नेपाली कामदारको सहजताको लागि प्रतिबद्ध छु


नेपाली कामदारको सहजताको लागि प्रतिबद्ध छु

२४ जुलाइ २०११
सुमन गिरी
काठमाडौं
 साउदी राजदूत डा. अब्दुल्लाह अल बुसरीले नेपाल र साउदी अरवबीचको सम्बन्धमा आफू प्रतिबद्ध रहेको बताएका छन् । शनिबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल हेने बंगलादेशको ढाकास्थित साउदी दूतावासका नियोग प्रमुख डा. बुसरीले कामदारका विषयमा मात्र नभएर हरेक विषयमा साउदी र नेपालबीच सम्बन्ध स्थापित हुनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजुले नेपाली कामदारको आकर्षक गन्तव्यस्थल साउदी कामदारहरूले भोग्दै आएको समस्या राजदूत बुसरी सामु राखेका थिए । अध्यक्ष बाटाजुले झण्डै ५ लाख नेपालीहरूले रोजगारीको अवसर पाएकोमा राजदूत बुसरीलाइ धन्यवाद दिँदै नेपालमै साउदीको दूतावास नहुँदा भिसा स्ट्याम्पीङ लगायत कामदार आपूर्तिका क्रममा व्यवसायी तथा कामदार स्वयंले समस्या भोग्नुपरेको बताएका थिए । उनले अरू मुलुकको कामदारको तुलनामा नेपाली कामदारको पारिश्रमिक न्यून भएकोमा ध्यानाकर्षण गर्न आग्रह गर्दै साउदीमा मृतकका लास ल्याउन भएको कठिनाइ, हाउसमेड भिसा, व्यवसायीलाइ कालो सूचीमा राख्दा भएको समस्या र गाम्काको समस्या सुल्झाउनसमेत राजदूत बुसरीलाइ आग्रह गरेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै अथविद् डा. चिरञ्जीवी नेपालले साउदीमा कार्यरत नेपाली कामदारहरूको समस्या न्यूनीकरण विशेष भूमिका खेल्न आग्रह गर्दै राजदूत बुसरीलाइ नेपालमै साउदीको कुटनैतिक निकाय नहुँदा भिसा लगायतका प्रोसेसमा समस्या उत्पन्न हुनुका साथै जाने कामदारको लागतसमेत बढेको बताएका थिए ।
जवाफमा साउदी राजदूत बुसरीले साउदी अरब र नेपालबीच धेरै विषयमा सहकार्य हुनुपने बताउँदै नेपाली कामदारका समस्याप्रति आफू गम्भीर रहेको बताएका थिए । उनले नेपाली कामदारको पारिश्रमिक बृद्धिमा स्वयं नेपाली पक्षको समेत कमजोरी रहेको आैल्याउँदै यस विषयमा गम्भीर बन्नसमेत सुझाव दिएका छन् । राजदूत बुसरीले मृतक नेपाली कामदारको शव स्वदेश फर्काउन भएको ढिलाइप्रति चासो बढाउँदै तुरुन्तै पठाउने प्रत्रिmयाको लागि साउदी सरकारमाभm कुरा राख्नेसमेत बताए । नेपालमा दूतावास खोल्ने प्रकृया चलिरहेको भन्दै राजदूत बुसरीले केही प्राविधिक समस्या रहेकाले यसलाइ चाँडै टुङ्ग्याएर दूतावास स्थापना गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । यस्तै गाम्काको विषयलाइ सम्बोधन गर्दै राजदूत बुसरीले नेपाल सरकारबाट सुचिकृत नभएका भए ७ वटा मेडिकल सेन्टर खारेज हुने पनि बताए । साउदी आइडी एवं कालो सूचीको विषयलाइ उठाउँदै राजदूत बुसरीले कार्यक्रमस्थलमै कसैले साउदी आइडी नपाएको भए एवं कुनै एजेन्सी कालो सूचीमा परेको भए आफूसँग कार्यक्रम सकिएपछि सम्पर्क गर्न आग्रह गर्दा कार्यक्रममा उपस्थित व्यवसायीहरू उत्साही बनेका थिए ।
झण्डै ५ लाख नेपाली कामदार कार्यरत साउदीका राजदूत उपस्थित कार्यक्रममा सरकारी सहभागीको कुरा उठाउँदै संघका प्रथम उपाध्यक्ष् हंशराज वाग्लेले रोष् प्रकट गरेका थिए । उनले लाखौं कामदारका समस्यालाइ बेवास्ता गर्दै कार्यक्रममा सहभागी हुन आएका सरकारी अधिकारीहरू उपस्थिति जनाएर मात्र हिँड्दा नेपाली कामदार र वैरो व्यवसायीप्रति सरकार थोरै पनि उत्तरदायी छैन भन्ने पुष्टि भएको बताउँदै व्यवसायीहरूलाइ सरकारी बेवास्ताप्रति आवाज उठाउन तम्तयार रहनसमेत आग्रह गरेका छन् । कार्यक्रममा उपस्थित एक व्यवसायीले साउदीमा रहेका तथा जान तयार नेपाली कामदारका हितका लागि निकै उपयोगी हुन सक्ने कार्यत्रmममा सरकारी निकायका जिम्मेवार अधिकारीहरू उपस्थिति मात्र जनाएर कुरै नसुनी अनि कुरै नउठार्इ हिँडेकोमा अचम्मित भएको बताए ।कार्यक्रममा श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता तथा सहसचिव पूर्णचन्द्र भट्टरार्इ, नरेन्द्रराज शर्मा, प्रल्लादकुमार प्रसाइ, उपसचिव अजुन पन्त, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निदर्शक स्थानेश्वर देवकोटा, वैदेशिक रोजगार तमुधीका अध्यक्ष शमशेरबहादुर गुरुङ, वैदेशिक रोजगार व्यवसायी लोकतान्त्रिक फोरमका अध्यक्ष किरणकिशोर घिमिरेलगायत सयौं व्यवसायीहरूको सहभागिता रहेको थियो । आशनग्रहण लगत्तै कार्यक्रम अघि बढ्दाबढ्दै सरकारी प्रतिनिधिहरू भने अर्को कार्यक्रममा सहभागी हुनपर्ने बताउँदै बाहिरिएका थिए ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..