अभिमुखीकरण तालीम सम्बन्धी सूचना !


 
बैदेशिक रोजगारका लागि गएका नेपाली कामदारहरु कार्यस्थलमा दुर्घटनामा परी अंगभंग हुने, ट्राफिक दुर्घटनामा पर्ने, राती सुतेको बखत मृत्यु हुने, साना तिना त्रुटीका कारण जेल पर्ने जस्ता घटनाहरुले यस बोर्डको गम्भिर ध्यानाकर्षण गरेको  छ । 
बैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने कामदारहरुले रोजगारमा जानु अघि बैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त संस्थावाट अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्ने व्यवस्था छ ।
अभिमुखीकरण तालीममा मुख्यतया काम गर्न जाने मुलुकको भाषा संस्कृति, रहनसहन, हावापानी, कामको प्रकृति, दुर्घटनाका किसिम, गर्न हुने र नहुने काम सम्बन्धि सामान्य जानकारी गराईन्छ । जसका कारण रोजगारदाता मुलुकमा बसाई सहज हुन्छ र सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ । अतः बैदेशिक रोजगारका लागि कामदार पठाउने इजाजतपत्रवाला अनिवार्य रुपमा अभिमूखीकरण तालीम लिएर जान, बैदेशिक रोजगारका लागि कामदार पठाउने इजाजतपत्रवाला संस्थाहरुले कामदार पठाउनु अघि अनिवार्य रुपमा अभिमूखिकरण तालीम लिएर जान, वैदेशिक रोजगारका लागी कामदार पठाउने इजाजतपत्रवाला संस्थाहरुले कामदार पठाउनु अघि अनिवार्य रुपमा अभिमूखीकरण तालीम दिलाएर मात्र पठाउन र व्यक्तिगत स्वीकृतीमा जाने कामदारहरुले अनुमति प्राप्त तालीम केन्द्रहरुबाट अभिमूखीकरण तालीम लिएर मात्र बैदेशिक रोजगारमा जाने गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
"अभिमूखीकरण तालीम लिएरमात्र बैदेशिक रोजगारीमा जाऔं
संभावत जोखिमवाट बचौं र बचाऔं"
नेपाल सरकार 
श्रम तथा यातायात व्यवस्था मन्त्रलय 
बैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालय 
अनामनगर, काठमाण्डौ 
फोन नं. ०१-४१०२६०७, ४१०२७११
टोल फ्रि नं. १६६०११-५०००५
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..