल ओभरसिज प्रालीले पाँचपाँच लाख रकम ठगी गरेको कानुन अधिकृत खतिवडाले बताउनुभयो। मुगल इन्टरनेसनल सर्भिसले ४ लाख ५२ हजार एसिया लिंक सर्भिसले ४ लाख ४३ हजार लाइफ इन्टरनेसनल प्रालि र सुनेरा इन्टरनेसनलले चारचार लाख मान इन्टरनेसनलले ३ लाख ठगी गरेको विभागको तथ्यांकमा उल्लेख छ।
Tags: ,

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..