छानिए योङ स्टार


स्कुले विद्यार्थीमाझ आयोजित डान्स रियालिटी सोको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ । 

६ देखि १० वर्षसम्मको पहिलो उमेर समूहमा लर्ड बुद्ध स्कुलका समीर घलानले उपाधि जिते । समूहमा ब्रेनल्यान्ड स्कुलकी क्रिस्टिना राई र युरो स्कुलकी तनिसा सरावगी फस्ट रनरअप र सेकेन्ड रनरअप भए । राष्ट्रिय नाचघरमा आयोजित फाइनल राउन्डमा ११ देखि १४ वर्षको दोस्रो समूहअन्तर्गत भने सांगि्रला पब्लिक बोर्डिङ स्कुलकी धर्मिला तामाङले उत्कृष्ट नृत्य पस्किन् । सोही स्कुलकी सुस्मिता राना फस्ट रनरअप भइन् भने द सेलेब्रेसन को-एडका युवराज रिसाल सेकेन्ड रनरअप ।

तेस्रो उमेर समूह १५ देखि माथि तोकिएको थियो, जसमा अरुणज्योति स्कुलकी सविता तामाङ उत्कृष्ट ठहरिइन् । सोही स्कुलकी रोजी गिरी फस्ट रनरअप भइन्, सेकेन्ड रनरअपको टाइटलचाहिँ मैतीदेवी बोर्डिङ स्कुलकी ऐश्वर्या पाण्डेले हात पारिन् । 

विजेता तथा उपविजेतालाई अभिनेता भुवन केसी, 'लुट' फिल्मका निर्देशक निश्चल बस्नेत, कलाकार दयाहाङ राई र सृजना सुब्बाले ट्रफी तथा पुरस्कार वितरण गरे । हरेक समूहका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १२ हजार, ६ हजार र ४ हजार रुपैयाँ दिइएको थियो । नृत्य निर्देशक दशमी सुनुवार र एनटिभीकी प्रमुख निर्माता शान्ता जोशीको मूल्यांकन र दर्शक भोटका आधारमा निर्णय गरिएको थियो । सनसाइन मिडिया हाउसको आयोजनामा भएको कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइने कार्यक्रम निर्माता प्रमिला तामाङले बताइन् । 
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..