'विचारमा भिन्नता आए पार्टी फुट्छ’


पार्टीमा रहेको वैचारिक तथा सैद्धान्तिक विचारमा भिन्नता आए पार्टी फुट्ने माओवादीका महासचिव रामबहादुर थापा बादलले बताएका छन् । बाराको जितपुरमा क्रान्तिकारी पत्रकार संघको पत्रकार सम्मेलनमा शनिबार उनले भने, 'सर्वदलीय र पार्टी निर्णयविरुद्ध शीर्ष नेताहरू एकतर्फी हिँडिरहेकाले पार्टीमा विवाद आएको हो ।' उनले पार्टीले जारी गरेको संविधानको मस्यौदाविपरीत पार्टी अध्यक्ष प्रचण्ड तथा बाबुराम भट्टराई हिँडिरहेको बताए ।

'दलाल पुँजीपति तस्करलाई होइन, नेपाली जनतालाई शान्ति चाहिएको छ,' उनले भने, 'सुगौली सन्धिदेखि बिप्प्ाा सम्झौतासम्म नेपाली जनता निणर्ायक हुन पाएनन् ।' जनमुक्ति सेनाको सम्मानजनक समायोजन हुनुपर्छ भन्दै उनले लडाकुको अपमानजनक विघटन भएकाले आफूहरूले विरोध गरेको बताए ।

क्रान्तिकारी भूमिसुधारद्वारा भूमिसम्बन्धी समस्या समाधान हुनुपर्नेमा उनले जोड दिए । जनमुक्ति सेनालाई सशस्त्र भूमिकामा राख्नुपर्ने उनको माग थियो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उनले बताए । 

उनले जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा परिणत गर्नुपर्ने उल्लेख गर्दै यसलाई सीमा सुरक्षा बलमा परिणत गर्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईउपर जनविरोधी कार्य गरिरहेको आरोपसमेत लगाए ।

पत्रकार सम्मेलनमा पार्टी सचिव सीपी गजुरेलको पनि उपस्थिति थियो । नेताद्वय अखिल नेपाल ट्रेड युनियन महासंघ भोजपुरा समितिको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन यहाँ आएका थिए ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..