नोकियाको स्मार्टफोन बजार

नोकियाको नयाँ स्मार्टफोन नेपाली बजारमा आएको छ। कम्पनीको नोकिया-५०० मोडेलको स्मार्टफोन बजारमा आएको हो। सिम्बिएन सफ्टवेयरयुक्त यो सेटमा ५ मेगापिक्सेलको क्यामेरा छ। म्युजिक र अन्य मनोरञ्जनात्मक कार्यका लागि उपयुक्त यो स्मार्टफोनले नेपालीहरुको मन जित्ने बिक्रेताहरुको दाबी छ।
तीव्र गतिको वेब ब्राउजिङ सुविधायुक्त यो स्मार्टफोनको मूल्य नेपाली बजारमा १९ हजार ५ सय ५० तोकिएको छ।
Tags:

समाचारका बारेमा

समाचार अनलाईन संस्करणबाट साभार गरिएको पनि हुनसक्छ...सं..