आहा गोल्डकप : सहाराले धरानलाई हरायो

पोखरा, माघ १७ - 
फुटबलमा जित हात पार्न राम्रो खेलेर मात्र हुँदैन । भाग्य पनि चाहिन्छ । कहिलेकाहीं राम्रो खेल्नेले पनि हारको सामना गर्नुपर्छ । धरानको हकमा मंगलबार ठीक त्यस्तै भयो । आहा गोल्डकपमा सधैं अभागी हुँदै आएको धरान फुटबल क्लबका लागि यसपल्टको उद्घाटन खेल पृथक रहेन ।

दसौं संस्करणको उद्घाटनमा घरेलु टिम सहाराविरुद्व राम्रो खेलेर पनि दुभाग्र्यपूर्ण पराजय बेहोर्दै धरान अघिल्ला संस्करणमा जस्तै पहिलो खेलबाट बिदा लिन बाध्य भयो । गत वर्षजस्तै विदेशी खेलाडी धरानको यात्रामा तगारो बन्यो । त्यसबेला अपि|mकी खेलाडी इजीको निणर्ायक गोलमा धरानको पोखरा 

यात्रा टुंगिएको थियो । यसपल्ट नाइजेरियाली खेलाडी इदरिस अबुक बाधक बने ।

सहारामार्फत पहिलोपटक नेपाली मैदानमा उत्रिएका इदरिसले ५४ औं मिनेटमा गरेको गोलले धरानको चुनौती समाप्त पार्‍यो । पेनाल्टी क्षेत्र बाहिरबाट विपक्षी दुई डिफेन्डरलाई बिट गर्दै एकल प्रयासमा उनले सशक्त रूपमा प्रहार गरेको बल आकर्षक गोलमा परिणत भएको थियो । उनको प्रहारमा एनआरटीसँग आबद्ध धरानका गोलरक्षक विनय श्रेष्ठ अघि बढे पनि बल रोक्न सकेनन् ।

धरानले आहा गोल्डकपमा बेहोरेको यो नवौं हार हो । धरान आठौं संस्करणमा सहभागी थिएन । बाँकी नौपल्टै धरानको यात्रा पहिलो खेलमै टुंगियो । टिम बलियो बनाउँदै हार यात्रा टुंग्याउने प्रयासमा धरानले निकै मेहेनत गरेको थियो । राजधानीका 'ए' डिभिजनका क्लब प|mेन्ड्सका चार, एनआरटी र एपिएफका दुईदुई खेलाडी समावेश गरेको धरानको प्रदर्शन समग्रमा राम्रो थियो ।

गोल गर्ने अवसर खेर जँादा हारको शृंंखला तोड्न नसकेको धरानका टिम म्यानेजर गोपाल कार्कीले बताए । 'सहाराभन्दा हाम्रो प्रदर्शन धेरै राम्रो थियो,' कार्कीले टिमको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे । उनले थपे, 'सबै मौका उपयोग गर्न सकेको भए कम्तीमा तीन गोलले जित्थ्यौं ।'

धरानले सुरुदेखि नै सहारालाई दबाबमा राख्यो । धरानका प्रकाश बुढाथोकीले २२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट हानेको पि|mकिकमा पोस्ट नजिकैबाट बल बाहिरियो । म्यान अफ दि म्याच घोषित निरकुमार राईले ६३ औं मिनेटमा नजिकैबाट हानेको बल गोलकिपर सुमन लिगलले पन्च गर्दै सहाराको संकट टारे ।

निरकुमारले ८६ औं मिनेटमा पेनाल्टी क्षेत्रबाट सशक्त रूपमा प्रहार गरेको बल क्रसबारमा ठोक्किएर बाहिरिनु धरानको दुर्भाग्य रह्यो । 'निरन्तर आक्रमण गर्‍यौं । तर भाग्यमानी हुन सकेनौं,' धरानका प्रशिक्षक/कप्तान सागर घिमिरेले भने । उनी क्याराभान गोल्डकप-२०५८ देखि नै धरानका लागि पोखरामा निरन्तर खेल्दै आएका छन् । तर धरानसँगै उनी प्रत्येकपल्ट चुक्दै आएका छन् ।

गत मंसिरमा गाईघाटमा भएको उदयपुर गोल्डकपमा धरानले सहारालाई ५-१ ले हराएको थियो । त्यो जितलाई धरानले पोखरामा दोहोर्‍याउन सकेन । 'इतिहास उल्टाउने लक्ष्यसाथ धेरै मेहेनत गरेका थियौ,ं' घिमिरेले भने, 'राम्रो खेल्यौं । तर हार्‍यौं । पोखरा हामीलाई फेरि फापेन ।' खेलाडीका रूपमा पोखरामा आफ्नो अन्तिम खेल भएको उनले बताए ।

आहामा उद्घाटनका एक खेलबाहेक सबैमा सहाराले सफलता हात पार्दै आएको छ । त्यो क्रमले दसौं संस्करणमा पनि निरन्तरता पायो । ६ वर्षअघि एन्फा यु-१७ सँग टाइब्रेकरमा हारेको सहाराले बाँकी सबै संस्करणको पहिलो खेल जितेको छ । गत वर्ष उसले धरानलाई २-१ ले हराएको थियो ।

धरानविरुद्ध सफलता दोहोर्‍याए पनि सहाराका प्रशिक्षक किरण श्रेष्ठ प्रदर्शनमा सन्तुष्ट थिएनन् । 'आसलाग्दो खेल रहेन,' उनले भने । 'फरवार्ड जम्न सकेनन, गम्भीर देखिएनन्, मिस पास धेरै खेले,' उनले भने 'डिफेन्स र मिडफिल्डमा राम्रो खेलेकाले मात्र जित सम्भव भयो । अर्को खेलमा सुधारिएको प्रदर्शन गर्ने प्रयासमा हुनेछौं ।'

तीनपल्ट सेमिफाइनल पुगे पनि हालसम्म फाइनल यात्रा गर्न असफल सहाराले एनआटरीका ३, बौद्वका ६ र नाइजेरियन २ खेलाडी मैदानमा उतारेको थियो । सहारा अन्तिम आठमा शनिबार भारतको 'ए' डिभिजनको क्लब पुनेसँग खेल्नेछ ।



सहारा १-० धरान



आजको खेल

रुपन्देही-११ विरुद्ध अपि|mकन युनाइटेड
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..