बैदेशिक रोजगार कम्पनीका एजेण्टको कारोबार रोक्का

हरिकृष्ण गौतम
म्याग्दीको सदरमुकाम बेनीमा शाखा कार्यालय राखि बैदेशिक रोजगारमा पठाउने काम गरिरहेका मेनपावर कम्पनीको आवश्यक कागजात नभएको भन्दै जिल्ला प्रहरी कार्यालयले कार्यालयको काममा रोक लगाएको छ ।

बिहिबार साझँ जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विभिन्न मेनपावरको अनुमति लिई काम गरिरहेको भनि प्रचार गरेपनि सो नदेखिएकाले तत्कालका लागि कार्यालयको काममा रोक लगाइएको हो । आवश्यक प्रक्रिया नपुर्‍याएको भन्दै प्रहरीले कान्तिपुर ओभरसिज,ब्लु स्काई इन्टरनेसनल,धौलागिरि मेनपावर र रिभर ओभरसिजको शाखा कार्यालयलाई आवश्यक कागजात नभएसम्मका लागि काम रोक्का गर्न निर्देशन समेत दिएको छ ।
गैरकानुनी तरिकाले विदेश पठाउने मेनपावर एजेन्सी बढ्दै जान थालेको भन्दै गृह मन्त्रालयले अनुमति पत्र नभएकाको काम रोक्का गर्न निर्देशन दिएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताए ।
सो अवसरमा अनुमति विना आर्कषण विज्ञापन प्रकाशित गरि एक संस्थाको अनुमति लिई अर्को संस्थाबाट काम गरिरहेको समेत फेला परेको भन्दै यस्तो काम गर्ने संस्थालाई बैदेशिक रोजगार ऐन अन्तरगत कारवाहीको प्रक्रिया सुरू गरिएको समेत जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सो पत्रकार सम्मेलनमा सहभागि भएका मेनपावरका प्रतिनिधिहरूले आफुँहरू नियम अनुसार नै काम गरिरहेको दावी गरेका थिए । पछिल्लो समय जिल्लामा काम गरिरहेका मेनपावर संस्थाले लिवियामा पर्ठाई अलपत्र परेको समेत फेला परेको छ
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..